Thursday, 8 September 2016
श्रीमान्को काजक्रिया सम्पन्न, सन्तोषी तामाङले पुर्नमिलनको दिन गन्दै ।
श्रीमानको काजक्रिया सम्पन्न, सन्तोषी तामाङले पुनर्मिलनका दिन गन्दै
कृष्ण सारू मगर
साउदी अरव ८ सेप्टेम्बर २०१६
मोरङका-५ लक्ष्मीमार्गका ३४ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रमाणपत्र सहित उनका परिवारलाई शव पठाई सकेको थियो अन्ततः उनी त्यही अस्पतालमा उपचार गरिरहेको अवस्थामा भेटिए पछि साउदी प्रशासनले सुवास तामाङलाई ‘मृतक’ सूचीमा भएको कारण जिउँदो हैसियतमा नेपाल पठाउन समस्या उत्पन्न भएको छ ।
गत वर्ष ९ जुलाई २०१५ का दिन तलब बुझेर पैसा घर पठाई अलखुम्ब्राको लेवर कैम्प तर्फ फर्किरहेका ‘ट्याक्सीमा चालक सहित पाँच जना सवार थिए । चितवनका रिद्दी बहादुर मगर, सिन्धुलीका बुद्धलाल वाइबा तामाङ र रूपन्देहीका विष्णु बहादुर राना मगर तीनजनाको घटना स्थलमै मृत्यु भयो भएको थियो । बाँकी गम्भीर घाइते भएका दुई जनालाई जेद्दास्थित ‘किङ अब्दुल्लाह अजिज अस्पतालमा पुर्याएका सुवास तामाङ र सवारी चालक तेजेन्द्र भण्डारीलाई उपचार भै रहेको थियो ।
भोलिपल्ट १० जुलाई २०१५ का दिन गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भयो । प्राविधिक गडबडी भै कपिलवस्तुका भण्डारीको हुनु पर्नेमा हुलिया थाहा नभएको कारण वश लक्ष्मीमार्ग ५ मोरङका तामाङ सहित साउथ ट्राफिक प्रहरीको रिपोर्ट अनुसार मृतक चारै जनालाई हुन्डाई कम्पनीले आफ्नो कामदार भएको पुष्टि गर्यो ।
अस्पतालले जिवित तेजेन्द्र भण्डारी भएको भन्दै घाइते उपचार जारी राखे । प्रहरीले दिएको रिपोर्ट सहित सोही कम्पनीमा कार्यरत मृतक सुवासका भान्जा अर्जुन तामाङ संगै कम्पनीले नेपाली दूतावासमा ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ का लागि निवेदन दिए । सोही कागजातका आधारमा दूतावासले ‘एनओसी’ जारी गर्यो । डेढ महिनाको अन्तरालमा चारैजनाको शवलाई सम्वन्धित परिवारले पाउने गरी नेपाली दुतावासले पठाउन सफल भयो ।
मृतकका आफन्तले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट । शव बुझेर तामाङ संस्कारको आवश्यक प्रकृया पूरा गरी अन्त्यस्ति गरे। तर त्यो शव तामाङको नभई कपिलवस्तुका तेजेन्द्र भण्डारीको थियो ।
साउदीको अलखुम्ब्रा स्थित लेवर कैम्पमा बस्दै आएका तामाङ भन्छन् मलाई परिवारले मरेको भनेर काजक्रिया पनि गरिसकेको रहेछ । विगत तीन वर्ष देखि जेद्दाको हुन्डाई हेबी इन्डस्ट्रिजमा कार्यरत हाल मेरो स्वास्थ्य सामान्य अवस्थामा फर्किएको छ । उनले भने, ‘कम्पनीले गर्नु पर्ने मानवीय साह्यता पाई रहेको छु बस्न खान भने खासै समस्या छैन । बरू छिट्टै संवन्धित निकाय र नेपाली दुतावासले पहल गरि नेपाल जान पाए हुन्थ्यो, उनको भनाई छ ।
अर्जुनले अस्पतालमा पुगेर हेर्ने बित्तिकै आफ्ना मामालाई चिनिहाले । त्यस पछि उनले कम्पनीमा गएर सुवास जिउँदै रहेको जानकारी गराए पश्चात् कम्पनीले दूतावासका कर्मचारी लिएर अस्पताल पुगे । आज भन्दा ठीक एक वर्ष अगाडि दुर्घटनामा परेका सुवास भनी नेपालमा पठाएको शव तेजेन्द्र भण्डारीको पुष्टि भएको छ ।
जेद्दा स्थित नेपाली महावाणिज्य दूतावासका कर्मचारी मनहरि दंगालले बताए अनुसार प्राविधिक समस्याको कारण यस्तो घटना भएको हुँदा ‘साउदी सरकारले गम्भीरता पुर्वक लिँदै साउदी सरकारले निरन्तरता लागि परको छ । र नेपाली दुतावासले पनि निरन्तर पहल भैरहेकोले तामाङको सबै आवश्यक कागजात प्राप्त हुनासाथ नेपाल पठाउने जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment