Saturday, 24 September 2016
पाल्पाली लाजिमा "चान्समा डान्स"को उत्कृष्ठ ७ मा ।
पाल्पाली बालिका लाजिमा गाहा बुटवलमा भैरहेको डान्स शो ‘चान्समा डान्स’को उत्कृष्ट ७ मा पुगेकी छिन् । झण्डै ६ सय प्रतिस्पर्धीबाट छानिएर उनी उत्कृष्ट ७ मा पुगेकी हुन् । प्रतिस्पर्धमा पाल्पाबाट १७ जना सहभागी भएको भएपनि अहिले उनीमात्र बाँकी छिन् । पाल्पा असन टोल–१५ निवासी गाहा मात्र ६ वर्षकी छिन् । तानसेनको बेथल बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत विद्यार्थी लाजिमालाई उनको परिवार, आफन्तजन र साथीहरुले प्रतिस्पर्धामा जिताउनका लागि यतिबेला अभियान नै चलाएका छन् ।
एस.एम.एस. भोटिङका आधारमा छनौट गरिने प्रतिस्पर्धामा लाजिमालाई भोटिङको लागि मोवाइलको म्यासेजबक्समा CMD Space 10 कोड टाइप गरी ३८३८३ मा पठाइ भोट गर्न सकिनेछ । सानैदेखि मेधावी एवं अतिरिक्त क्रियाकलापमा चासो राख्ने लाजिमा र उनको परिवारले छोरीलाई विजयी बनाउन सहयोगको अपिल गरेका छन् ।
मोवाइल एस.एम.एस.मार्फत भोटिङ गरेर लाजिमालाई सहयोग गर्न परिवारजन र आफन्तहरुले आग्रह गरेका छन् । लाजिमा यो प्रतिस्पर्धामा पाल्पाबाट सहभागी मध्ये अहिलेसम्म उत्कृष्टमा परेकी एकमात्र प्रतिस्पर्धी हुन् । उनले आफ्ना साथीहरु, गुरु एवं सबै पाल्पालीलाई भोटिङबाट आफूलाई बनाउन अनुरोध गरिरहेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment