हुम थापा पचभैया मगर
काठमाण्डौ ८ असौज २०७३
जावलाखेल स्थित एक बिशेष कार्यक्रमको आयोजना गरि गोरे बहादुर खपाँगी फाउन्डेसनका अध्यक्ष समेत रहेका नेपाल मगर संघ भूपू सैनिक प्रहरी संघका केन्द्रिय समितिका अध्यक्ष हुम बहादुर थापा (पचभैया) मगर, जिवनका बहिनी ज्वाई बिमल थापा मगर, लगायत स्थानीय भद्रभलाद्मीको उपस्थितिमा अफगानिस्तानको कावुलमा रहेका नेपाली तथा भुतपुर्व सैनिक सेकुरेटी गार्डमा कार्यरत हिमाल पुलामी मगरको नेतृत्वमा संकलित नेरू.३ लाख ५ हजार भारु.१२ सय ५० जिवनका आमा पूर्णमाया मगरलाई सरिता पुलामी मगरले हस्तान्तरण गरेकी हुन् ।
जिवनकी आमा मगरले सहयोग रकम ग्रहण गर्दै भनिन् अनावश्यक विभिन्न आरोप लगाएर मेरा साना-साना नाति र बुहारीलाई नेपाल फर्काउन अफगानिस्तानको कावुलमा रहनु भएमा सह्योगी मनका धनी सम्पुर्णमा धेरै-धेरै धन्यवाद दिएकी उनले थप्दै भनिन् विश्वको विभिन्न देश बाट प्रतक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक, बैचारिक साथ, सहयोग प्रति आफु सदैव ऋणि रहेको बताए।
साथै, सत्यताको लागि नेपालीहरू आवश्यक परे जतिसुकै त्याग र बलिदान सम्म दिन पछि नपर्ने उधारण रहेको मेरो परिवारमा फाटो ल्याउन दुश्प्रयास गर्नेको कहिल्यै भलो नहुनेमा बताउँदै बुहारी जोया र दुई बच्चालाई नेपाल फर्काउन सह्योग गर्न सबै संग अपिल समेत गरेको छ ।
उनीहरु युएई स्थित दुवैले एउटै कम्पनीमा कार्यरत थिए । जिवन थापा संग फिलिपिनि नागरिक जोयाले बिहे गरेर चार बर्ष अघि उनि पर्यटक भिषामा जिवन संग नेपाल आएकी थिईन् । सोही बेला उनीहरुले नेपाली परम्परा अनुसार बिहे गरेका थिए । रत्नननगर स्थित चितवनका जीवन स्थाई बासिन्दा हुन् ।
जोयाले एरिक र मिगेल थापा मगरलाई भरतपुर अस्पतालमा दुई सन्तानको जन्म दिएकी थिईन् । चितवन स्थित आर्दश गृहले उद्धारका नाउमा जोया सहित ती दुई अबोध बालकहरूलाई उद्धारका नाउमा देश निकाला गर्दै गएको अगष्टको दोस्रो हप्ता (माईती) फिलिपिन्स फर्काईएको थियो । जिवनका आमा पुर्णमायाका अनुसार आफ्ना भाई कामे मगर संग जोया र बच्चा भेट्न एक हप्ता अघि जिवन फिलिपिन्स पुगेका हुन् । उनीहरुलाई नेपाल फर्काउन आवश्यक कागजी प्रकृया पुरा गरेर जीवन र कामे नेपाल फर्किने बताईएको छ ।
No comments:
Post a Comment