Wednesday, 23 November 2016

पाल्पामा माइक्रो बस दुर्घटना, ११ जना घाइते, ३ जनाको अवश्था अत्यन्त गम्बिर ।


 मङ्सिर ८, गुल्मी । बुटवल देखि तम्घासका लागि हिडेको ‘ब’ भनिने माइक्रो बस पाल्पाको अर्गलिमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ ।


११ जना यात्रु लिएर हिडेको लु १ ज २४४८ नम्बरको उक्त माइक्रो तिब्र गतिमा रहेको र गति नियन्त्रण गर्न नसक्दा भित्तामा ठोक्किन गइ दुर्घटना भएको थियो ।

पाल्पा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरि राज वाग्लेका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र बाँकि सामान्य घाइते रहेका छन् ।


३ जना गम्भीर घाइते मध्ये २ जनाको नाम खुलेको र एकजना को खुल्न नसकेको प्रहरी प्रमुख वाग्लेले जानकारी दिनुभयो। उनका अनुसार २ जना नाम खुलेका गम्भीर घाइते मध्येे गुल्मी धुर्कोट रजस्थल – ४ का ३२ बर्षीय प्रकाश कार्की र मुसिकोट का ५२ बर्षीय बसन्त कार्की रहेका छन् ।

उनीहरुको खुट्टामा र टाउकोमा चोट लागेका कारण केहि बेर अघि मात्र पाल्पा प्रबासको लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

महेन्द्र उच्च माध्यमिक बिद्यालय वामिका प्राचार्य भिमलाल सापकोटा पनि उक्त दुर्घटना मा परेको स्थानीय ले बताए पनि घाइते बोल्न नसक्ने अबस्थामा रहेको भन्दै प्रहरीले नाम खुलाउन सकेको छैन। घाइते अन्य ८ जना सामान्य रहेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment