Saturday, 5 November 2016
आदिबासी जनजाती महासंघ बहराइनले प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न्न गर्यो ।
कृष्ण सारू मगर
मानमा बहराईन ६ नोभेम्बर बहराईनको राजधानी मानमा स्थित अवाल होटलको सभा हलमा ४ नोभेम्बर शुक्रबारका दिन नेपाली राजदुतावासका महामहिम का.ब. राजदुत खगराज पान्डेको प्रमुख आतिथ्य तथा महासंघका अध्यक्ष बुद्दिराज राईको सभापतित्वमा नेपाल आदिवासीजनजाति महासंघ बहराइनले प्रथम महादिवेशन भब्य सम्पन्न गरेको छ ।
विशेष अतिथिमा नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठ, वरिष्ठ समाजसेवी गम बहादुर तमु गुरुङ र गैर नेपाली संघ बहराईनका प्रतिनिधि राजकुमार बस्नेत हुनु हुन्थ्यो । भने, बहराईनमा स्थापित झण्डै पाँच दर्जन भन्दा धेरै संघ, संस्था, संठनका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, उधोग ब्यावसायी एवं विशिष्ट ब्याक्तित्व लगायत विभिन्न मिडियाका स्थानिय पत्रकारहरूलाई आतिथि ग्रहण गराएको थियो ।
प्रमुख अतिथि, विशेष अतिथिहरु साथै विशिष्ट अतिथिले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको थियो ।
महासंघमा आवद्ध विभिन्न पाँच वटा विशुद्ध जातिय संस्थाले आ-आफ्नो मौलिक पहिचान झल्कने जातिय पोशाकमा साँस्कृतिक झाँकि सहित साँस्कृतिक प्रस्तुती रहेको थियो भने,अन्तराष्ट्रिय नेपाली कलाकार समाजका स्थानिय कलाकारहरुले साँस्कृतिक प्रस्तुतिले साथ दिएका थिए ।
साँस्कृतिक संयोजक सोनम दोङ्ग तामाङको स्वागत तथा महासंघका महासचिव प्रहल्लाद लिङ्देनको सन्चालन संपन्न भएको कार्यक्रममा सचिव झहर थुप्पोको थेबे लिम्बूले आदिवासीजनजातिहरूको विविध विषयका बारेमा प्रष्टाएका थिए ।
महासंघलाई अध्यक्ष जयेन्द्र घिसिङ तामाङको अध्यक्षतामा २०१४मा गठन भएको तदर्थ समितीले प्रगति विवरण महासचिव प्रलाद लिङ्देनले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिबेदन कोषाध्यक्ष रेशम पुर्जा मगरले सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष काजी थापा मगरलाई हस्तान्तरण गरेका छन् ।
महासंघलाई आवश्यक विभागीय सदस्यताको पदपूर्ति रहने गरी सर्वसहमति बाट नेतृत्व पाएका काजी थापा मगरलाई प्रमुख सल्लाहकार नगेन्द्र चाम्लिङ राईले
अध्यक्षताको सपथ ग्रहण गराएको थियो । अध्यक्ष सहित १३ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरूको नामावली निम्न बमोजिम रहेका छन् ।
१, अध्यक्ष- काजी थापा मगर
२, वरिष्ठ उपाध्यक्ष-ज्ञान बहादुर तमु गुरूङ
३, उप-अध्यक्ष- बिरेन्द्र तुम्बापो लिम्बू
४ महासचिव - झहर थुप्पोको थेबे लिम्बू
५ सचीव- पदम तमु गुरुङ
६, सह-सचिव - प्रमेश तमु गुरूङ
७,अर्थसचिव - रेशम पुर्जा मगर
८, कोषाध्यक्ष - अमृता नाल्बो लिम्बू
९, सह- कोषाध्यक्ष च्याङ्वा लामा तामाङ
१०, सदस्य - सोनाम दोङ
११, सदस्य - अमर जङ्ग गुरुङ
१२, सदस्य - डिल्ली तुम्सा लिम्बू
१३, सदस्य - एकराज राई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment