Wednesday, 9 November 2016
नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन शुभारम्भ ।
कृष्ण सारू मगर
काठमाण्डौ, २५ कार्तिक पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियशनको संयुक्त प्रस्तुतिमा बन्न लागेको नेपाली कथानक चलचित्र शिरफुलको छाँयाङ्कन २३ कार्तिक देखी शुभारम्भ गरेको छ ।
स्रोतका अनुसार झण्डै पचहत्तर लाख अनुमानित लगानीमा निर्माण गर्न लागिएको चलचित्र शिरफुलको छायांकन काठमाण्डौ, तनहुँ, सोलुखुम्बु र नेपालीको विभिन्न प्रतिष्ठित स्थानमा छायांकन गरिने भएकोले करिब डेढ महिना सम्ममा चलचित्रको छाँयांकनको संपन्न हुने उक्त चलचित्र शिरफुलका निर्माता आर्शिवाद पुन मगरले गुम्बेली खबरलाई बताएका छन् ।
बढ्दो आधुनिकताको प्रभाव सँगै युवा पुस्तामा देखिएको विविध विकृतिको उजागर गर्दै निराकरण पहिल्याउन सहयोग पुग्ने विषय वस्तु, विशेष गरी फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिले हाम्राे समाजमा देखिएको नकारात्मक प्रभावित विषय वस्तुमा चित्रण गरिएको नारी प्रधान चलचित्रले गाउँ देखि शहर सम्मका यूवा पुस्तालाई प्रतिविम्वित गर्दै विश्व मान्यता अनुसार चलचित्रको निर्माण हुन लागेको चलचित्र शिरफुल पर्फमिङ आर्ट क्रियशन र मगर्स क्रियसनको पहिलो प्रस्तुति हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment