Thursday, 24 November 2016
बिन्दुको हत्या भएको कानुनी रुपमा पुष्टि, माइती पक्षले सनाखत गरे, किटानी जाहेरी दर्ता भयो ।
पाल्पा, वेपत्ता भएको भनिएकी बिन्दु पुलामीको हत्या भएको कुरा आफन्तले पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पामा बिहीबार लिखित जाहेरी दर्ता गराएका छन् । कार्तिक ४ गतेका दिन बिहान हुँगी १ अर्सेदी नजिकैको कालीगण्डकी नदीमा तैरिरहेको अवस्थामा प्रहरीले फेला पारेको लास बिन्दु पुलामीकै भएको कुरा आफन्तले सनाखत गरेपछि बिन्दु जीवित नभएको भन्ने पुष्टि भएको हो । तर उनको हत्या कहाँ र कसरी भयो भन्ने विषय भने अनुसन्धानकै दायरा भित्र रहेको प्रहरीले जनाएको छ । प्रहरीले कानूनी रुपमा बिन्दुको हत्या भएको भन्ने कुरालाई पुष्टि नगरे पनि घटनाको प्रकृति र लास बिन्दुकै हो भन्ने कुराको सनाखत भएपछि बिहीबार बिन्दुका पति दीपेन्द्र बस्याल र उनका बावु लक्ष्मण बस्याल तथा आमा पार्वती बस्यालको नाम किटान गरी बिन्दुका बुवा नरबहादुर पुलामीले किटानी जाहेर दिएका छन् । प्रहरीले लक्ष्मण बस्याल र उनकी पत्नी प्रहरीको सम्पर्कमा भएको बताएको छ भने विशेष श्रोतका अनुसार दीपेन्द्र बस्याल र उनीसंगै भागेकी अर्की युवतीको प्रहरीले खोजी गरिरहेको छ ।
नेपाल र भारतीय प्रहरीले छिमेकी मुलुक भारतको कुनै शहरमा उनीहरु भएको आशंकामा त्यहाँ खोजी शुरु गरेको जनाएको छ । शुक्रबारसम्ममा दीपेन्द्र र उनीसंगै गएकी युवती समेतलाई प्रहरीले पक्राउ गर्न सफल हुने श्रोतको दावा छ । बिन्दु पुलामी वेपत्ता भएको हल्लासंगै विन्दुका पति दीपेन्द्र बस्याल सोमबार साँझैदेखि अर्की युवती लिएर भारततर्फ लागेको रहस्यमयी घटना बाहिर आएको थियो । दीपेन्द्रले झडेवा निवासी अर्की युवतीलाई लिएर भारततर्फ फरार भएको आशंका गरिए थियो । दीपेन्द्रसंग भारततर्फ गएकी ती युवतीले झडेवाका आफ्ना अभिभावकलाई गोरखपुरबाट फोन गरेर आफू सकुशल दीपेन्द्रसंगै भएको र खोजी नगर्न भनेकी थिइन् । दीपेन्द्रसंगै गएकी युवतीको नाम, वतन प्राप्त भएपनि अनुसन्धानमा बाँधा नपरोस् भन्ने हेतुले उनको नाम भने सार्वजनिक गरिएको छैन् । पाल्पा प्रहरी समक्ष दीपेन्द्रसंगै गएकी युवतीको पनि खोजीका लागि उनका अभिभावकहरुले माग गरिरहेका छन् । अन्र्तजातीय बिवाह गर्ने २४ वर्षिया बिन्दु पुलामी रहस्यामयी रुपमा दशैदेखि बेपत्ता भएपछि उनका माईतीले खोजी गरी पाउँ भनि मंगलबार प्रहरी समक्ष निवेदन दिए लगत्तै उनीहरुले सञ्चारकर्मीहरुसंग भेटेर अवस्थाका विषयमा जानकारी गराएका थिए ।
बिन्दुले आफु माथि हिंसा भएको भन्ने उजुरी पनि भेटियो, बिन्दु माथि हिंसा भएको पुष्टि :
अन्र्तजातीय बिवाह गर्ने २४ वर्षिया बिन्दु पुलामी माथि घर परिवारबाट हिंसा भएको कुरालाई उनले महिला विकास कार्यालयमा दिएको निवेदनबाट पुष्टि भएको छ । बिन्दुले महिला अधिकृतसंग भदौ २१ गते दिनका आफू माथि चरमहिंसा भएको उजुरी दर्ता गर्दा पनि सम्बन्धित कार्यालयले वास्तै नगरेको भन्ने जानकारी प्राप्त भएको छ । यदि सोही समयमा उजुरी माथि छलफल र कारवाही शुरु भएको भए आज बिन्दु जीवित संघर्ष गरिरहेकी हुने थिइन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment