Thursday, 8 September 2016

वुटवल पाल्पा जोड्ने सिद्धबाबा सुरुङ मार्ग निर्माण कार्य यसै वर्ष शुरु गरिने ।



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै बर्ष रुपन्देही–पाल्पाको सिद्धबाबामा सुरुङ मार्ग निर्माण कार्य यसै वर्ष अगाडि बढाउने बताएका छन् । व्यवस्थापिका संसदबाट देशबासीको नाममा सम्बोधन गर्दै उनले सुरुङ मार्ग निर्माण कार्य अघि बढाउने बताएका हुन् ।
यस्तै उनले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन यसै वर्ष पूरा गर्ने बताए । ‘रसुवागढी काठमाण्डौ राजमार्ग तथा रसुवा–गल्छी–पोखरा–लुम्विनी रेलमार्ग सम्भाव्यताको काम तत्काल सुरु गरिनेछ र आवधिक रुपमा त्यसको प्रगति विवरण जनतालाई दिने व्यवस्था मिलाइनेछ ।’- सम्बोधनमा उल्लेख छ ।
पहिले घोषणा गरिएका राष्ट्रिय गौरवका आयोजनामध्येका काठमाडौं–तराई दु्रतमार्ग, हुलाकी मार्ग, पूर्वपश्चिम रेलमार्ग, कोशी, गण्डकी र कर्णाली उत्तर–दक्षिण लोकमार्गको कार्य सन्तोषप्रद रुपमा अघि बढ्न नसकेको देखिएकोले यी योजनाहरूको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउने बताउदै प्रधानमन्त्री दाहालले भनेका छन्- निर्माणाधीन मध्यपहाडी लोकमार्गको निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ ।’
यस्तै सम्बोधनको क्रममा दाहालले बृहत् लुम्विनी विकास गुरुयोजना कार्यान्वयन गरिने बताए । ‘देशभित्र नमूनाका रुपमा सयवटा स्मार्ट भिलेज स्थापना गरिनेछ । देशभरि दसवटा स्मार्ट सिटी निर्माणका स्थान छनोट, अवधारणा र नक्सा यसै आर्थिक वर्षमा तयार गरिनेछ ।’ सम्बोधनको ४७ अौं बुदाँमा उल्लेख छ- ‘मध्य पहाडी लोकमार्गमा १० वटा शहर विकास कार्यलाई तीव्रता दिइनेछ । त्यसै गरी हुलाकी मार्गमा १० वटा व्यवस्थित शहर विकास गरिने छ ।’

No comments:

Post a Comment