Monday, 7 November 2016
राजधानीबासी तथा लोड सेडिङ्ग मुक्त नेपाली जनताहरुलाई मक्ख नपर्न महाविर पुनको अपिल ।
लोडसेडिङ बाट मुक्त हुनु अथवा लोडसेडिंग घटेर न्यून हुनु धेरै खुसीको कुरा हो । यत्ति भयो भने पनि नेपालको आर्थिक बिकासमा धेरै राहत हुन्छ किन भने ब्यापारीहरुले, उद्योगपतिहरुले र सर्बसधारणले लोडसेडिंग हुँदा गर्नुपर्ने बैकल्पिक उपायहरु मा पैसा खर्च गर्नु पर्ने छैन तर बिद्युत पाएको खुसियालीमा हामी मक्ख मात्र नपरौं भन्ने मेरो अपिल छ ।
मेरो अपिल यस प्रकार छ, त्य्सारी बिद्युत लुकाएर जनताहरुलाई दिनको १५ घण्टा सम्म बिद्युत नदिई दुख दिने तर केहि "विशिष्ट वर्ग" का उद्योगहरु लाई मात्र वितरण गर्ने बिद्युत प्राधिकरणका जिम्मेवारअधिकारीहरुलाई तत्कालै निलम्बन गरेर त्यसको छानबिन होस् र कडा भन्दा कडा सजाय दिईयोस । देशलाई भाताभुङ्ग पार्ने धमिराहरुमा तिनीहरु पनि पर्दछन । उनीहरुले बिद्युत लुकाएर केहि विशिष्ट उद्योगपतिहरु लाई मात्र बिद्युत वितरण गरी प्रसस्त घुस खाएको पैसा पनि ओकाल्नु पर्छ । साथै यत्रो बर्ष सम्म जनतालाई दिएको दुखको पनि जरिमाना तिराउनु पर्दछ, सबैले एकै स्वरमा आवाज उठाऔं ।
यो कुरा पनि बुझौँ, कुनै पनि काम सुचारु रुपमा संचालन गर्न राम्रो ब्यबस्थापन हुनु अत्यन्तै जरुरी हुने रहेछ भन्ने एकदमै राम्रो उदाहरण हो यो. बिद्युत प्राधिकरणको बर्तमान कार्यकारी निर्देशकले गरेको पनि राम्रो ब्यबस्थापन मात्र हो । सबै क्षेत्रमा यस्तै सृजनशील र असल कार्यकारी निर्देशकहरु भए भने देशको बिकास हुन धेरै समय लाग्दैन, देश बर्बाद भए कै घुस्याहा र भ्रष्ट नेताहरु र प्रशासकहरुले गर्दा नै हो जुन कुरा सबै लाई छर्लंग छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment