Monday, 28 November 2016

कतारको विभिन्न संघ संस्थाहरुमा लामो समयदेखि आबद्ध हुनुभएका लिलम चिदी मगर संग समसामुयिक विषयमा गरिएको कुराकानी ।

कृष्ण सारू मगर दोहा-कतार२८ नोभेम्बर
 गुम्बेली खबर तपाईंलाई हार्दिक स्वागत छ ।

- धन्यवाद कृष्ण सारु मगर ज्यू तथा गुम्बेली खबर परिवारलाई पनि ।
१ :- तपाईंको पुरा परिचय ?
जिल्ला पाल्पा चिर्तुङ्ग धारा ४ खोरबारीका पुजनिय बाबा स्व. बाबा भिम बहादुर चिदी तथा आमा भुमीसरा चिदी मगरकी साँहिला छोरा म लिलाम्बर चिदी मगर हो ।     
२ :- भर्खरै तपाईंको गृह जिल्ला पाल्पामा हेक्लाङ्गकी २४ वर्षिय बिनु पुलामी मगरको रहस्यमय घटना घट्यो । यस बारेमा तपाईंको के छ धारणा ?
लिलम - वास्तबमा यो घटनाले हामी पाल्पावासी मात्रै नभै सिङ्गो नेपाली समाज र महिलाहरू माथि भएको अपमानित घटना हो । मलाई लाग्छ कुनै जाति र पार्टीको संरक्षण नगरी यो घटनालाई निष्पक्ष छानविन गरि दोषीलाई कडा भन्दा कडा सजायको भागिदार हुन पर्छ ।


३ :- रोजगारीको शिलशिलामा कतारको बसाई कति भयो नी ?
लिलम - म रोजगारीको शिलशिलामा कतार आएको झण्डै दुई दशक देखी दोहा-कतारमा श्रमिकको रुपमा काम गर्दैछु।    
४ :- लिलम चिदी मगर को हो जस्तो लाग्छ ?
लिलम - बिशेष गरेर आफ्नो जिविको पार्जन संगै सुनौलो भविश्यको कल्पना बोकेर साधारण श्रमिकले आफ्नो परिवारलाई सम्पन्न बनाउने लक्षले दोहा आएको थिए । अन्तत : झन्डै १ दशक देखी समाजिक सं-सस्थामा आवद्ध हुने वातावरण जुर्यो । वर्तमानको  परिपेक्षलाई नियाल्दा समाजको म सिपाही जस्तो ठान्दछु ।
            
५ :- कुन-कुन सामाजिक संस्थाहरुमा आवद्ध हुनु हुन्छ ?
लिलम - सर्ब प्रथम म नेपाल मगर संघ शाखा कतारको सदस्यता ग्रहण गरे । तत् पश्चात् संघमा आवद्ध आदरणीय अग्रजहरूले मेरो मेहनत ईमानदारीतालाई मुल्यांकन गरि दुई कार्यकाल कोषाध्यक्ष हुँदै हाल द्धितिय उपाध्यक्ष पदमा बहाल छु । भने पाल्पाली सेवा समाज कतारको अध्यक्ष, समाज सेवा अभियान रुपन्देहीको सल्हाकार सदस्य, पहिलो संघिय परिषद कार्यकाल पछि दोस्रोपटक पनि पुन: बहाल सदस्य रहनुका साथै, नेपाल प्रबासी आदिवासीजनजाति महासंघ कतारको द्धितिय उपाध्यक्ष छु ।
      
६ :- सामाजिक संस्थाहरुमा आवद्ध हुने प्रेरणा को बाट पाउनु भयो र किन यसरि सामाजिक संस्थाहरुमा लाग्नु भयो ?
लिलम - आफू निम्न परिवारमा हुर्केकोले पनि दीन, दु:खीको सेवा सह्योग गर्ने मन देखि नै ईक्षा शक्ति उत्पन्न हुने रहेछ । अत : मेरा पुजनिय पिता स्व. भिम बहादुर चिदी मगरले भन्ने गर्नु हुन्थ्यो की, हामी सबै यही देशका नागरिक हौँ । आदिवासीजनजाति समुदायका नागरिकलाई शासन शक्ति र राज्यसत्ताको नेतृत्व लिएका एकात्मक नितिले दोस्रो दर्जाको रूपमा हेर्ने कुनियतले पनि तल परेका हुन् । तसर्थ, हाम्रो यो उथलपुथल समाजमा राज्यसत्ताको निरंकुशताको अतिवादी नितिले गरेको विभेदपुर्ण ब्यावहार देखेर गाउँ, समाजमा राजनैतिक ज्ञान शिक्षा, जनचेतनाका अभावले राज्यको हरेक तहमा समानुपातिक प्रतिनिधित्व हुनुका लागि स्वं सक्षम  हुनु जरुरी पर्छ भन्ने मुल्य र मान्यतालाई आत्मसात गरी बैचारिक संस्थामा आवद्ध हुनु हुन्थ्यो । वँहाको सामाजिक कार्यमा रहेको अग्रसरता देखेर पनि मलाई थप प्रेरणा मिलेको महशुस गर्छु।      
७ :- जागिरको अलावा बाँकी समय समाजसेवामा समय कसरी संभव छ ।
लिलम - विशेष त दैनिकी हरेक श्रमिकले ८ देखी १२ घण्टा सम्म श्रम गरेको पाईन्छ । तर अन्तर मन देखि नै सकारात्मक  ईच्छाशक्ति चाहना भए सम्भब हुने रहेछ      
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको द्धितिय उपाध्यक्षको कार्यक्षेत्रमा रहेर आफ्नो जिम्मेवारिका अनुभव कस्तो रह्यो ? केहि बताई दिनुहोस् न !
लिलम - यस नेपाल प्रवासी आदिवासीजनजाति महासंघ कतारको केन्द्रिय समिति र सचिवालयका सम्पूर्ण पद्धेन पदाधिकारी टिम दक्ष, अनुभवी र कर्तब्यनिष्ट छन् ।
८ :- महासंघले गरेका कार्यक्रमहरुमा मध्ये तपाई सन्तुष्टि भएको सफल कार्य एक, दुई, तीन गरि बताईदिनु हुन्छ की ?
लिलम - १. सर्ब प्रथम त यस हाम्रो कार्य समितिले महासंघको निर्णय अनुसार गैर आबासिय नेपाली संघ राष्ट्रिय समन्बय परिषद कतारको २०१५-१७ को लागि नेतृत्व देखि विभिन्न उच्च तह सम्म पुर्‍याउन सफल भयौं ।
२. डा. अोम गुरुङ ज्युलाई निमन्त्रणा गरी आदिवासीजनजातिहरुको पहिचान, संघियता लगायत विविध विषयमा प्रशिक्षण दिई कतारमा रहेका महासंघमा आवद्ध रहेका विभिन्न मातृ संस्था तथा अन्य आदिवासीजनजातिहरुलाई सचेतना मुलक कार्यक्रम संपन्न गराउन सफल भयौं ।
 ३. गए वैशाख १२ र २९ २०७२ को महाबिनासकारी भुकम्प र पटक-पटक गएको पराकम्पन बाट क्षति भै आपत विपतमा परेका भुकम्प पिडितका लागि मातृ संस्थाहरुको समन्वयमा महासंघले सह्योग जुटाई संवन्धित पिडितका लागि सह्योग पुर्‍याउन सफल भयौं ।                     
९ :- नेपाल प्रवासी आदिवासीजनजाति महासंघको आगामी चुनौतीको समस्या समाधान र विकल्पका बारेमा प्रष्टाई दिनुस् न !
लिलम - विभिन्न चुनौती र समस्याहरु पक्कै आउछन् । विकल्प खोज्नु पर्छ जस्तो सुकै समस्याको समाधान हुन्छ । कर्तव्य पालना संगै संघको विधि, विधान, मापदण्डलाई ध्यानमा राख्नुका साथै, आफु गम्भिर हुनुका साथै विभिन्न सल्लाह, सुझावका मनसाय बुझी प्रत्येक मातृ संस्थाहरु सँग समन्वय गरी आपसी सद्भाव, सदाश्चयता राख्नु पर्ने अत्यन्त महत्त्व रहन्छ । भन्ने बारेमा पनि हेक्का हुनुपर्दछ । तसर्थ, संस्थाको जिम्मेवारी पाएको पदाधिकारीले आफ्नो जिम्मेवारी बाट पन्छिनु सरासर गलत हो ।


१० :- महाधिवेशन नजिकिदै गर्दा तपाईले भविष्यमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघ कतारको नयाँ कार्यसमितिमा बसेर काम गर्ने योजना छ कि छैन बताई दिनुहोस् न  ?
लिलम - यति बेला नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको नयाँ नेतृत्व कस्ले गर्ला ? कस्को नेतृत्वले आगामी दिनमा महासंघको सम्वन्ध अझ फराकिलो भन्ने बिषय बहस चलिरहेको छ । मेरो बिषयको कुरा गर्ने हो भने, मैले महासंघको परिषद सदस्य देखी दुई कार्यकाल सम्म द्धितिय उपाध्यक्ष सफल रुपमा मैले मेरो जिम्मेवारी बहन गरेको छु । विगत देखि वर्तमान सम्म मैले संघको विधि, विधान, मापदण्डलाई आत्मसात गरि निभाएको अहम भुमिका प्रति संस्था प्रमुख, सचिवालयका पद्धेन पदाधिकारी तथा परिषद सदस्य, एवं सल्लाहकार समितिका सदस्यहरू ज्यू लगायत संस्थापक ज्यूहरुले मेरो कर्तव्यनिष्ट भुमिकालाई मुल्यांकन गरी नेतृत्वका लागि वातावरण बन्छ भने पक्कै पनि मैले अध्यक्ष पदका लागि दावेदार उमेदवारी दिनेछु ।                  

११ :- यदि नेपाल प्रवासी आदिवासीजनजाति महासंघको अध्यक्ष पदमा नियुक्ति हुनु भयो भने के गर्नुपाए हुन्थ्यो जस्तो लाग्छ ? एक, दुइ, तिन गरेर बताई दिनु सक्नु हुन्छ कि ?
लिलम - नेपाली भुमिपुत्र आदिवासी जनजाती समुदायलाई एकात्मक राज्यसत्ताले गरेको विभेदकारी नीति विधानलाई संसोधन गरी । संयुक्त राष्ट्र संघको घोषित ILO, १६९ मा उल्लेखित अन्तराष्ट्रिय निर्देशिका बमोजिम ब्यावहारमा कार्यनयनका लागि राज्यलाई दवाव दिन नेपाल सरकार समक्ष पहल गर्नेछु ।
१. आदिवासीजनजाति लगायत पिछडिएका वर्ग र समुदायले राज्यसत्ताको हरेक तह र तप्कामा समानुपातिक प्रतिनिधित्व गर्ने वातावरण  श्रृजना गराउनुका साथै, हरेक आदिवासीजनजातिले आ-आफ्नो ईतिहास, भाषा, धर्म संस्कृति, पहिचान र अस्तित्वको संरक्षण-प्रवर्द्धनमा टेवा दिने छु ।
२. अन्तर मातृ संस्था विच भाषा तथ लिपिमा प्रशिक्षण गराई कविता, गीत, गजल प्रतियोगिता गराई पुरस्कारको ब्यावस्थापन गरि प्रवर्द्धनमा टेवा दिनेछु ।
३. कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनहरू संग समन्वय, सहकार्यमा, हातेमालो गर्दै, आपसी सद्भाव, सदाश्चयताको साथै महासंघ संगको भातृत्व सम्वन्धलाई अझ फराकिलो बनाउने छु ।
१२ - ब्यस्त समयको बाबजुद पनि हामीलाई समय दिनु भयो, हजुरलाई धन्यबाद  !
लिलम - मलाई पनि आफ्नो अमुल्य विचारहरु राख्ने जुन अवसर दिनु भयो, त्यसको लागि हजुर लगायत गुम्बेली खबर प्रति हार्दिक धन्यबाद तथा आभार प्रकट गर्न चाहान्छु । 


No comments:

Post a Comment