Saturday, 24 September 2016
कतारमा तमु प्ये ताँ ल्हु ताँ शाखाले प्रथम अधिवेशनको तैयारी गर्दै ।
कृष्ण सारू मगर
२४ सेप्टेम्बर दोहा-कतार
तमु जातिको परम्परागत, भेष, भुषा, भाषा तथा संस्कार, संस्कृती जगेर्ना संगै, (तमु प्ये ताँ ल्हु ताँ) लाई, संरक्षण र प्रबर्द्धनको लक्षका साथ २०१४ सेप्टेम्बर १९ मा समाजिक अवधारणा बोकी स्थापित तमु प्ये ल्हु संघ प्रबास शाखाले यहि आउँदो ३० सेप्टेम्बरका दिन दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन गर्ने भएको छ ।
संघमा आवद्ध सम्पूर्ण कार्यसमितिका पद्धेन पदाधिकारी, सल्लाहकार समितिका सदस्यहरु, साथै संघको मातहतमा रहेका विभिन्न विभागीय समितिका सदस्य एवं रोजगारीका शिलशिलामा कतारको विभिन्न स्थानमा छरिएर रहनु भएका तमु प्ये ताँ ल्हु ताँ सम्वद्ध समस्त तमु दाजु भाई तथा दिदी बहिनीहरु, बुद्धिजिबि, अभिभावक र शुभचिन्तक महानुभावहरुमा यसै सुचनालाई आधार मानी उक्त कार्यक्रमलाई सब्य र भब्य सम्पन्न गराउन गरिमय उपस्थितिको लागि आयोजक समिति तमु प्ये ल्हु संघ प्रबास शाखाले हार्दिक निमन्त्रणा सहित सार्वजनिक सुचना जारी गरेको छ l
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment