Friday, 30 September 2016

पाल्पाली समाजले राना मगरलाई उद्धार गर्यो ।

कृष्ण सारू मगर
युएई ३० सेप्टेम्बर
रोजगारीका शिलशिलामा दुबईमा पुगेका स्थाई घर पिपलडाडा ८ पाल्पाका पासपोर्ट नं- ०७३०२३३५ बाहक कृष्ण बहादुर राना मगरलाई गृह जिल्लावासी समाजले २८ सेप्टेम्बरका दिन साँझ ५.२५ बजे एयर अरवीयाको उडान बाट पाल्पाली समाज क्षेत्रीय समिति युएईले उद्धार गरी स्वदेश पठाएको छ ।

दशैँ, तिहार चार्डपर्वको पुर्वसन्ध्याका कारण हवाई यात्रुको चापले टिकटको अभाव, फिर्तीका लागि सरकारी कागजपत्र प्रकृया एवं विविध समस्याका कारण ढिलाइ भएको थियो ।

दुवई स्थित भारतीय नागरिकले सञ्चालन गरेको टेक्सटायल कम्पनीको भिषाको करार अवधि सम्झौता ३१ मई २०१६ सम्म थियो ।
भिषाको समयावधि सकिन पुर्व राजिनामा दिएर बसेका थिए । आजाद भिषाको प्रकृयामा रहेका उनलाई अन्ततः भिसा रद्द गर्दै पासपोर्ट लिएर भागेको आरोपमा कम्पनीले अदालतमा मुद्दा दर्ता ग¥यो । उक्त कम्पनीले अवैधानिक बनाएकोले आजाद भिषाका स्पोन्सरले भिषा प्रकृया पूरा गर्न सकेनन् । कम्पनीको लापरवाहीका कारण उनलेे यस्तो समस्या भोग्नु परेको हो ।

वास्तविक समाजिक संघ, संस्थाले गर्नु पर्ने मानवीय काम, कर्तव्य समाजको भुमिका निकै श्रहानिय छ । पिडित राना मगरले युएईमा रहेका पाल्पालीहरूको एकतामा गैर पाल्पालीको पनि उत्तिकै सह्योग जुटेको छ । अन्य देशहरूमा स्थापित समाजले आपसी सद्भाव बाँड्दै हरेक समस्या र समाधानलाई सफल बनाउन यसरी नै जुटेर अगाडि बढेको खण्डमा हाम्रो पाल्पा साच्चिकै उधारणीय बन्ने उनको धारणा थियो । उनल थप्दै भने, समाजले पाल्पा जिल्लाको विभिन्न ६० वटा निमावि स्तरका विधालयमा अध्यनरत गरिब तथा जेहेन्दार विधार्थीलाई उज्ज्वल भविश्यको परिकल्पना अनुरूप अक्षकोष निर्माण अभियानलले केही विधालयमा हस्तान्तरण भ सिङ्गो पाल्पावासीको गौरब बढाएकोमा खु:सी हुँदै आफुलाई उद्धारका लागि पहल गर्नु हुने सबैलाई विशेष आभार ब्यक्त गरेको थियो ।

क्षेत्रीय सदस्य समेत रहेका राना मगरलाई उद्धारका लागि कानूनी परामर्श सहित स्वदेश फिर्ताको लागि आवश्यक ब्यावस्थापनका लागि पाल्पाली समाज युएईले कार्यसमितिका पद्धेन पदाधिकारी सदस्यले आन्तरिक अभियान चलाएर जुटाएको समाजका महासचिव वेद प्रसाद अर्यालले गुम्बेली खबरलाई बताए ।

Tuesday, 27 September 2016

आतंककारी संगको मुठभेडमा एक नेपालीको मृत्यु ।

२७ सेक्टेम्बर २०१६
पाल्पा साहुनी गा.वि.स.मा स्थाई घर भई हाल रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आइरहनु भएका प्रेम बहादुर रेस्मी मगरको पाकिस्तानी आतंककारी संगको मुठभेडमा ज्यान गएको छ । उहाँको १ छोरा १३ वर्ष र १ छोरि १० वर्षका छन् । परिवारकै प्रमुख अबिभाबक गुमाएकोले उक्त परिवार शोकमग्न आवस्थामा छन् भने श्रीमती देबी रेस्मी मगर अचेत अवस्थामा छिन् । सधै भारत पाकिस्तानको लडाईमा नेपाली छोराको यसै गरि ज्यान गएको कुराहरु पटक –पटक सुन्नामा आउँछ । जुन हाम्रो लागि एकदम दुःख लाग्दो कुरा हो ।

Monday, 26 September 2016

कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न ।


बिजय कुमार मगर , दोहा कतार
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान विभागका उप संयोजक अभिमत पुन मगरको संयोजकत्वमा प्रवास रहेका मगरहरुलाई मगर भाषा तथा लिपिको जानकारी गराउने उद्देश्यले मिति २३ सेप्टेम्बर २०१६ तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर को प्रमुख अतिथ्यमा, दोहाको नज्मा अवस्थित अमवज रेस्टुरेण्टमा मगर तथा गैर मगरहरुको बाक्लो उपस्थितिमा तेस्रो पटक मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर संघ, शाखा कतारका बर्तमान सल्लाहकारहरु केशव राना मगर, डि.एन. मगर, नेपाल मगर संघ ललितपुर जिल्ला समितिका सदस्य भरत सिंह बुढा मगर, हिमालयन युवा समाजका अध्यक्ष भबिन्द्र थापा मगर, दोहा एरिया समितिका कोषाध्यक्ष अशोक आले मगर, सनैया “बि“ एरिया समिति अध्यक्ष धन ब.सारु मगर, वक्रा एरिया समितिका सचीव दिपक मगर, साहनिया एरिया समितिका उपाध्यक्ष नरेन्द्र लायो मगर रहनु भएको थियो ।

प्रमुख अतिथि, तथा अतिथिहरुबाट दिप प्रज्वलन र ब्यानर अनावरण गरेर शुरु गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गित, मगरहरुको राष्ट्रिय गित तथा प्रथम शहिद क्या.लखन थापा मगर लगायत अन्य ज्ञात अज्ञात शहिदहरुको सम्मानमा १ मिनट मौनधारण गरीएको थियो । प्रशिक्षण कार्यक्रममा केन्द्रिय समितिका कोषाध्यक्ष केशव राना मगर प्रशिक्षणमा उपस्थित सम्पुर्ण मगर तथा गैर मगरहरुलाई स्वागत मन्तब्यद्धारा प्रशिक्षण कार्यक्रममा स्वागत गर्दै उपस्थितिहरु सवैमा प्रशिक्षणको उद्धेश्यको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम केन्द्रिय समितिका महासचिव बिजय कुमार मगरको संचालन गर्नु भएको थियो ।

प्रशिक्षणमा बाह्र मगरातमा बोलिने मगर ढुट भाषा र अठार मगरातले बोलिने मगर खाम (पाङ्) भाषा र संपूर्ण मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिइएको थियो । अठार मगरातमा बोलिने (विशेष गरी राप्ति अञ्चल तिरका) मगर खाम भाषाको प्रशिक्षक नेपाल मगर संघ, शखा कतारका केन्द्रिय सदस्य तथा भाषा तथा लिपिका उपसंयोजक अभिमत पुन मगरले दिनु भएको थियो । यसरी नै बाह्र मगरात क्षेत्रमा बोलिने ढुट भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमलाई सफल बनाउनका निम्ति द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले प्रशिक्षणमा आवश्यक डायरी पेन्सिल को प्रायोजन गर्नुभएको थियो भने कार्यक्रमको ब्यानर संस्थाका केन्द्रिय सचीव रबिन थापा मगरले प्रायोजन गर्नुभएको थियो ।
मन्तब्यको क्रममा बोल्नु हुँदै नेपाल मगर संघ ललितपुर जिल्ला समितिका सदस्य भरत सिंह बुढा मगरले प्रशिक्षणमा सहभागी हुनपाउदा खुशी भएको र मगर भाषा र लिपी सम्बन्धि धेरै कुरा सिक्न पाएकोमा नेपाल मगर संघ, शाखा कतार लाई धन्यवाद व्यक्त गर्नु भयो ।

अन्तमा, प्रशिक्षण कार्यक्रमलाई समापन गर्नुहुंदै सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि मगर भाषा तथा लिपिको संरक्षण गर्ने उद्देश्यले यस संस्थाले मगर भाषा तथा लिपिको प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनु भयो । आगामी दिनहरुमा संस्थाले छिट्टैनै फेरी अर्को प्रशिक्षण कार्यक्रम गर्ने वारेमा जानकारी दिनु हुंदै प्रशिक्षणमा उपस्थित भएर मगर भाषा तथा लिपि वारे जानकारी लिनुहुने सवै प्रशिक्र्षाथीहरुलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षकहरु, प्रायोजकहरु र उपस्थित मगर तथा गैर मगर सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।

Saturday, 24 September 2016

कतारमा तमु प्ये ताँ ल्हु ताँ शाखाले प्रथम अधिवेशनको तैयारी गर्दै ।


कृष्ण सारू मगर
२४ सेप्टेम्बर दोहा-कतार
तमु जातिको परम्परागत, भेष, भुषा, भाषा तथा संस्कार, संस्कृती जगेर्ना संगै, (तमु प्ये ताँ ल्हु ताँ) लाई, संरक्षण र प्रबर्द्धनको लक्षका साथ २०१४ सेप्टेम्बर १९ मा समाजिक अवधारणा बोकी स्थापित तमु प्ये ल्हु संघ प्रबास शाखाले यहि आउँदो ३० सेप्टेम्बरका दिन दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन गर्ने भएको छ ।

संघमा आवद्ध सम्पूर्ण कार्यसमितिका पद्धेन पदाधिकारी, सल्लाहकार समितिका सदस्यहरु, साथै संघको मातहतमा रहेका विभिन्न विभागीय समितिका सदस्य एवं रोजगारीका शिलशिलामा कतारको विभिन्न स्थानमा छरिएर रहनु भएका तमु प्ये ताँ ल्हु ताँ सम्वद्ध समस्त तमु दाजु भाई तथा दिदी बहिनीहरु, बुद्धिजिबि, अभिभावक र शुभचिन्तक महानुभावहरुमा यसै सुचनालाई आधार मानी उक्त कार्यक्रमलाई सब्य र भब्य सम्पन्न गराउन गरिमय उपस्थितिको लागि आयोजक समिति तमु प्ये ल्हु संघ प्रबास शाखाले हार्दिक निमन्त्रणा सहित सार्वजनिक सुचना जारी गरेको छ  l

अफ्गानिस्तानमा रहेका नेपालीहरु बाट झण्डै सवा तीन लाख सहयोग प्रदान ।



हुम थापा पचभैया मगर
काठमाण्डौ ८ असौज २०७३
जावलाखेल स्थित एक बिशेष कार्यक्रमको आयोजना गरि गोरे बहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष समेत रहेका नेपाल मगर संघ भूपू सैनिक प्रहरी संघका केन्द्रिय समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया) मगर, जिवनका बहिनी ज्वाई बिमल थापा मगर, लगायत स्थानीय भद्रभलाद्मीको उपस्थितिमा अफगानिस्तानको कावुलमा रहेका नेपाली तथा भुतपुर्व सैनिक सेकुरेटी गार्डमा कार्यरत हिमाल पुलामी मगरको नेतृत्वमा संकलित नेरू.३ लाख ५ हजार भारु.१२ सय ५० जिवनका आमा पूर्णमाया मगरलाई सरिता पुलामी मगरले हस्तान्तरण गरेकी हुन् ।

जिवनकी आमा मगरले सहयोग रकम ग्रहण गर्दै भनिन् अनावश्यक विभिन्न आरोप लगाएर मेरा साना-साना नाति र बुहारीलाई नेपाल फर्काउन अफगानिस्तानको कावुलमा रहनु भएमा सह्योगी मनका धनी सम्पुर्णमा धेरै-धेरै धन्यवाद दिएकी उनले थप्दै भनिन् विश्वको विभिन्न देश बाट प्रतक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, बैचारिक साथ, सहयोग प्रति आफु सदैव ऋणि रहेको बताए।

साथै, सत्यताको लागि नेपालीहरू आवश्यक परे जतिसुकै त्याग र बलिदान सम्म दिन पछि नपर्ने उधारण रहेको मेरो परिवारमा फाटो ल्याउन दुश्प्रयास गर्नेको कहिल्यै भलो नहुनेमा बताउँदै बुहारी जोया र दुई बच्चालाई नेपाल फर्काउन सह्योग गर्न सबै संग अपिल समेत गरेको छ ।

उनीहरु युएई स्थित दुवैले एउटै कम्पनीमा कार्यरत थिए । जिवन थापा संग फिलिपिनि नागरिक जोयाले बिहे गरेर चार बर्ष अघि उनि पर्यटक भिषामा जिवन संग नेपाल आएकी थिईन् । सोही बेला उनीहरुले नेपाली परम्परा अनुसार बिहे गरेका थिए । रत्नननगर स्थित चितवनका जीवन स्थाई बासिन्दा हुन् ।

जोयाले एरिक र मिगेल थापा मगरलाई भरतपुर अस्पतालमा दुई सन्तानको जन्म दिएकी थिईन् । चितवन स्थित आर्दश गृहले उद्धारका नाउमा जोया सहित ती दुई अबोध बालकहरूलाई उद्धारका नाउमा देश निकाला गर्दै गएको अगष्टको दोस्रो हप्ता (माईती) फिलिपिन्स फर्काईएको थियो । जिवनका आमा पुर्णमायाका अनुसार आफ्ना भाई कामे मगर संग जोया र बच्चा भेट्न एक हप्ता अघि जिवन फिलिपिन्स पुगेका हुन् । उनीहरुलाई नेपाल फर्काउन आवश्यक कागजी प्रकृया पुरा गरेर जीवन र कामे नेपाल फर्किने बताईएको छ ।

पाल्पाली लाजिमा "चान्समा डान्स"को उत्कृष्ठ ७ मा ।


 पाल्पाली बालिका लाजिमा गाहा बुटवलमा भैरहेको डान्स शो ‘चान्समा डान्स’को उत्कृष्ट ७ मा पुगेकी छिन् । झण्डै ६ सय प्रतिस्पर्धीबाट छानिएर उनी उत्कृष्ट ७ मा पुगेकी हुन् । प्रतिस्पर्धमा पाल्पाबाट १७ जना सहभागी भएको भएपनि अहिले उनीमात्र बाँकी छिन् । पाल्पा असन टोल–१५ निवासी गाहा मात्र ६ वर्षकी छिन् । तानसेनको बेथल बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत विद्यार्थी लाजिमालाई उनको परिवार, आफन्तजन र साथीहरुले प्रतिस्पर्धामा जिताउनका लागि यतिबेला अभियान नै चलाएका छन् ।

एस.एम.एस. भोटिङका आधारमा छनौट गरिने प्रतिस्पर्धामा लाजिमालाई भोटिङको लागि मोवाइलको म्यासेजबक्समा CMD Space 10 कोड टाइप गरी ३८३८३ मा पठाइ भोट गर्न सकिनेछ । सानैदेखि मेधावी एवं अतिरिक्त क्रियाकलापमा चासो राख्ने लाजिमा र उनको परिवारले छोरीलाई विजयी बनाउन सहयोगको अपिल गरेका छन् ।

मोवाइल एस.एम.एस.मार्फत भोटिङ गरेर लाजिमालाई सहयोग गर्न परिवारजन र आफन्तहरुले आग्रह गरेका छन् । लाजिमा यो प्रतिस्पर्धामा पाल्पाबाट सहभागी मध्ये अहिलेसम्म उत्कृष्टमा परेकी एकमात्र प्रतिस्पर्धी हुन् । उनले आफ्ना साथीहरु, गुरु एवं सबै पाल्पालीलाई भोटिङबाट आफूलाई बनाउन अनुरोध गरिरहेकी छिन् ।

Monday, 19 September 2016

नेपाल मगर संघ शाखा कतार द्धारा ७० हजार सहयोग प्रदान ।



नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको दोहा एरिया समितिका सल्लाहकार सदस्य पत्र सं नं. २११/३३५० A,, बाहक स्थाई घर रूम ९ म्याग्दीका चन्द्र प्रसाद पुन मगर दोहाको वकिर स्थित All Sabbah Trading & Contracting कम्पनीमा कार्यरत गत ६ जुलाईका दिन हृदयघातका कारण सुतेको अवस्थामा ५१ वर्षको उमेरमै निधन भएको थियो ।

"जहाँ मगर त्यहाँ मगर संघ" भन्ने उद्धेश्यका साथ सन २००० मा स्थापित शाखाले नेपाल मगर संघ केन्द्रीय समिति प्रधान कार्यलय कलंकी स्थित महासचिव ज्ञानेन्द्र पुन मगर, मगर महिला संघकी अध्यक्ष समेत रहेकी उपाध्यक्ष गंगा खासु मगर, कोषाध्यक्ष कमला थापा मगर, नेमसं शाखा कतारका भुतपुर्व अध्यक्ष समेत रहेका गल्फ संयोजक छत्र घले मगरले केन्द्रीय समितिका अध्यक्ष नबिन रोका मगरको सहयोगमा स्व. चन्द्र प्रसाद पुन मगरका धर्मपत्नी चैती पुन मगरलाई नेपाली रु. पचास हजार हस्तान्तरण गरेको हो ।

यसै गरि साभुङ्ग भगवतीपुर गाविसको सिफारिस तथा नेपाल मगर संघ तनहुँ जिल्ला कार्यसमितिको च.नं. ७/ पत्र सं नं २०७२/०७३ले जारी गरिएको परिपत्र बमोजिम काठमाडौंको चाबहिल स्थित ओम अस्पतालका प्याथोलोजिष्ट डा. सनत चालिसेको सफल सल्यक्रिया भै उपचारत रहेका भगवतीपुर ६ साभुङका देउ ब. थापा मगरलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै "मगर एकता अहिलेको आवश्यकता" भन्ने महत्वकाँक्षा साथ नेरु. बीस हजार संघका भुतपुर्व अध्यक्ष छत्र घले मगरले अस्पतालमै पुगेर आर्थिक सहयोग प्रदान गरेका हुन् ।

Sunday, 18 September 2016

कतारमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न ।



कृष्ण सारू मगर
दोहा-कतार १८ सेप्टेम्बर
 नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थाेकर तामाङको प्रमुख अथित्यमा दोहाको वेलकम रेष्टुरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघले भेटघाट तथा परिचात्मक कार्यक्रम गरेको छ ।

संघका सल्लहाकार सुक बहादुर तामाङ् बिशेष अतिथी रहेका थिए भने, द्धितिय उपाध्यक्ष लिलम चिदी मगर, भाईकाजी गुरुङ, तेज मोक्तान तामाङ् परिषद सदस्य शंख लाल तामाङ, जिबी तामाङ विभिन्न विभागीय सचिव लगायत विभिन्न मातृ  सस्थाका प्रमुख तथा प्रतिनिधि एवं शुभेच्छुकहरूले उत्सुकताका साथ सहभागिता जनाएका थिए ।

साँस्कृतिक कार्यक्रम "डम्फु साँझ" लाई भब्यताका साथ सम्पन्न बनाउनका लागि नेपाल अादिवासी जनजाति चलचित्र निर्माता तथा खलनायक एवं नेफिन चलचित्र महासंघका नव निर्वाचित उपाध्यक्ष समेत रहेका बिकु थाेकर तामाङ सहित, चर्चित गायक राेज माेक्तान तामाङ, म्हेन्दाे मायाका चर्चित गायिका टिकामाया चाेथेन तामाङ र मोडेल तथा नायिका निशा लामा तामाङ राष्ट्रिय कलाकारहरू नेपाल प्रवासी तामाङ समाजको निमन्त्रणामा उनिहरू नेपाल देखि आएका थिए ।

महासंघका अध्यक्ष सिया राम चौधरीको अध्यक्षतामा भएको भेटघाट तथा परिचात्मक कार्यक्रम महासचिव पुरुषोत्तम सुनुवारको संचालनमा सम्पन्न गरेको छ ।

Saturday, 17 September 2016

मगर संघ ओमानले राष्ट्रिय आविस्कार केन्द्रलाई गरे सहयोग ।


मगर संघ ओमानले राष्ट्रिय अाविस्कार केन्द्रलाई गरे सहयोग ।

कृष्ण सारू मगर
काठमाडौ १ असोज नेपाल मगर संघ ओमानले संघका संस्थापक अध्यक्ष होम आले मगर, महासचिव पुर्ण आले मगर र सल्लाहाकार गुन बहादुर साठीघरे मगरले अबिस्कार अभियान केन्द्रका डा. महाबिर पुन मगरलाई उहाकै निबासमा पुगेर नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरको सह्योगमा नेरू बीस हजार दुईसय तीस हस्तान्तरण गरेको छ ।

उनले सन् २००७ मा एशियाको (म्यागासेसे) उपाधिका नोबेल पुरस्कार बिजेता भएकोले अब देशलाई समृद्ध नेपाल बनाउने लक्ष लिएका पुन मगरले पटक पटक जिल्ला देखि केन्द्रमा रहेका विभिन्न सरकारी कार्यलय र मन्त्रालय बाट आश्वासन बाहेक केही उपलब्धि हात पार्न सकेनन् ।

अन्ततः स्वाभिमानी आदरणीय नेपाली जनताको सह्योगमा आविष्कार केन्द्रले आफुले पाएको उपाधिको प्रतिफल आफ्नै राष्ट्रमा प्रमाणित गरी स्थापना गरेर देखाउने अभिलाषा बोकेर शाहसी पुन मगरले स्वदेश तथा विदेशमा रहेका नेपाली संग आग्रह-पुर्वाग्रह अनुरूप साथ दिन समेत सबै पक्षमा हार्दिक अपिल समेत गरेका कारण यस अभियानमा युवा, महिला तथा भद्रभलाद्मी शुभेच्छुक एवं समाजसेवी, बुद्धिजीवी, बाट सह्योग जुटिरहेको उनलेे बताएका छन् ।

रोजगारीको शिलशिलनमा ओमनमा रहेका मगरहरूले "जहाँ मगर त्यहाँ मगर संघ" भन्ने अभियानका साथ २०११ मा स्थापित नेपाल मगर संघ ओमानले डा. पुन मगरको विकास मुलक कार्यआयोजना यस अभियानलाई सफल बनाउन साथ, सहयोग, समर्थन जनाउँदै ऐक्यबद्धता जनाएको हो ।

Wednesday, 14 September 2016

नेफिन बेल्जियमका अध्यक्ष शेर्पाले खपाङ्गी फाउन्डेसनलाई ५१ हजार पाँच सय दिने घोषणा ।


नेफिन बेल्जियमका अध्यक्ष शेर्पाले खपाङ्गी फाउन्डेसनलाई ५१ हजार पाँच सय दिने घोषणा ।

कृष्ण सारू मगर
बेल्जियम १४ सेप्टेम्बर
भुपु मन्त्री, आदिवासी जनजातीका महान नेता तथा नेपाल मगर संघ केन्द्रीय समितिका भुतपुर्व अध्यक्ष स्व. गोरे बहादुर खपांगी मगरको लुभेन स्थित ओन्स हाउसमा विश्व मगर संघ बेल्जियमले संघका अध्यक्ष मार्के मगरको अध्यक्षतामा शोक सभा मनाएको छ ।

श्रध्दान्जली शोक सभामा आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पेम्बा ग्याल्बो शेर्पा, गैर आवासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष पदम गुरूङ, NRNA ICC का सदस्य समेत रहेका नेफेसो अध्यक्ष नेत्र मगर, तामाङ समाजका अध्यक्ष राम लामा, जन प्रगतिशील महिला मन्चकी पूर्व अध्यक्ष कल्पना मगर, NRNAका भुपू उपाध्यक्ष अनिता लामा, पूर्व महासचिव माधव सापकोटा, ठकुरी समाजका सल्लाहाकार घन ब. शाही, मगर राष्ट्रिय मुक्ति मोर्चा यूरोप संयोजक वीरमान घर्ती मगर, पत्रकार महासंघ यूरोप सदस्य बिष्णु सापकोटा, पत्रकार महासंघ यूरोप अध्यक्ष केजीन राई, नेफेसोका महासचिव लोक राना मगर, संघका जेष्ठ सदस्य राम कुमार बुढा मगर, अन्य बुद्धिजीवी, समाजसेवी विशिष्ट ब्याक्तित्वहरूको उल्लेखनिय उपस्थिति रहेका सहभागिले एक मिनेट मौन धारण पश्चात् स्व. खपाँगीको तस्वीरमा क्रमशः पुष्पाञ्जली अर्पण गरी शोक सभा मनाएको थियो ।

संघका सचिव दिल पुन मगरको संचालनमा संपन्न भएको श्रद्धाञ्जली शोक सभालाई संबोधन गर्दै ससफोका वैकल्पिक केन्द्रीय सदस्य समेत रहनुभएका आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष शेर्पाले गोरे बहादुर खपाँगीको भौतिक शरीर मात्रै मृतु भएको हो । उहाँको प्रगतिशीलविचार कहिल्यै नमर्ने जिकिर गर्दै, भने उहाँको सिद्धान्त, र उद्धेश्य पूरा गर्न सम्पुर्ण राज्यले उपेक्षित परिएका वर्ग र समुदाय एकजुट हुन आग्रह गर्दै, अब हाम्रो काँधमा ठूलो जिम्मेवारी थपिएको छ । यही, खपाँगी फौण्डेशनको माध्यम द्वारा उहाँको प्रगतिशील बिचारको आत्मासाथ गरि अगाडि बढ्नका लागि थप प्रोत्साहन मिल्ने बताउँदै खपाँगी फाउन्डेसन लाई नेरू ५१ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता जनाउँदै घोषणा गरेका हुन् ।

मगर पोशाक बचाऔं फोटो प्रतियोगिता २०७३ को उपाधि अनिल थापा मगरको पोल्टामा ।


   मगर पोशाक बचाऔं फोटो प्रतियोगिता २०७३ को
    उपाधि अनिल थापा मगरको पोल्टामा ।

सम्यक राना मगर,
मंगलबार २९ भाद्र २०७३
    "मगर भाषा, कला र संस्कृतिको सम्मान
      मगर पोषाक बचाऔ हाम्रो अभियान"
   
 भन्ने मूल नाराका साथ मगर कम्युनिटी ग्रुप द्धारा आयोजना गरिएको "मगर फोटो प्रतियोगिता २०७३" मा देबदह, रुपन्देहीका अनिल थापा मगर प्रथम भएका छन् । १९९ जना प्रतियोगीहरुलाई पछि पार्दै उनले २१८१ Like प्राप्त गरि प्रथम स्थान कब्जा गरेका हुन् ।

तेस्तै नवलपरासीकी अन्नु आले मगरले १९४२ Like प्राप्त गरि द्धितिय, गैडाकोटकी शोभा थापा मगरले १८२७ Like प्राप्त गरि तृतिय र हेटौडाकी मुना पुलामी मगरले १७८६ Like र नवलपरासीकी प्रिया राना मगरले १५८० Like प्राप्त गरि सान्तवना हुनुभएको छ ।

विभिन्न पहिलो, दोस्रो र तेस्रो श्रेणीगत रुपमा २५/२५ जना प्रतियोगीहरुलाई सहभागी गराई सञ्चालन गरिएको यस प्रतियोगिताको अन्तिम चरणमा ८ जना प्रतियोगीहरु छनोटमा परेेका थिए ।
देश तथा विदेशमा रहनुभएका मगर समर्थकहरुको भोटिङको आधारमा विभिन्न चरणहरु पार गर्दै फाईनल सम्म भोटिङकै आधारमा प्रथम, द्धितिय, तृतिय र सान्तवना छुट्टाईएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनुहुने सम्पूर्ण प्रतियोगीहरुलाई तपशिल बमोजिमका पुरस्कारहरु दिइने मगर कम्युनिटि परिवारले बताएको छ ।

  👉 पुरस्कारहरु  :-
(१)प्रथप पुरस्कार (एक थान मगर पोसाक साथै प्रमाण पत्र )
(२)द्वितिय पुरस्कार (एक थान मगर पोसाक साथै प्रमाण पत्र )
(३)तृतििय पुरस्कार(एक थान मगर पोसाक साथै प्रमाण पत्र )
दुई जनालाई सान्त्वना पुरस्कार ।

Monday, 12 September 2016

पाल्पाली समाज यु.ए.ई.ले सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

पाल्पाली समाज यु.ए.ई.ले गरे कलाकारलाई सम्मान

कृष्ण सारू मगर युएई १३
"एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान,
युएईको माटो सुहाउँदो पाल्पालीको अभियान ।।" भन्ने लक्ष्यका साथ स्थापित पाल्पाली समाज युएईले समाजका अध्यक्ष खुम आले मगरको सभापतित्वमा गएको ८ सेप्टेम्बर बिहीबारका दिन हिमालयन नेपाली रेष्टुरेण्टमा गृह जिल्लावासी गायक नविन पौडेललाई सम्मान गरेको छ ।

लुम्बिनी वेलफेरका अध्यक्ष गीतामणि पाण्डे प्रमुख अथिति र नविन पौडेल विशेष अतिथि रहेको भेटघाट तथा सम्मान कार्यक्रममा समाजसेवी लालबहादुर ढेंगा मगर, रमेश सापकोटा, भूपराज बश्याल, चिरन न्यौपाने, कैलाश अर्याल, धनु छेत्री, प्रवक्ता युब राज भट्टराई, खुम प्रसाद न्यौपाने, राजेश गैरे, विष्णु अधिकारी, कालिका अधिकारी, शिव न्यौपाने, जीवन न्यौपाने, राम प्रसाद गैरे, कृष्ण प्रसाद गैरे, कृष्ण बहादुर थापा गायक भिम रजाली मगर, नेपाल देखी आएका पत्रकार मनोज कुमार र पत्रकार महासंघ युएईका लक्ष्मण खनाल लगायत विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

दर्लमडाडा १ पाल्पामा जन्मेका राष्ट्रिय लोक तथा दोहोरी गायक पौडेल विशेष तीज महोत्सव कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ र अन्तराष्ट्रिय नेपाली कलाकार समाजको आमन्त्रणमा आएका हुन ।

गृह जिल्ला पाल्पाको पहिचान राख्नुका साथै आफ्नो स्वतन्त्र कला प्रतिभाले नेपाली मौलिक कला र संस्कृतिलाई संरक्षण-संवर्द्धन तथा प्रवर्द्धनका थप प्रोत्साहन मिलोस् भन्ने अभिप्रायले गायक पौडेललाई समाजले विशेष कार्यक्रम आयोजना गरि सम्मान गरेको गरेको हो ।

महासचिव बेद प्रसाद अर्यालको सन्चालनमा सम्पन्न भएको कार्यक्रमलाई सम्वोधन गर्दै विशेष अतिथि पौडेलले बैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका पाल्पालीहरुको सामुदायिक कार्यका लागि गोलबन्द रहनु भएका पाल्पालीहरुको छाता संगठन पाल्पाली समाज युएइको सम्मान र मायाको चिनोले आफुलाई थप प्रोत्साहित गरेकोमा समाजका सम्पुर्ण परिवारलाई विशेष आभार व्यक्त गर्दै समाज प्रति ऋणि रहेको बताएका उनले थप्दै भने, "एक्काइसौं शताब्दीको आवस्यकता सीप र ज्ञान,
युएईको माटो सुहाउँदो पाल्पालीको अभियान ।। भन्ने लक्षका साथ समाजले आफ्नो गृह जिल्लाको विभिन्न ६० गाविसमा गरिव तथा जेहेन्दार विधार्थीको लागि अक्षयकोष स्थापनार्थका लागि चलाएको अभियाले सबै पाल्पावासीमा गर्वले छाती फुलेको बताए ।

अन्य देशमा स्थापित पाल्पाली समाजको पनि साथ, सह्योग भएको खण्डमा आजका युवा भविष्य देशका कर्णधार त हुने नै छन् । हाम्रो गृह जिल्ला पाल्पा विधार्थीहरू विज्ञान र प्रविधिको सुचिमा आउने छ । भन्दै सफलताको शुभकामना दिँदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

Sunday, 11 September 2016

कतारमा "संयुक्त संघीय मञ्च" को गठन ।


कतारमा “संयुक्त संघीय मंच” को गठन ।
कृष्ण सारू मगर
दोहा–कतार ११ सेप्टेम्बर
राष्ट्रिय जनमुक्ति मंच, नेपाली संघीय समाज र संघीय लिम्बुवान सामाजिक मंच कतारले " पहिचान सहितको संघीयता, समानुपातिक, समाबेशी हाम्रो अडान !
प्रतिगामी संविधान संशोधन गर्ने हाम्रो अभियान !!" भन्ने मुल नाराका साथ चन्द्रसेर राईको संयोजकत्वमा भएको संयुक्त गठबन्धनले ९ सेप्टेम्बर सुक्रबारका दिन ग्रीन रेष्टुरेन्टको सभाहलमा २९ दलिय संयुक्त मोर्चालाई प्रतक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने लक्षका साथ विविध विषयमा प्रशिक्षण दिँदै बृहत कार्यक्रम गरी “संयुक्त संघीय मंच” गठन गरेको छ ।

सह-संयोजक राज खम्बु खालिङ राईको स्वागत तथा डम्बर लिबाङको संचालनमा सम्पन्न भएको प्रशिक्षणका कार्यक्रममा नरेन्द्र कुमार, एभेङ लिम्बु, प्रमोद श्रेष्ठ, मन थापा मगर र रामकिरण तामाङले गठबन्धनको औचित्य, पहिचान र सामथ्र्य एवं विविध विषयका बारेमा जानकारी गराउँदै प्रशिक्षण दिएका थिए । डिएन मगरले अन्तराष्ट्रिय ILO १६९ र संयुक्त राष्ट्र संघको मानव अधिकार ऐनमा उल्लेखित घोषणापत्रमा सुचिकृत आदिवासी जनजातिहरुको वारेमा प्रष्टाएका थिए ।

गएको ३ असौज २०७२मा जारी संविधान विभेदपुर्ण भएको हुँदा हामीलाई कुनै हालतमा स्विकार नहुने जिकिर गर्दै, सिमित जाति र समुदायको पक्षमा रहेको आरोप लगाए भने नेपाली भुमीपुत्र आदिवासी जनजाति, लगायत विभिन्न उपेक्षित वर्ग र समुदायहरूको न्याय, पहिचान, हक अधिकार लगायत विविध विषयमा तिलविक्रम थेवेले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा हिराधन राईले पहिचान सहितको संघीयता प्राप्तिका लागि सडक र सदन दुवै आन्दोलन जारी रहेको बताउदै सिहदरवारले यसरी नै एकलौटी ढंगबाट निरंकुशता हावी भएमा वा पहिचानवादी समुदायलाई पाखा लगाउन कु-चेश्ठा गरे राष्ट्रले ठूलो क्षति बेहोर्नुका साथै, त्यसको मुल्य चुकाउनु पर्ने चुनौती दिए ।

पुरूष प्रदान देशमा राज्यको मुल कानुन नै फितलो हुनुका कारणले महिलालाई घरेलु, समाजिक, र न्यायीक, लगायत विभिन्न क्षेत्रमा भएको दैनिकी हत्या, हिँसा, अन्याय अत्याचारले सिमा नाघ्नुका साथै, राज्य प्रति असन्तुष्ट जनाउँदै भनिन् अबको संसोधित संबिधानले समाजमा अराजक गतिविधि बिकृति, बिसंगति फैलाउने कुनै पनि अपराधीलाई मृत्युु डण्ड सम्मको सजाय दिलाउन आ-आफ्नो क्षेत्र बाट शसक्त रुपमा लाग्नुपर्ने पर्ने धारणा राख्दै भनिन, पहिचान, अधिकार, सवालमा एक जुट हुन रेखा राईले सबैमा आग्रह गरेकी छन् ।

किरण लिङदेनले भने, नेपाली आदिवासीजनजातिले गरेको संघर्षले बटम लाइनको अन्तिम संघारमा पुग्दै गर्दा संघीयता र पहिचानवादीहरुले अधिकार प्राप्तिका लागि सचेत हुनु पर्ने बताए ।

मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न जातिय संस्थाहरुलाई समेत आमन्त्रण गरिएको सो कार्यक्रममा किशोर महर्जन, ओमकृष्ण थुयाजु, नियम भुजेल, देउकुमार नेम्बाङ, तेज मोक्तान, लोकबहादुर राई, अमृत कुमार राई, श्यामसुहाङ्ग हुक्पाचोंग्बांग लगायत विशिष्ट ब्यक्तित्वको बाक्लो  उपस्थिति रहेका थियो । जातिय संस्थाहरुको प्रतिनिधित्व गर्दै किरायाका लोकबहादुर राईले कार्यक्रमलाई सम्बोधन गर्दै, भने जातिय पहिचान र संघीयताको सवालमा अब आदिवासीजनजातिहरूले आ-आफ्नो परम्परागत संस्कार, संस्कृति र ऐतिहासिक पहिचानलाई संरक्षण-संवर्द्धन संगै प्रवर्द्धनका लागि राज्यलाई दवाव मुलक अभियान नै चलाउनु पर्ने अवस्था रहेकोले सम्पूर्ण जातीय संगठनले अहम भुमिका निर्वाह गर्नुका साथै, मौलिक हक अधिकारको मुद्दालाई ओझेलमा पर्न दिनु नहुने बताए ।

आन्दोलनरत २९ दलिय गठबन्धन मोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुका साथै, संघीयता र पहिचानको पक्षमा यदि कहिँ कतै बाट नश्लवादी प्रवृतिका व्यक्तिहरुले अल्मलाउन खोज्नेलाई प्रवासबाट पनि भण्डाफोर गर्ने “संयुक्त संघीय मंच”ले प्रतिवद्धता जनाइएको छ ।

नेपाली संघीय समाजका अध्यक्ष चन्द्रसेर राई, संघीय लिम्बुवान सामाजिक मंचका अध्यक्ष नरेन्द्र एभेङ लिम्बु जनमुक्ति मंचका अध्यक्ष राज खम्बु खालिङ राई, लिम्बुवान सामाजिक मंचका महासचिव तिलविक्रम थेवे प्रवक्ता, नेपाली संघीय समाजका प्रमोद श्रेष्ठ, हिराधन राई, गणेश राई, डीएन मगर संघीय लिम्बुवान सामाजिक मंचका डम्बर लिबाङ र रेखा राई, जनमुक्ति मंचका रामकिरण तामाङ, बुद्ध मगर र सहविर थापा मगर सदस्य रहेको “संयुक्त संघीय मंच” गठन भएको छ ।

Saturday, 10 September 2016

राजदुतावासको आव्हान र NRNA (NCC) को समन्वयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।



राजदुतावासको आब्हान र NRNA (NCC)को समन्वयमा कतारमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कृष्ण सारू मगर
दोहा-कतार ११ सेप्टेम्बर नेपाली राजदुतावासको आब्हानमा गैर आवासीय नेपाली संघ NCC समन्वय परिसदको समन्वयमा कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था संगठनको सहभागितामा दोहाको एनखालिद स्थित रहेको राजदुतावास परिसरको भवनमा भएको बृहत् छलफल तथा अन्तरकृया कार्यक्रमलाई NRNA (NCC) का सदस्य भिम तरामु मगरले संयोजनको जिम्मेवारी बहन गरेका थिए ।

विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधिको सवाल नेपाली राजदुतावासका महामहिम का.बा राजदुत मणिरत्न शर्माले सहजरूपमा बताउनु हुँदै उहाँले भन्नू भयो स्थापित प्रत्येक संघ, संस्था संगठनले आ-आफ्नो विधान सहित पुन: नेपाली दुतावासमा अभिलेखिकरण गर्न/गराउन समेत उक्त छलफल तथा अन्तरकृया कार्यक्रममा आग्रह गर्नु भएको छ ।

वर्तमान परिपेक्षमा यहाँको स्थानीय सरकारको ऐन कानुन भन्दा बाहिर नजान समेत आग्रह गरेका छन् । उहाँले थप्दै भन्नू भयो, कतार सरकारले अवैधानिक हिसावले काम गर्दै गैर कानुनी रूपमा बसेका आप्रवासीहरूका लागि गत १ सेप्टेम्बर देखि १ डिसेम्बर सम्म तीन महिना अवधि सम्म विना झन्झट बाट स्वदेश फिर्तीका लागि सार्वजनिक गरिएको आम माफीको सवालमा उक्त समयावधि सम्म सेवाग्राहीको मागलाई ध्यानमा राख्दै हरेक सुक्रबारका दिन पनि दिउँसो १२ देखि साँझ ४ बजे सम्म दुतावासको प्रशासन विभाग खुल्ला रहने जनाएको छ । विभिन्न संघ, संस्था संगठनमा आवद्ध सदस्यहरूले यो अवसरलाई सु-सुचित गरी सह्योग गर्न/गराउन समेत का.बा राजदुत शर्माले सबैमा पक्षमा आग्रह गर्नु भएको छ ।

बृहत् छलफल तथा अन्तरकृया NRNA (NCC) का कार्यवाहक अध्यक्ष नवीन पोख्रेलको अध्यक्षतामा भएको थियो महासचिव ईन्जिनियर नन्द गर्बुजा मगरको संचालनमा कार्यक्रम संपन्न गरेको छ ।

Thursday, 8 September 2016

वुटवल पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण कार्य यसै वर्ष शुरु गरिने ।



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै बर्ष रुपन्देही–पाल्पाको सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्य यसै वर्ष अगाडि बढाउने बताएका छन् । व्यवस्थापिका संसदबाट देशबासीको नाममा सम्बोधन गर्दै उनले सुरुङ मार्ग निर्माण कार्य अघि बढाउने बताएका हुन् ।
यस्तै उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन यसै वर्ष पूरा गर्ने बताए । ‘रसुवागढी काठमाण्डौ राजमार्ग तथा रसुवा–गल्छी–पोखरा–लुम्विनी रेलमार्ग सम्भाव्यताको काम तत्काल सुरु गरिनेछ र आवधिक रुपमा त्यसको प्रगति विवरण जनतालाई दिने व्यवस्था मिलाइनेछ ।’- सम्बोधनमा उल्लेख छ ।
पहिले घोषणा गरिएका राष्ट्रिय गौरवका आयोजनामध्येका काठमाडौं–तराई दु्रतमार्ग, हुलाकी मार्ग, पूर्वपश्चिम रेलमार्ग, कोशी, गण्डकी र कर्णाली उत्तर–दक्षिण लोकमार्गको कार्य सन्तोषप्रद रुपमा अघि बढ्न नसकेको देखिएकोले यी योजनाहरूको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउने बताउदै प्रधानमन्त्री दाहालले भनेका छन्- निर्माणाधीन मध्यपहाडी लोकमार्गको निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ ।’
यस्तै सम्बोधनको क्रममा दाहालले बृहत् लुम्विनी विकास गुरुयोजना कार्यान्वयन गरिने बताए । ‘देशभित्र नमूनाका रुपमा सयवटा स्मार्ट भिलेज स्थापना गरिनेछ । देशभरि दसवटा स्मार्ट सिटी निर्माणका स्थान छनोट, अवधारणा र नक्सा यसै आर्थिक वर्षमा तयार गरिनेछ ।’ सम्बोधनको ४७ अौं बुदाँमा उल्लेख छ- ‘मध्य पहाडी लोकमार्गमा १० वटा शहर विकास कार्यलाई तीव्रता दिइनेछ । त्यसै गरी हुलाकी मार्गमा १० वटा व्यवस्थित शहर विकास गरिने छ ।’

श्रीमान्को काजक्रिया सम्पन्न, सन्तोषी तामाङले पुर्नमिलनको दिन गन्दै ।


श्रीमानको काजक्रिया सम्पन्न, सन्तोषी तामाङले पुनर्मिलनका दिन गन्दै
कृष्ण सारू मगर
साउदी अरव ८ सेप्टेम्बर २०१६
मोरङका-५ लक्ष्मीमार्गका ३४ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र सहित उनका परिवारलाई शव पठाई सकेको थियो अन्ततः उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिए पछि साउदी प्रशासनले सुवास तामाङलाई ‘मृतक’ सूचीमा भएको कारण जिउँदो हैसियतमा नेपाल पठाउन समस्या उत्पन्न भएको छ ।

गत वर्ष ९ जुलाई २०१५ का दिन तलब बुझेर पैसा घर पठाई अलखुम्ब्राको लेवर कैम्प तर्फ फर्किरहेका ‘ट्याक्सीमा चालक सहित पाँच जना सवार थिए । चितवनका रिद्दी बहादुर मगर, सिन्धुलीका बुद्धलाल वाइबा तामाङ र रूपन्देहीका विष्णु बहादुर राना मगर तीनजनाको घटना स्थलमै मृत्यु भयो भएको थियो । बाँकी गम्भीर घाइते भएका दुई जनालाई जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पतालमा पुर्‍याएका  सुवास तामाङ र सवारी चालक तेजेन्द्र भण्डारीलाई उपचार भै रहेको थियो ।

भोलिपल्ट १० जुलाई २०१५ का दिन गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भयो । प्राविधिक गडबडी भै कपिलवस्तुका भण्डारीको हुनु पर्नेमा हुलिया थाहा नभएको कारण वश लक्ष्मीमार्ग ५ मोरङका तामाङ सहित साउथ ट्राफिक प्रहरीको रिपोर्ट अनुसार मृतक चारै जनालाई हुन्डाई कम्पनीले आफ्नो कामदार भएको पुष्टि गर्‍यो ।

अस्पतालले जिवित तेजेन्द्र भण्डारी भएको भन्दै घाइते उपचार जारी राखे । प्रहरीले दिएको रिपोर्ट सहित सोही कम्पनीमा कार्यरत मृतक सुवासका भान्जा अर्जुन तामाङ संगै कम्पनीले नेपाली दूतावासमा ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ का लागि निवेदन दिए । सोही कागजातका आधारमा दूतावासले ‘एनओसी’ जारी गर्‍यो । डेढ महिनाको अन्तरालमा चारैजनाको शवलाई सम्वन्धित परिवारले पाउने गरी नेपाली दुतावासले पठाउन सफल भयो ।

मृतकका आफन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट । शव बुझेर तामाङ संस्कारको आवश्यक प्रकृया पूरा गरी अन्त्यस्ति गरे। तर त्यो शव तामाङको नभई कपिलवस्तुका तेजेन्द्र भण्डारीको थियो ।

साउदीको अलखुम्ब्रा स्थित लेवर कैम्पमा बस्दै आएका तामाङ भन्छन् मलाई परिवारले मरेको भनेर काजक्रिया पनि गरिसकेको रहेछ । विगत तीन वर्ष देखि जेद्दाको हुन्डाई हेबी इन्डस्ट्रिजमा कार्यरत हाल मेरो स्वास्थ्य सामान्य अवस्थामा फर्किएको छ । उनले भने, ‘कम्पनीले गर्नु पर्ने मानवीय साह्यता पाई रहेको छु  बस्न खान भने खासै समस्या छैन । बरू छिट्टै संवन्धित निकाय र नेपाली दुतावासले पहल गरि नेपाल जान पाए हुन्थ्यो, उनको भनाई छ ।

अर्जुनले अस्पतालमा पुगेर हेर्ने बित्तिकै आफ्ना मामालाई चिनिहाले । त्यस पछि उनले कम्पनीमा गएर सुवास जिउँदै रहेको जानकारी गराए पश्चात् कम्पनीले दूतावासका कर्मचारी लिएर अस्पताल पुगे । आज भन्दा ठीक एक वर्ष अगाडि दुर्घटनामा परेका सुवास भनी नेपालमा पठाएको शव तेजेन्द्र भण्डारीको पुष्टि भएको छ ।

जेद्दा स्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी मनहरि दंगालले बताए अनुसार प्राविधिक समस्याको कारण यस्तो घटना भएको हुँदा ‘साउदी सरकारले गम्भीरता पुर्वक लिँदै साउदी सरकारले निरन्तरता लागि परको छ । र नेपाली दुतावासले पनि निरन्तर पहल भैरहेकोले तामाङको सबै आवश्यक कागजात प्राप्त हुनासाथ नेपाल पठाउने    जनाएको छ ।

Tuesday, 6 September 2016

मगर कलाकारहरु कल्याणकारी कोष स्थापनार्थ अभियानमा जुटे ।



मगर कलाकारहरु कल्याणकारी कोष स्थापनार्थ अभियानमा जुटे ।
कृष्ण सारू मगर
काठमाडौँ, २१ भदौ २०७३
नेपालको लोक साङगीतिक क्षेत्रमा तथ्याङ्कलाई आधार मन्ने हो भने मगर कलाकारहरुको बाहुल्यता रहेको पाईन्छ सोही अनुरूप नेपाल मगर सांस्कृतिक संघले मगर कलाकार कल्याणकारी कोष स्थापनाको लागी कलाकारहरु एक जुट भएका छन् ।

सबै मगर कलाकारहरुलाई एकिकृत बनाउने उदेश्यले स्थापना गर्न लागिएको कल्याणकारी कोषको मुल उद्धेश्य विभिन्न कारणले हुन सक्ने रोग, ब्याधी, दु:ख र समस्या जस्ता अकल्पनीय समस्या समाधानको सम्भावनालाई ध्यानमा राखी कलाकारहरू सेवा नै धर्म हो भन्ने मुल अभिप्रायले यो अभियानमा जुटेका हुन् ।

भद्रभलाद्मी, महान समाजेवी र कलाकार लगायत अन्य शुभेच्छुकहरुको सहयोगमा संकलन भएको नेरू नब्बे हजार नायक, राष्ट्रिय लोक तथा दोहोरी गायक समेत रहेका सञ्चारकर्मी मधुसुदन थापा मगरको संयोजकत्वमा संभव भएको हो । उहाले थप्दै भन्नु भयो यो अभियान निरन्तर संचालनमा रहने गुम्बेली खबरलाई जानकारी दिनु भएको छ ।

संकलन भएको उक्त रकमलाई संघका अध्यक्ष कबिराज थापा मगर र अन्य पदाधिकारीको उपस्थितिमा २०भदौ सोमबारका दिन एक कार्यक्रम गरी मगर किचन हाउसमा कोषाध्यक्ष निता पुनमगरलाई हस्तान्तरण गरेको छ ।

यो अभियानले ठुलो उपलब्धि हासिल गर्नेमा  बिश्वस्त रहेको धारणा राख्दै भन्नू भयो, हरेक मगर कलाकारले आ-आफ्नो पारिश्रमिक बाट ईक्षा अनुसारको केही अंश उपलब्ध गराएको खण्डमा यो अभियानले सार्थकता पाउनुका साथै समाजमा उधारणीय बन्ने संघका अध्यक्ष कबिराज थापा मगरको भनाई थियो ।

अन्त्यमा कोषाध्यक्ष पुनमगरले भन्नु भयो, म हरेक काम कर्तब्य र आफ्नो जिम्मेवारी भुमिकाको दायित्व बोधका साथ पार्दर्शीता राख्ने प्रतिवद्धता जनाउँदै सेवा नै धर्म हो संघको यो अभियानलाई देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय अग्रज ब्यक्तित्वहरूमा साथ, सह्योग समर्थनका लागि यसै डिजिटल मिडिया गुम्बेली खबर मार्फत हार्दिक अपिल समेत गर्नु भएको छ ।

Monday, 5 September 2016

कतारमा राष्ट्रिय कलाकार रुपा घर्ती मगरले पाईन भब्य सम्मान ।




कतारमा राष्ट्रिय कलाकार रूपा घर्ती मगरले पाईन भब्य सम्मान
कृष्ण सारू मगर
दोहा कतार ६ सेप्टेम्बर २०१६
नेपाल मगर संघ, कतार शाखाले "सम्पुर्ण मगरहरूको एकता अहिलेको आवश्यकता" भन्ने अभिप्रायले राष्ट्रिय लोक तथा दोहरी गायिका, रेडियो तथा टेलिभिजन प्रस्तोता रुपा घर्ती मगरको प्रमुख आतिथ्यतामा २ सेप्टेम्बर सुक्रबारका दिन दोहाको सफिर रेस्टुरेन्टको सभाहलमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मगर सेवा समाज ललितपुरका अध्यक्ष मान बहादुर बुढा मगर, नेपाल प्रवासी आदिवासीजनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, र संघका प्रमुख सल्लाहकारलाई विशेष अतिथि ग्रहण गराएको थियो । गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे, एन.आर.एन (एन.सि.सि.) महिला सदस्य मिना खड्का, नेपाली महिला समाजकी कोषाध्यक्ष सुस्मिता भुसाल, मितेरी साँस्कृतिक समूहका उपाध्यक्ष बिजय रानपाल, संघका सल्लाहकार रमेश कनौजे मगर, जनक थापा मगर, बचत कोषका केशब राना मगर , विभिन्न एरिया समितिका अशोक आले मगर, कृष्ण सोराली मगर, नरेन्द्र लायो मगर, दिपक मगर, सोम थापा मगर समाजसेवी भरतसिं बुढामगर साथै, शाझा नेटवर्कका पत्रकार द्वय कुमार अविरल पन्थी र राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई ईशोरा थापा मगरले पवित्र खादाले अतिथि सत्कार गर्नुभएको थियो ।

संघले केन्द्रीय समितिको मतहतमा रहेका विभिन्न शाखा तथा उपशाखाको सदस्यता पत्र लिएका विभिन्न विधाका कलाकारलाई संघले सम्मान गर्दै आइरहेको जनाउँदै संघको लोगो अङ्कित टिसर्ट, भित्ते पात्रो र मायाको चिनो सहित सम्मान पत्रलाई सभाध्यक्ष र संघका प्रमुख सल्लाहकारले प्रमुख अतिथि घर्ती मगरलाई संयुक्त प्रदान गरेका हुन् । यसै गरि विशेष अतिथि बुढामगरलाई संघको लोगो अङ्कित टिसर्ट र भित्तेपात्र उपहार स्वरूप मायाँको चिनो दिएको छ ।

अभिमत पुन मगर र जनक थापा मगरले भने "संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे मानिसको पहिचान र अस्तित्व" जिवित रहने धारणा राख्दै अझ प्रगतिको कामना गरे । अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए । आर्थिक सुधारका लागि बचत कोष संचालनमा ल्याएको केशव राना मगरले बताए । संघले परम्परागत संस्कार, संस्कृति जगेर्ना संगै संरक्षण-संवर्द्धन लगायत विविध विषयलाई सचिव रबिन मगरले प्रष्ट पार्नुभएको थियो ।

मध्ये पुर्वीय राष्ट्र कतार स्थित भम्रणको क्रममा आउनु भएका नेपाल मगर संघ केन्द्रीय समितिको ८, ९ र १० औं कार्यकाल सम्म सल्लाहकार समितिमा आवद्ध रहनु भएका वर्तमान नेपाल मगर सेवा समाज ललितपुरका अध्यक्ष विशिष्ट अतिथि बुढामगरले आर्थिक समाजिक रूपान्तरणमा संघले ल्याएको उक्त अभियानलाई खुलेरै प्रशंसा गर्नुभयो ।

विशेष अतिथि चौधरीले भन्नू भयो कलाकारको कुनै जात र धर्म नहुने तर्क लगाउँदै विश्वको कुनै पनि स्थानमा स्वतन्त्र रहने जिकिर गर्दै भन्नू भयो यात्रा गतिशील छ ईच्छा शक्तिलाई आत्मसाथ गरी निरन्तरता दिएको खण्डमा श्रोता तथा शुभेच्छुकको सहयोगमा कला, गला र प्रतिभाको उपाधी एक दिन पोल्टामा पर्ने विश्वास दिलाउनु भयो ।

सोही कार्यक्रममा हाडहाडे ६ गुल्मीमा जन्म भएकी प्रमुख अतिथि घर्ती मगर लाई स-सम्मान- क्रमशः पवित्र खादा लगाई दिनुका साथै, उत्तरोत्तर प्रगतिको कामना सहित समाजका संरक्षक दोर्ण बस्नेत र अध्यक्ष पाण्डेले संयुक्त कदर पत्र प्रदान गर्दै गृह जिल्ला गुल्मी सेवा समाजले सम्मान गरेको हो । उहाँ  नेपाली महिला समाजले आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रमको निमन्त्रणामा आउनु भएकी हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिले भन्नुभयो मगर संघ, गुल्मेली समाज र तीज विशेषका आयोजक महिला समाजको सम्मानलाई विर्सन कहिल्यै नसकिने जनाउँदै हृदय देखीनै हार्दिक आभार ब्यक्त गर्नुभयो ।
म जन्मेको माटो र मेरो समुदायको रगतको सम्बन्ध प्रति सदैव कटिबद्ध रहने प्रण गर्नु भएकी उहाँले थप्दै भन्नुभयो, म सम्पुर्ण नेपालीहरूको चेली हुँ कलाकार जहिले र जहाँ पनि स्वतन्त्र हुन्छ, हुन्छन्, हुनु पर्छ, भन्ने मुल्य र मान्यतालाई आत्मसात गर्दछु । मेरा आदरणीय श्रोता तथा दर्शक एवं शुभेच्छुक नै सबै भन्दा अमुल्य सम्पत्ति हो भन्ने उहाँको भनाई थियो ।

अन्त्यमा पिपलु छाँया गीतको बोल ठाडो भाकामा रहेको प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउँनु भएको थियो ।

संघका अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रमको सभापतित्व गरेको थियो । प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको स्वागत तथा महासचिव बिजय मगरको संचालन कार्यक्रम सम्पन्न गरेको छ ।

कुवेतमा एक नेपाली महिलाको मृत्यु ।



५ सेक्टेम्बर २०१६ कुवेत
रोजगारीको सिलसिलामा कुबेतको जिलिबमा बस्दै अाएकी एक नेपाली महिलाको मृत्यु भएको छ । मृृत्यु हुनेमा ३५ बर्षिया बुटवल निवासी रमा गुरुङ रहेको जानकारी दलित एकता संजालका कोशाध्य्क्ष कृष्ण सुनारले दिएका थिए ।

 जिलिबमा बस्दै अाएका निर कुमार थापा मगर संग सम्पर्क गर्दा गुरुङ नासर स्पोर्टसमा सेल्समा काम गर्ने गरेको र हिजो राति १२ बजे तिर डिउटी बाट फर्किदा निवास नजिकै किराना पसलमा पानी किनेर पिउदा ढले पछी किराना पसलमा आएका इजिप्सियनको सहयोगमा उनलाई उनकै रुममा लगी एक्लै आराम गर्न छोडिएको र केहि समय पछी साथीहरु आउदा उनलाई मृत अवस्थामा पाईएको कुरा थाहा भएको छ । उनका साथिहरुले तत्काल प्रहरीलाई खबर गरेपछी प्रहरीले सब बाहन आएर उनको मृत शरीरलाई लिएर गएको थापा मगरले जानकारी दिएका छन् ।

मृतक गुरुङ कुबेतको जिलिबमा सात बर्ष देखि कार्यरत रहेको सम्म बुझिएको छ । उनलाई चिनजान गरेको नजिकको मान्छे कोहि नभएकोले उनको शव छिटोभन्दा छिटो नेपाल सम्म पुर्याउन ढिलो हुने देखिएकोले नेपाली राजदुतावास कुबेत र कुवेतमा क्रियाशिल नेपाली संघ संस्थालाई प्रभाबकारी भूमिका खेल्नुहुन अनुरोध पनि गरिएको छ ।

बहराईनमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुले सांगेतिक मनोरञ्जन गराउने ।



बहराईनमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारले साँगेतिक मनोरञ्जन गराउने ।
कृष्ण सारू मगर
मानमा बहराईन ५ सेप्टेम्बर मुस्लिम धर्मालम्बी हरुको महान पर्वको अवसरमा आयोजित हुन गैरहेको बृहत् साँस्कृतिक कार्यक्रम यहि आउँदो सेप्टेम्बर २०१६मा (Eid Al Adha) को पहिलो दिन नेपाल मगर संघ शाखा बहराइनले  मनामा स्थित गोल्ड सिटीको ठीक अगाडि रहेको डेल्मन ईन्टरनेसनल होटेलमा रहने उक्त सांगीतिक कार्यक्रमलाई सफलताका साथ सम्पन्न बनाउन नेपाल देखी विभिन्न विधाका चर्चित कलाकारहरुको आगमनमा हुने भएको छ । यो साँस्कृतिक कार्यक्रम मगर संघको तेस्रो प्रस्तुति हो ।

कार्यक्रमलाई सफल बनाउन बहराईन स्थित विभिन्न संघ, संस्था, संघ संगठन, उधोग, व्यावसायी, स्थानिय संचारकर्मी तथा पत्रकार एवं समस्त गीत संगीत पारखी कलाप्रेमी नेपाली दाजु भाई तथा दिदी बहिनीमा गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरको छ ।

कलाकारहरु :पप तथा आधुनिक गायक सुगम पोखरेल, लोक दोहोरी तथा पप गायिका एवं बेली नृत्यङगना प्रिती आले मगर, नृत्यकार याम गुरुङ, राष्ट्रिय लोक दोहोरी गायिका निता पुन मगरको साथमा स्थानिय कलकारहरूको वेजोड प्रस्तुति रहने भएकोले समस्त बहराईनवासी नेपालीहरूमा गरिमामय उपस्थितिका लागि नेपाल आदिवासीजनजाति महासंघ बहराईनका कोषाध्यक्ष समेत रहेका संघका कोषाध्यक्ष रेशम पुर्जा मगरले गुम्बेली खबरलाई बताए ।

Sunday, 4 September 2016

राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी ।



कतार आएकी राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी...
कृष्ण सारू मगर
दोहा-कतार ४ सेप्टेम्बर
👉 को हुन त रूपा जि.एम. ?
श्रष्टाको परिचय: बाबा इन्द्र बहादुर घर्ती तथा स्व. आमा दिलकुमारी घर्ती मगरको कोख बाट हाडहाडे -६ गुल्मीमा जन्मिएकी रुपा घर्ती मगर परिवार घरको सबै भन्दा कान्छी सदस्य हुन् ।
उनको अध्ययन मानविकी संकायमा स्नातक गरेकी छिन् । हाल बुटवल उप-महानगरपालिका -१५ बेलबास स्थाई बसोबास छ । २०६६ मा तिनाउ एफएममा कार्यरत मगरले २०६८ साल तिर लुम्बिनी टेलीभिजनमा प्रस्तोताको अर्को थप ज़िम्मेवारी संगै २०७० देखी विभिन्न, मेला महोत्सवमा कुशल प्रोस्तोताको रूपमा स्थापित भएकी उनले सुमधुर आवाजले मंचमा स्रोता तथा दर्शकको मन जित्न सफल उनी राष्ट्रिय लोकदोहरी गायिका सम्म हुन पुगेको मगरले सर्वाधिक चर्चामा छिन् ।
१:- यहाँलाई मेरो ब्याक्तिगत तथा गुम्बेली खबरको तर्फबाट हार्दिक नमस्कार गर्दैछौं ।
रुपा - धन्यवाद !
२:- कृपया: तपाईंको पूरा परिचय दिनुस न ।
रुपा - मेरो शुभ नाम रुपा घर्ती मगर जन्म घर हाडहाडे -६ गुल्मी हाल बुटवल उपमहानगरपालिका १५ बेलबास स्थाई बसोबास छ ।
३, कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?
रुपा - सानै उमेर बाट गीत,संगीतमा रूचि राख्दथे  स्थानिय रेडियो, टेलिभिजनले प्रसारण लोक दोहोरी बाल्यकाल देखि गुनगुनाउँदै गरेको साथीहरू मन पराउथे घर, परिवारको सह्योग र प्रेरणा बाटै भयो भनौं ।
४, तपाईं राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ? साथै, प्रतिष्ठित उद्धघोषिकाको रूपमा परिचित संगै, अन्य मिडिया क्षेत्रमा पनि हुनु हुन्छ ?
रुपा - साङ्गितिक यात्रा सुरु हुदैछु सम्पुर्ण श्रोता तथा दर्शकको सहजै मन जित्न कठिन छ । सायदै म संग राम्रो कला, प्रतिभाको मुल्यांकन भएरै होला लोक दोहोरी गायिका भनेर स्थापित भएकी छु । सानो देखि मेला महोत्सव साथै, बिदेशमा हुने कार्यक्रम सन्चालिका अनुभव लिएको छु । हाल तिनाउ एफ.एम. र लुम्बिनी टेलिभिजनमा कार्यरत छु ।

५, कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले मनपराएको ती गीत संगीतका कृतिहरु केके छन ? श्रृजना गरेको मध्ये आफुलाई मन परेको चाँही ?
रुपा - मैले तिज, सालैजो, लोक दोहोरी गरि करिब दर्जनको वरिपरि गीति एल्बम बजारमा ल्याई सकेकी छु र श्रोताहरूले मनपराएको फस्ट हुनेले, सालैजो लगाएत मलाई मेरा सबै गीतहरु उत्तिकै मन पर्छ ।
८, गायनकै शिलशिलामा अहिले सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?-
रुपा - मित्र राष्ट्र भारतको दिल्ली, बाट शुभारम्भ हुँदै, मुम्बई, जापान, कतार अब युएई स्थित रूपन्देही सेवा समाजको निमन्त्रणामा यहि आउँदो ९ सेप्टेम्बर लगाएतै अन्य देशमा पनि जाँदै छु ।
९, तपाईंलाई सबै भन्दा मन पर्ने कलाकार ?
रुपा - सबैजना मन पर्छ । बिमा कुमारी दुराको फ्यान थिएँ र हुँ ।
१०, प्रेम के हो ?
रुपा -  प्रेम एकले अर्कालाई गर्ने सद्भभाव हो । जुन सबैको महत्त्वमा पर्दछ ।
११, राजनिती के हो जस्तो लाग्छ ?
रुपा - राजनिती राज्यको नीति निर्माण गर्नु र नागरिक बाट चुनिएका प्रतिनिधिले शासन चलाउनु र राज्यको नेतृत्व गर्नु हो कानुन लेखिएको भएता पनि कार्यन्यन भएको छैन ।
१२, पछिल्लो समयमा हाम्राे समाजको परिवेश भन्दा कलाकारहरू केही उत्श्रृखल रूपमा प्रस्तुत भएको भनेर बजारमा व्यापक हल्ला छ वास्तविकता को हो ?
रुपा -  सबै कलाकारलाई यसरी तौलन नमिल्ला सस्तो लोकप्रियताको लागि छन् १/२ जना ।
तर, लामो समय थेग्न सक्तैनन् ।
१३, कलाकार राष्ट्रको गौरव हुन् अमुल्य सम्पत्ति हुन् । तर, राज्यले ब्यावहारमा कुनै सेवा सुविधा नदिएको आरोप छ कहाँ सम्म सत्य हो ?
रुपा - गीत, संङ्गितको कलामा नरमाउने सायद विरै होलान् ।
तसर्थ, राज्यको संवन्धित निकायले उचित ब्यावस्थापन बनाओस कलाकारहरूको हक हितका लागि बाच्ने आधारको संभावना सतप्रतिशत पक्कै छ ।
१४, भनिन्छ विभिन्न विधाका कलाकारको कुनै धर्म र जात हुँदैनन् यस बारे तपाईंको धारणा ?
रुपा - पक्कै पनि हाम्राे देश, बहु- जातीय, बहु-भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक, बहु पहिचान र भौगोलिक विविधताले धनि सार्वभौम राष्ट्रमा हरेक समुदायको आ-आफ्नै परम्परा संस्कार संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा विशेष टेवा दिई रहेका छन् । बालक, युवा, बृद्ध सम्मका मानिसलाई गीत संगीतले मनमोहक बनाउँछ । त्यसैले गीत संगीतलाई कलाकारको जात, धर्म संग तुलना लिनै मिल्दैन । विभिन्न विधाका कलाकारले आ-आफ्नै कला प्रतिभाको प्रस्तुति दिने गर्दछन् ।
१५, लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?
रुपा - स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले बचाएको छ कलाकारलाई, राज्यको साँस्कृतिक विभागले प्रतक्ष निगरानीमा राम्रा प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पाएमा कलाकारको वर्तमान र भविष्य राम्रो हुने थियो ।

१६, मगर समुदायको आफ्नै मौलिक परम्परा साँस्कृतिक पहिचानको धनी, नेपाल मगर संघमा आवद्ध हुनु भएकोले संरक्षण-संवर्द्धनका लागि तपाईं कलाकारको भुमिका कस्तो रहन्छ ?
रुपा - झ्याउरे, सालैजो कौडा घातु, हुर्रा, भुम्या नाच सस्कृती झल्काउने गीत तथा नृत्य मगर बाट सुरुवात भएको म पनि मगर परिवारको छोरी हाम्रो संस्कार सस्कृति भेष-भुषा जोगाउनु पर्छ भन्ने बिचार संग नजिक छु ।
१७, भर्खरै स्थाई घर सोलुखुम्बु हाल रत्ननगर-४ चितवनमा बस्ने जीवन थापा मगर र नेपाली बुहारी जोया संगै ती अबोध नाबालकलाई उद्धारको नाउँमा देश निकाला गरिएको छ । जहाँ अन्तराष्ट्रिय मानव अधिकार ऐन अन्तर्गत महिला र बाल अधिकार हनन् भएको प्रतक्ष देखिन्छ । तपाईं स्वंम एक शिक्षित युवा महिला भएकोले यसको बारेमा तपाईं के भन्नू हुन्छ ।
रुपा - जोया र जिबन को घटनाले लाखौं नेपालीलाई स्तब्ध बनायो भने सिङ्गो नेपाल र नेपालीहरूको मान, प्रतिष्ठा ईज्जतलाई तहस-नहन गरेको छ ।
त्यसैले सत्य तत्य घटना छानवीन गरि दोषी उपर कार्यवाही होस् ।
१८, तपाईंको जीवनमा विभिन्न उतार चढावका क्रममा भुल्ने नसकिने त्यस्तो कुनै अविस्मरणीय घटनाको क्षण छन् ?
रुपा - गएको ३० जेष्ठ २०७२मा अकल्पनीय घटना घट्यो मेरी ममतामयी आमालाई गुमाउनु पर्‍यो सबैभन्दा ठूलो क्षण नै यहि बनेको छ ।
१९, अन्त्यमा भन्छु-भन्छु भन्दा-भन्दा पनि केहि भन्नैपर्ने कुराहरु छुटेका छन् भने प्लिज भन्दिनु होला ।
रुपा - देश-विदेशमा रहनुभएका नेपाली बुबाआमा, दाजुभाई दिदीबहिनी लगायत सम्पूर्ण साथीहरुमा जे-जस्तो अवश्थामा देश-विदेमा रहनुभएको छ आफ्नो अनि परिवारहरुको ख्याल राख्नुहोला । जिवन अमुल्य छ । साथै यो रुपाको संगेतिक कोशेलीहरुलाई रुचाई माया गर्दिनु होला भन्न चाहान्छु ।
२०, व्यस्त समयको बाबजुद पनि हामीलाई समय दिनुभएकोमा यहांलाई धन्यबाद !
रुपा - यहांहरुले पनि मेरा मनका कुराहरु राख्ने जुन अवसर दिनुभयो, यहांहरु प्रति पनि आभारी छु साथै धन्यबाद दिन पनि चाहान्छु ।

Saturday, 3 September 2016

बहराईनमा आदिबासी जनजाती महासंघले शोक सभा मनाए ।



बहराईनमा आदिबासी जनजाती महासंघले शोक सभा मनाए

कृष्ण सारू मगर
मानमा- बहराईन ३ सेप्टेम्बर आदिवासीजनजातिका अगुवा नेता गोरे बहादुर खपाँगी मगरको सित्तल नेपाली रेष्टुरेन्टको सभाहलमा विभिन्न पाँच जातीय संस्थाको सहकार्यमा नेपाल आदिबासी जनजाती महासंघले शोक सभा सम्पन्न गरेको छ ।

नेपाल मगर संघका भुतपुर्व अध्यक्ष, तथा राष्ट्रिय जनमुक्ति पार्टीका संस्स्थापक महासचिव, एवं पुर्व मन्त्री स्व.गोरे बहादुर खपाङ्गी मगरको सम्झनामा एक मिनेट मौन धारण पश्चात् मृत आत्मा चीर शान्तिको कामना गर्दै बहराईन स्थित रहेका बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्याक्तित्वहरू साथै दाजु-भाई तथा दिदिबहिनी एवं स्व: खपाँगीका शुभेच्छुकहरूको बृहत् उपस्थिती रहेको श्रद्धाञ्जली सभामा क्रमशः उहाँको तस्वीरका पुष्पाञ्जली अर्पण गरि शोक शभामा मनाएको छ ।

स्व. गोरे बहादुर खपाङ्गी मगरको उहाँको भौतिक शरिरको अन्त्यस्ति भएता पनि हाम्रो समाजमा उहाँको विचार कहिल्यै नमर्ने भन्दै खपाँगी मगरले उठाउनु भएका मुख्य मुद्दा कुनै, एक जाति, धर्म विशेष संग नभै राज्यले गरेको उत्पिडित समुदायलाई असमानता, विभेदकारी नितिको विरूद्ध उन्मुक्तिका लागि समानुपातिक, समावेशीकरण, न्याय, पहिचान र अधिकार लागि राज्य ब्यावस्थापन सँग संघर्ष भएको ठहर गर्दै, वक्ताहरुले आ-आफ्नो धारण राखेका थिए ।

स्व. खपाँगी मगरका शुभेच्छुकहरूको बाक्लो उपस्थित रहेको श्रद्धाञ्जली शोक सभा कार्यक्रम महासंघका अध्यक्ष बुद्धि राज राईको सभापतित्व भएको थियो कार्यक्रम महासचिव प्रल्हाद लिङदेनको संचालनमा संपन्न गरेको छ ।
सहकार्यमा आवद्ध संस्थाहरू :-
१- नेपाल मगर संघ बहराइन
२- तमु समाज बहराइन
३- तमाङ सेवा समाज बहराइन
४- किरात राई यायोक्खा बहराइन
५- किरात याक्थुङ चुम्लुङ बहराइन