Saturday, 26 November 2016

महोत्सबमा सुन्दरी सेक्युरिटी अनुको प्रशंसा ।


सनिउल्ला धोबी कपिलवस्तु मङ्सिर ११
कपिलवस्तुको चन्द्रौटामा मङ्सिर २ गते देखि सञ्चालित महोत्सवमा सेक्युरिटीको रुपमा काम गर्दै आएकी एक युवती अहिले चर्चित भएकी छिन् । महोत्सवमा आउने जो पनि उनको त्यो जादुगार रुप हेर्दा लठ्ठ पर्छन् । पताली जिउडाल, बारुली कम्मार भएकी ती सुन्दरी सेक्युरिटीको नाम हो अनु सारु मगर । अनुको घर बुटवल हो ।
 सेक्युरिटीको रुपमा मन्चको साइडमा सधै ड्युटी गर्ने अनुको चर्चा महोत्सवमा आउने सबैले गर्छन् । महोत्सवमा आउने राष्ट्रिय कलाकार देखी स्थानिय कलाकारहरुले उनको रुपको खुलेर चर्चा गर्छन् । महोत्सवमा मुख्य अर्कषणकी रुपमा आएकी गायीका कोमल वली, गायक बद्री पंगेनी , शिव परियार प्रमोद खरेल हस्याकलाकार सन्दीप क्षेत्री, जितु नेपाल माइला बा लगायतले उनको रुपको प्रशांस खुलेर गरेेका छन् ।

उनको त्यो रुपको चर्चा गर्दै  कतिले त उनकै रुपको बारेमा गित, गजल समेत भन्न भ्याउँछन् । महोत्सवमा आउने हरेक कलाकार देखी अतिथिहरु समेत उनको प्रशांसा गरेका हुन्छन् । उनलाई फिल्मको नायीका हो भनेर सोध्ने गर्छन् ।

सुन्दर हासीलो मुहार भएकी अनु सारु मगर  भन्छिन् मलाई सबैले प्रशांस गर्दा खुसी लाग्छ । केहि नराम्रो नजर हेर्छन् तर म उनिहरुलाई खुलेर प्रतिबाद गर्छु । सत्य कुरामा आफु कहिल्यै नडराउने उनको भनाई छ ।

हेर्दा सुन्दरी महिला प्रहरी जस्तो देखिने उनी सेक्युरिटीको काम गर्दै आएकी छिन्् ।  विभिन्न नेपाली गीतहरुमा अभिनय गरेकी अनु मेहनती र सुन्दर छिन । १९ बर्ष भएकी अनुका भन्छिन् अब नेपाल प्रहरी वा सशस्त्र प्रहरीको जगीर खाएर देशको सेवा गर्नेछु ।

No comments:

Post a Comment