Sunday, 6 November 2016

खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि न्यू स्टारलाई ।



सुशान्त गाहा मगर, पाल्पा । "स्वास्थ्यको लागि खेलकुद, खेलकुदको लागि माउण्ट एभरेष्ट युवा क्लब" भन्ने मुल नाराका साथ क्लबको १८ औँ बार्षिकोत्सब तथा शुभ दिपावलिको पावन अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी न्यु स्टार युवा क्लब छाप स्याङ्जाले हात पारेको छ ।


१९ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा चापपानी ब्वाईज पाल्पालाई पराजित गर्दै न्यु स्टार युवा क्लबले उपाधी हात पारेको हो । उपाधी संगै बिजेता टिमले नगद रु १५,५०० मेडल र प्रमाणपत्र त्यसै गरि उपबिजेता टिम चापपानी ब्वाईज पाल्पाले नगद रु १०,५०० मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थानको लागि तकुन्चौर युवा क्लब स्याङ्जाले नगद रु ५,५०० मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । साथै उत्कृष्ट खेलाडीको उपाधी बिजेता टिमका अनिश थापाले हात पारे उपाधी संगै उनलाई तारा बहादुर थापा द्वारा नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिजेता टिम, उपबिजेता टिम र सान्त्वना स्थान हासिल गर्ने टिमलाई पुरस्कार बितरण संगै प्रतियोगितालाई आर्थिक सहयोग तथा भौतिक सहयोग गर्ने सहयोगिदाताहरुलाई खादा, मायाको चिनो र सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।

          पुरस्कार बितरण तथा समापन कार्यक्रमका प्रमुख अतिथी रहनुभएका वडा नागरिक मन्च संयोजक गुन बहादुर आलेले स्वस्थ्य रहनको लागि खेलकुदको आवस्यक पर्ने भएकोले खेलकुद खेल्नैपर्नेमा जोड दिनुभयो । साथै खेलाडी खेलाडी बिचको सम्बन्ध अझ सुमधुर तथा सामिप्यता रहने र सामाजिक सद्भाव मजबुद हुने कुरा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भुतपुर्व वडा अध्यक्ष डम्मर सिं गाहा, भुतपुर्व क्लब अध्यक्ष डिल बहादुर गाहा, दिल बहादुर झेडी, मेहर सिं गाहा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मोहन रानाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सचिब सुशान्त गाहा मगर (अर्जुन) ले सन्चालन गर्नुभएको थियो ।


आर्थिक सहयोग गर्ने सहयोगिदाताहरुको नामावली  :-
रोम कुमार राना रेमन  रु १५,००० (सिंगापुर)
खीम बहादुर राना  रु ५,००० (मलेसिया)
तिर्थ बहादुर राना  रु ५,००० (कतार)
जगदिश झेडी मगर  रु ५,००० (कतार)
सुर्य आले  रु ५,०००  दर्लमडाँडा-५, माथिल्लो कोल्डाँडा हाल (मलेसिया )
मोहन गाहा  रु ३,००० (मलेसिया)
ओम बहादुर गाहा  रु ३,००० (मलेसिया)
सन्जु आले  रु ३,००० (भारतीय सेना )
बिजया लक्ष्मी आमा समूह  रु ३,०००
तारा बहादुर थापा  रु २,५००
दान बहादुर राना  रु २,५००
श्रीराम गाहा  रु २,०००
नरेश गाहा  रु १,५००

सहयोगिदाताहरु प्रति हार्दिक धन्यवाद सहित उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछ ।
                        - श्री माउण्ट एभरेष्ट युवा क्लब
                     दर्लमडाँडा-४, तल्लो कोल्डाँडा पाल्पा ।

No comments:

Post a Comment