१२ नोबेम्बर २०१६
हङकङ, लियान्ताङ हेउङ युन वाइ बाउन्ड्री कन्ट्रोल को लाइटन प्रोजेक्ट अन्तरगतको काम गर्ने क्षेत्रमा साँझ पौने ६ बजे (ओभर टाइम गर्दा) टावर क्रेनले भारी मुभ गर्दा स्काफोल्डमा ठोक्किएर स्काफ्फोल्ड कोल्याप्स भयो । जसले गर्दा सो स्काफ्फोल्डमा काम गरिरहेका चार जना स्काफ्फोल्डर आफू काम गरिरहेको स्थानबाट खसेर घाइते भए।
खसेका मध्ये पोखरा निवासी युनलुङ बस्ने रबि गुरुङको आज बिहान ४ बजे मृत्यु भएको छ । उनका तीन बालबच्चा श्रीमती सहित हङ्कङमै बसोबास गर्ने बताइन्छ । बाँकी तीन जनामा युवराज, मिलन र एकजना नाम नखुलेका नेपाली मध्ये दुई जना गम्भीर रूपमा घाइते हुनाले हस्पिटलमै उपचाररत छन भने एक जना सामान्य उपचार पछि घर फर्किएका छन् ।
२०१८ को अन्तिम सम्ममा यस पुलले हङकङ र सेन्जेनलाई जोड्ने बताइन्छ, यसरी यो हङकङको चमकदमकमा धेरै नेपालीको रगत- पसीना बगेको छ । स्वर्गीय गुरुङप्रति हार्दिक श्रध्दाञ्जली प्रकट गर्दछ भने यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना छ !
No comments:
Post a Comment