Wednesday, 14 September 2016

मगर पोशाक बचाऔं फोटो प्रतियोगिता २०७३ को उपाधि अनिल थापा मगरको पोल्टामा ।


   मगर पोशाक बचाऔं फोटो प्रतियोगिता २०७३ को
    उपाधि अनिल थापा मगरको पोल्टामा ।

सम्यक राना मगर,
मंगलबार २९ भाद्र २०७३
    "मगर भाषा, कला र संस्कृतिको सम्मान
      मगर पोषाक बचाऔ हाम्रो अभियान"
   
 भन्ने मूल नाराका साथ मगर कम्युनिटी ग्रुप द्धारा आयोजना गरिएको "मगर फोटो प्रतियोगिता २०७३" मा देबदह, रुपन्देहीका अनिल थापा मगर प्रथम भएका छन् । १९९ जना प्रतियोगीहरुलाई पछि पार्दै उनले २१८१ Like प्राप्त गरि प्रथम स्थान कब्जा गरेका हुन् ।

तेस्तै नवलपरासीकी अन्नु आले मगरले १९४२ Like प्राप्त गरि द्धितिय, गैडाकोटकी शोभा थापा मगरले १८२७ Like प्राप्त गरि तृतिय र हेटौडाकी मुना पुलामी मगरले १७८६ Like र नवलपरासीकी प्रिया राना मगरले १५८० Like प्राप्त गरि सान्तवना हुनुभएको छ ।

विभिन्न पहिलो, दोस्रो र तेस्रो श्रेणीगत रुपमा २५/२५ जना प्रतियोगीहरुलाई सहभागी गराई सञ्चालन गरिएको यस प्रतियोगिताको अन्तिम चरणमा ८ जना प्रतियोगीहरु छनोटमा परेेका थिए ।
देश तथा विदेशमा रहनुभएका मगर समर्थकहरुको भोटिङको आधारमा विभिन्न चरणहरु पार गर्दै फाईनल सम्म भोटिङकै आधारमा प्रथम, द्धितिय, तृतिय र सान्तवना छुट्टाईएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना हुनुहुने सम्पूर्ण प्रतियोगीहरुलाई तपशिल बमोजिमका पुरस्कारहरु दिइने मगर कम्युनिटि परिवारले बताएको छ ।

  👉 पुरस्कारहरु  :-
(१)प्रथप पुरस्कार (एक थान मगर पोसाक साथै प्रमाण पत्र )
(२)द्वितिय पुरस्कार (एक थान मगर पोसाक साथै प्रमाण पत्र )
(३)तृतििय पुरस्कार(एक थान मगर पोसाक साथै प्रमाण पत्र )
दुई जनालाई सान्त्वना पुरस्कार ।

No comments:

Post a Comment