Monday, 5 September 2016

कतारमा राष्ट्रिय कलाकार रुपा घर्ती मगरले पाईन भब्य सम्मान ।




कतारमा राष्ट्रिय कलाकार रूपा घर्ती मगरले पाईन भब्य सम्मान
कृष्ण सारू मगर
दोहा कतार ६ सेप्टेम्बर २०१६
नेपाल मगर संघ, कतार शाखाले "सम्पुर्ण मगरहरूको एकता अहिलेको आवश्यकता" भन्ने अभिप्रायले राष्ट्रिय लोक तथा दोहरी गायिका, रेडियो तथा टेलिभिजन प्रस्तोता रुपा घर्ती मगरको प्रमुख आतिथ्यतामा २ सेप्टेम्बर सुक्रबारका दिन दोहाको सफिर रेस्टुरेन्टको सभाहलमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मगर सेवा समाज ललितपुरका अध्यक्ष मान बहादुर बुढा मगर, नेपाल प्रवासी आदिवासीजनजाती महासंघका अध्यक्ष सियाराम चौधरी, र संघका प्रमुख सल्लाहकारलाई विशेष अतिथि ग्रहण गराएको थियो । गुल्मी सेवा समाजका अध्यक्ष बुद्धि बहादुर पाण्डे, एन.आर.एन (एन.सि.सि.) महिला सदस्य मिना खड्का, नेपाली महिला समाजकी कोषाध्यक्ष सुस्मिता भुसाल, मितेरी साँस्कृतिक समूहका उपाध्यक्ष बिजय रानपाल, संघका सल्लाहकार रमेश कनौजे मगर, जनक थापा मगर, बचत कोषका केशब राना मगर , विभिन्न एरिया समितिका अशोक आले मगर, कृष्ण सोराली मगर, नरेन्द्र लायो मगर, दिपक मगर, सोम थापा मगर समाजसेवी भरतसिं बुढामगर साथै, शाझा नेटवर्कका पत्रकार द्वय कुमार अविरल पन्थी र राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई ईशोरा थापा मगरले पवित्र खादाले अतिथि सत्कार गर्नुभएको थियो ।

संघले केन्द्रीय समितिको मतहतमा रहेका विभिन्न शाखा तथा उपशाखाको सदस्यता पत्र लिएका विभिन्न विधाका कलाकारलाई संघले सम्मान गर्दै आइरहेको जनाउँदै संघको लोगो अङ्कित टिसर्ट, भित्ते पात्रो र मायाको चिनो सहित सम्मान पत्रलाई सभाध्यक्ष र संघका प्रमुख सल्लाहकारले प्रमुख अतिथि घर्ती मगरलाई संयुक्त प्रदान गरेका हुन् । यसै गरि विशेष अतिथि बुढामगरलाई संघको लोगो अङ्कित टिसर्ट र भित्तेपात्र उपहार स्वरूप मायाँको चिनो दिएको छ ।

अभिमत पुन मगर र जनक थापा मगरले भने "संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे मानिसको पहिचान र अस्तित्व" जिवित रहने धारणा राख्दै अझ प्रगतिको कामना गरे । अन्य वक्ताहरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिए । आर्थिक सुधारका लागि बचत कोष संचालनमा ल्याएको केशव राना मगरले बताए । संघले परम्परागत संस्कार, संस्कृति जगेर्ना संगै संरक्षण-संवर्द्धन लगायत विविध विषयलाई सचिव रबिन मगरले प्रष्ट पार्नुभएको थियो ।

मध्ये पुर्वीय राष्ट्र कतार स्थित भम्रणको क्रममा आउनु भएका नेपाल मगर संघ केन्द्रीय समितिको ८, ९ र १० औं कार्यकाल सम्म सल्लाहकार समितिमा आवद्ध रहनु भएका वर्तमान नेपाल मगर सेवा समाज ललितपुरका अध्यक्ष विशिष्ट अतिथि बुढामगरले आर्थिक समाजिक रूपान्तरणमा संघले ल्याएको उक्त अभियानलाई खुलेरै प्रशंसा गर्नुभयो ।

विशेष अतिथि चौधरीले भन्नू भयो कलाकारको कुनै जात र धर्म नहुने तर्क लगाउँदै विश्वको कुनै पनि स्थानमा स्वतन्त्र रहने जिकिर गर्दै भन्नू भयो यात्रा गतिशील छ ईच्छा शक्तिलाई आत्मसाथ गरी निरन्तरता दिएको खण्डमा श्रोता तथा शुभेच्छुकको सहयोगमा कला, गला र प्रतिभाको उपाधी एक दिन पोल्टामा पर्ने विश्वास दिलाउनु भयो ।

सोही कार्यक्रममा हाडहाडे ६ गुल्मीमा जन्म भएकी प्रमुख अतिथि घर्ती मगर लाई स-सम्मान- क्रमशः पवित्र खादा लगाई दिनुका साथै, उत्तरोत्तर प्रगतिको कामना सहित समाजका संरक्षक दोर्ण बस्नेत र अध्यक्ष पाण्डेले संयुक्त कदर पत्र प्रदान गर्दै गृह जिल्ला गुल्मी सेवा समाजले सम्मान गरेको हो । उहाँ  नेपाली महिला समाजले आयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रमको निमन्त्रणामा आउनु भएकी हुन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथिले भन्नुभयो मगर संघ, गुल्मेली समाज र तीज विशेषका आयोजक महिला समाजको सम्मानलाई विर्सन कहिल्यै नसकिने जनाउँदै हृदय देखीनै हार्दिक आभार ब्यक्त गर्नुभयो ।
म जन्मेको माटो र मेरो समुदायको रगतको सम्बन्ध प्रति सदैव कटिबद्ध रहने प्रण गर्नु भएकी उहाँले थप्दै भन्नुभयो, म सम्पुर्ण नेपालीहरूको चेली हुँ कलाकार जहिले र जहाँ पनि स्वतन्त्र हुन्छ, हुन्छन्, हुनु पर्छ, भन्ने मुल्य र मान्यतालाई आत्मसात गर्दछु । मेरा आदरणीय श्रोता तथा दर्शक एवं शुभेच्छुक नै सबै भन्दा अमुल्य सम्पत्ति हो भन्ने उहाँको भनाई थियो ।

अन्त्यमा पिपलु छाँया गीतको बोल ठाडो भाकामा रहेको प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाउँनु भएको थियो ।

संघका अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रमको सभापतित्व गरेको थियो । प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगरको स्वागत तथा महासचिव बिजय मगरको संचालन कार्यक्रम सम्पन्न गरेको छ ।

No comments:

Post a Comment