Sunday, 4 September 2016
राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी ।
कतार आएकी राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी...
कृष्ण सारू मगर
दोहा-कतार ४ सेप्टेम्बर
👉 को हुन त रूपा जि.एम. ?
श्रष्टाको परिचय: बाबा इन्द्र बहादुर घर्ती तथा स्व. आमा दिलकुमारी घर्ती मगरको कोख बाट हाडहाडे -६ गुल्मीमा जन्मिएकी रुपा घर्ती मगर परिवार घरको सबै भन्दा कान्छी सदस्य हुन् ।
उनको अध्ययन मानविकी संकायमा स्नातक गरेकी छिन् । हाल बुटवल उप-महानगरपालिका -१५ बेलबास स्थाई बसोबास छ । २०६६ मा तिनाउ एफएममा कार्यरत मगरले २०६८ साल तिर लुम्बिनी टेलीभिजनमा प्रस्तोताको अर्को थप ज़िम्मेवारी संगै २०७० देखी विभिन्न, मेला महोत्सवमा कुशल प्रोस्तोताको रूपमा स्थापित भएकी उनले सुमधुर आवाजले मंचमा स्रोता तथा दर्शकको मन जित्न सफल उनी राष्ट्रिय लोकदोहरी गायिका सम्म हुन पुगेको मगरले सर्वाधिक चर्चामा छिन् ।
१:- यहाँलाई मेरो ब्याक्तिगत तथा गुम्बेली खबरको तर्फबाट हार्दिक नमस्कार गर्दैछौं ।
रुपा - धन्यवाद !
२:- कृपया: तपाईंको पूरा परिचय दिनुस न ।
रुपा - मेरो शुभ नाम रुपा घर्ती मगर जन्म घर हाडहाडे -६ गुल्मी हाल बुटवल उपमहानगरपालिका १५ बेलबास स्थाई बसोबास छ ।
३, कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?
रुपा - सानै उमेर बाट गीत,संगीतमा रूचि राख्दथे स्थानिय रेडियो, टेलिभिजनले प्रसारण लोक दोहोरी बाल्यकाल देखि गुनगुनाउँदै गरेको साथीहरू मन पराउथे घर, परिवारको सह्योग र प्रेरणा बाटै भयो भनौं ।
४, तपाईं राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ? साथै, प्रतिष्ठित उद्धघोषिकाको रूपमा परिचित संगै, अन्य मिडिया क्षेत्रमा पनि हुनु हुन्छ ?
रुपा - साङ्गितिक यात्रा सुरु हुदैछु सम्पुर्ण श्रोता तथा दर्शकको सहजै मन जित्न कठिन छ । सायदै म संग राम्रो कला, प्रतिभाको मुल्यांकन भएरै होला लोक दोहोरी गायिका भनेर स्थापित भएकी छु । सानो देखि मेला महोत्सव साथै, बिदेशमा हुने कार्यक्रम सन्चालिका अनुभव लिएको छु । हाल तिनाउ एफ.एम. र लुम्बिनी टेलिभिजनमा कार्यरत छु ।
५, कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले मनपराएको ती गीत संगीतका कृतिहरु केके छन ? श्रृजना गरेको मध्ये आफुलाई मन परेको चाँही ?
रुपा - मैले तिज, सालैजो, लोक दोहोरी गरि करिब दर्जनको वरिपरि गीति एल्बम बजारमा ल्याई सकेकी छु र श्रोताहरूले मनपराएको फस्ट हुनेले, सालैजो लगाएत मलाई मेरा सबै गीतहरु उत्तिकै मन पर्छ ।
८, गायनकै शिलशिलामा अहिले सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?-
रुपा - मित्र राष्ट्र भारतको दिल्ली, बाट शुभारम्भ हुँदै, मुम्बई, जापान, कतार अब युएई स्थित रूपन्देही सेवा समाजको निमन्त्रणामा यहि आउँदो ९ सेप्टेम्बर लगाएतै अन्य देशमा पनि जाँदै छु ।
९, तपाईंलाई सबै भन्दा मन पर्ने कलाकार ?
रुपा - सबैजना मन पर्छ । बिमा कुमारी दुराको फ्यान थिएँ र हुँ ।
१०, प्रेम के हो ?
रुपा - प्रेम एकले अर्कालाई गर्ने सद्भभाव हो । जुन सबैको महत्त्वमा पर्दछ ।
११, राजनिती के हो जस्तो लाग्छ ?
रुपा - राजनिती राज्यको नीति निर्माण गर्नु र नागरिक बाट चुनिएका प्रतिनिधिले शासन चलाउनु र राज्यको नेतृत्व गर्नु हो कानुन लेखिएको भएता पनि कार्यन्यन भएको छैन ।
१२, पछिल्लो समयमा हाम्राे समाजको परिवेश भन्दा कलाकारहरू केही उत्श्रृखल रूपमा प्रस्तुत भएको भनेर बजारमा व्यापक हल्ला छ वास्तविकता को हो ?
रुपा - सबै कलाकारलाई यसरी तौलन नमिल्ला सस्तो लोकप्रियताको लागि छन् १/२ जना ।
तर, लामो समय थेग्न सक्तैनन् ।
१३, कलाकार राष्ट्रको गौरव हुन् अमुल्य सम्पत्ति हुन् । तर, राज्यले ब्यावहारमा कुनै सेवा सुविधा नदिएको आरोप छ कहाँ सम्म सत्य हो ?
रुपा - गीत, संङ्गितको कलामा नरमाउने सायद विरै होलान् ।
तसर्थ, राज्यको संवन्धित निकायले उचित ब्यावस्थापन बनाओस कलाकारहरूको हक हितका लागि बाच्ने आधारको संभावना सतप्रतिशत पक्कै छ ।
१४, भनिन्छ विभिन्न विधाका कलाकारको कुनै धर्म र जात हुँदैनन् यस बारे तपाईंको धारणा ?
रुपा - पक्कै पनि हाम्राे देश, बहु- जातीय, बहु-भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक, बहु पहिचान र भौगोलिक विविधताले धनि सार्वभौम राष्ट्रमा हरेक समुदायको आ-आफ्नै परम्परा संस्कार संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा विशेष टेवा दिई रहेका छन् । बालक, युवा, बृद्ध सम्मका मानिसलाई गीत संगीतले मनमोहक बनाउँछ । त्यसैले गीत संगीतलाई कलाकारको जात, धर्म संग तुलना लिनै मिल्दैन । विभिन्न विधाका कलाकारले आ-आफ्नै कला प्रतिभाको प्रस्तुति दिने गर्दछन् ।
१५, लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?
रुपा - स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले बचाएको छ कलाकारलाई, राज्यको साँस्कृतिक विभागले प्रतक्ष निगरानीमा राम्रा प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पाएमा कलाकारको वर्तमान र भविष्य राम्रो हुने थियो ।
१६, मगर समुदायको आफ्नै मौलिक परम्परा साँस्कृतिक पहिचानको धनी, नेपाल मगर संघमा आवद्ध हुनु भएकोले संरक्षण-संवर्द्धनका लागि तपाईं कलाकारको भुमिका कस्तो रहन्छ ?
रुपा - झ्याउरे, सालैजो कौडा घातु, हुर्रा, भुम्या नाच सस्कृती झल्काउने गीत तथा नृत्य मगर बाट सुरुवात भएको म पनि मगर परिवारको छोरी हाम्रो संस्कार सस्कृति भेष-भुषा जोगाउनु पर्छ भन्ने बिचार संग नजिक छु ।
१७, भर्खरै स्थाई घर सोलुखुम्बु हाल रत्ननगर-४ चितवनमा बस्ने जीवन थापा मगर र नेपाली बुहारी जोया संगै ती अबोध नाबालकलाई उद्धारको नाउँमा देश निकाला गरिएको छ । जहाँ अन्तराष्ट्रिय मानव अधिकार ऐन अन्तर्गत महिला र बाल अधिकार हनन् भएको प्रतक्ष देखिन्छ । तपाईं स्वंम एक शिक्षित युवा महिला भएकोले यसको बारेमा तपाईं के भन्नू हुन्छ ।
रुपा - जोया र जिबन को घटनाले लाखौं नेपालीलाई स्तब्ध बनायो भने सिङ्गो नेपाल र नेपालीहरूको मान, प्रतिष्ठा ईज्जतलाई तहस-नहन गरेको छ ।
त्यसैले सत्य तत्य घटना छानवीन गरि दोषी उपर कार्यवाही होस् ।
१८, तपाईंको जीवनमा विभिन्न उतार चढावका क्रममा भुल्ने नसकिने त्यस्तो कुनै अविस्मरणीय घटनाको क्षण छन् ?
रुपा - गएको ३० जेष्ठ २०७२मा अकल्पनीय घटना घट्यो मेरी ममतामयी आमालाई गुमाउनु पर्यो सबैभन्दा ठूलो क्षण नै यहि बनेको छ ।
१९, अन्त्यमा भन्छु-भन्छु भन्दा-भन्दा पनि केहि भन्नैपर्ने कुराहरु छुटेका छन् भने प्लिज भन्दिनु होला ।
रुपा - देश-विदेशमा रहनुभएका नेपाली बुबाआमा, दाजुभाई दिदीबहिनी लगायत सम्पूर्ण साथीहरुमा जे-जस्तो अवश्थामा देश-विदेमा रहनुभएको छ आफ्नो अनि परिवारहरुको ख्याल राख्नुहोला । जिवन अमुल्य छ । साथै यो रुपाको संगेतिक कोशेलीहरुलाई रुचाई माया गर्दिनु होला भन्न चाहान्छु ।
२०, व्यस्त समयको बाबजुद पनि हामीलाई समय दिनुभएकोमा यहांलाई धन्यबाद !
रुपा - यहांहरुले पनि मेरा मनका कुराहरु राख्ने जुन अवसर दिनुभयो, यहांहरु प्रति पनि आभारी छु साथै धन्यबाद दिन पनि चाहान्छु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment