Monday, 26 September 2016
कतारमा मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न ।
बिजय कुमार मगर , दोहा कतार
नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको भाषा, लिपि, साहित्य अध्ययन तथा अनुसन्धान विभागका उप संयोजक अभिमत पुन मगरको संयोजकत्वमा प्रवास रहेका मगरहरुलाई मगर भाषा तथा लिपिको जानकारी गराउने उद्देश्यले मिति २३ सेप्टेम्बर २०१६ तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर को प्रमुख अतिथ्यमा, दोहाको नज्मा अवस्थित अमवज रेस्टुरेण्टमा मगर तथा गैर मगरहरुको बाक्लो उपस्थितिमा तेस्रो पटक मगर भाषा तथा लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा अन्य अतिथिहरुमा नेपाल प्रवासी मगर बचत कोषका अध्यक्ष केशव राना मगर, नेपाल मगर संघ, शाखा कतारका बर्तमान सल्लाहकारहरु केशव राना मगर, डि.एन. मगर, नेपाल मगर संघ ललितपुर जिल्ला समितिका सदस्य भरत सिंह बुढा मगर, हिमालयन युवा समाजका अध्यक्ष भबिन्द्र थापा मगर, दोहा एरिया समितिका कोषाध्यक्ष अशोक आले मगर, सनैया “बि“ एरिया समिति अध्यक्ष धन ब.सारु मगर, वक्रा एरिया समितिका सचीव दिपक मगर, साहनिया एरिया समितिका उपाध्यक्ष नरेन्द्र लायो मगर रहनु भएको थियो ।
प्रमुख अतिथि, तथा अतिथिहरुबाट दिप प्रज्वलन र ब्यानर अनावरण गरेर शुरु गरिएको उक्त कार्यक्रममा राष्ट्रिय गित, मगरहरुको राष्ट्रिय गित तथा प्रथम शहिद क्या.लखन थापा मगर लगायत अन्य ज्ञात अज्ञात शहिदहरुको सम्मानमा १ मिनट मौनधारण गरीएको थियो । प्रशिक्षण कार्यक्रममा केन्द्रिय समितिका कोषाध्यक्ष केशव राना मगर प्रशिक्षणमा उपस्थित सम्पुर्ण मगर तथा गैर मगरहरुलाई स्वागत मन्तब्यद्धारा प्रशिक्षण कार्यक्रममा स्वागत गर्दै उपस्थितिहरु सवैमा प्रशिक्षणको उद्धेश्यको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम केन्द्रिय समितिका महासचिव बिजय कुमार मगरको संचालन गर्नु भएको थियो ।
प्रशिक्षणमा बाह्र मगरातमा बोलिने मगर ढुट भाषा र अठार मगरातले बोलिने मगर खाम (पाङ्) भाषा र संपूर्ण मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा प्रशिक्षण दिइएको थियो । अठार मगरातमा बोलिने (विशेष गरी राप्ति अञ्चल तिरका) मगर खाम भाषाको प्रशिक्षक नेपाल मगर संघ, शखा कतारका केन्द्रिय सदस्य तथा भाषा तथा लिपिका उपसंयोजक अभिमत पुन मगरले दिनु भएको थियो । यसरी नै बाह्र मगरात क्षेत्रमा बोलिने ढुट भाषा र मगरहरुको एउटै लिपि अख्खा लिपिको बारेमा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमलाई सफल बनाउनका निम्ति द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगरले प्रशिक्षणमा आवश्यक डायरी पेन्सिल को प्रायोजन गर्नुभएको थियो भने कार्यक्रमको ब्यानर संस्थाका केन्द्रिय सचीव रबिन थापा मगरले प्रायोजन गर्नुभएको थियो ।
मन्तब्यको क्रममा बोल्नु हुँदै नेपाल मगर संघ ललितपुर जिल्ला समितिका सदस्य भरत सिंह बुढा मगरले प्रशिक्षणमा सहभागी हुनपाउदा खुशी भएको र मगर भाषा र लिपी सम्बन्धि धेरै कुरा सिक्न पाएकोमा नेपाल मगर संघ, शाखा कतार लाई धन्यवाद व्यक्त गर्नु भयो ।
अन्तमा, प्रशिक्षण कार्यक्रमलाई समापन गर्नुहुंदै सभापति तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि मगर भाषा तथा लिपिको संरक्षण गर्ने उद्देश्यले यस संस्थाले मगर भाषा तथा लिपिको प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताउनु भयो । आगामी दिनहरुमा संस्थाले छिट्टैनै फेरी अर्को प्रशिक्षण कार्यक्रम गर्ने वारेमा जानकारी दिनु हुंदै प्रशिक्षणमा उपस्थित भएर मगर भाषा तथा लिपि वारे जानकारी लिनुहुने सवै प्रशिक्र्षाथीहरुलाई हार्दिक धन्यवाद दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रशिक्षकहरु, प्रायोजकहरु र उपस्थित मगर तथा गैर मगर सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुहुँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment