सम्यक राना मगर, काठमान्डौं
वेल डान्स स्कुलले यहि कार्तिक २८ देखि राष्ट्रिय नृत्य प्रतियोगीता आयोजना गर्ने भएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा वेल डान्स स्कुलले पत्रकार सम्मेलन गरेर देशभर बाट रुचि राख्ने जो कोहीले भाग लिन पाउने गरी नृत्य प्रतियोगीता आयोजना गर्ने लागेको जानकारी गराएको हो ।
प्रतियोगीताका निर्देशक मेघना मगरले यस स्कुलले विगतदेखिनै यस्ता राष्ट्रिय स्तरका प्रतियोगीता गर्दै आएको बताउँदै उनले देशका कुना कन्दारमा लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि आफुहरूले राष्ट्रिय स्तरको नृत्य प्रतियोगिता गर्न लागेको जानकारी दिईन् ।
उनले भनिन्, ‘देशका कुना कुनामा लुकेर रहेका नृत्यवान न्यृत्याङगनाहरूलाई अगाढि बढाउन र सहि स्थान हासिल गराउनको लागि यो प्रतियोगीता आयाजेना गरिएको हो, रमाईलोका लागि मात्रै नभएर शिक्षामुलक सन्देश दिने उद्देश्यले सञ्चालन गर्न लागेका छौँ । ’
त्यस्तै मगर्स क्रियसनका प्रतिनिधि श्याम रानाले मेघना जिको लागि हाम्रो साथ छ र सबैलाई यस राष्ट्रिय स्तरका प्रतिशपर्धामा सबैलाई भाग लिन आग्रह गरे ।
अर्को प्रसँगमा रानाले यस भन्दा अघि राजधानी भन्दा बाहिर झापा, सुन्सरी। सर्लाही, मकवानपुर, चितवन, कास्कि, रुपन्देही, दाङ, बाँके, कैलाली सुर्खेत, कञ्चनपुर, भक्तपुर र ललितपुरमा कार्यक्रम सकि सकेको र देश भर यो प्रतियोगीता सञ्चान हुने बताएका छन् ।
कार्यक्रमको ईमेज च्यानलले प्रत्यक्ष प्रसारण गर्ने छ ।
No comments:
Post a Comment