Tuesday, 22 November 2016

बिनु थापा पुलामी मगरको हत्या भएको आशङ्का ।


पाल्पा, मंसिर ७ हेक्लांग ६, पाल्पाका २४ बर्षीय बिनु थापा पुलामी मगरको आफ्नै श्रीमान दिपेन बस्यालबाट हत्या गरीएको आशङ्का गरिएको छ ।
२०६९ साल भाद्र १५ गतेको नक्कली बिवाह दर्ताको सिफारिस पत्र बिनुको भाई डिबि थापा मगरले आज बेलुकी होटल अमृतमा भएको पत्रकार सम्मेलनमा पेस गरेका थिए ।

बिनु र दिपेन लामो समय देखि एक आपसमा प्रेममा बादिएकाले ४ बर्ष अधि पेरम बिवाहमा परिणत भए पनि  दिपेनका परिवारले बिनु मगर्नी भएकै आधारमा स्वीकार नगरेको खुल्न आएको छ ।
बिनु Bsc अध्यानरत हुन भने, दिपेन जिल्ला सिक्षा कार्यालय पाल्पाका प्राधिबिकमा कार्यरत थिए ,जोडी तानसेनमा बस्दै आएका थिए ।


दिपेन बस्यालका बाबा लक्ष्मण बस्याल जनप्रिय मा.वि. हेक्लांगका हेडमास्टर र शिक्षक संध पाल्पाका पूर्ब अध्यक्ष हुन । उनिहरूको घर ताँहु-७ फुरूंग्डी भएको जाह्रेरीमा उल्लेख छ ।
२०७३दसै टिकाको दिन बाहुनको परिवारले माथिल्लो तलामा दसै मनाएको र बिनुलाई G/F मा टिका नलगाई राखेको बिनुले फोनमा बाबा नर बहादुर पुलामीलाई बताएकि थिईन । बिनु दसै देखी बेपत्ता थिए । दिपेन २ दिन देखी फरार छन् ।

मृतक बिनुको शरीर मालुंगा नजिकैको गण्डकीको तिरमा बेवारिसे अबस्थामा सडेको अबस्थामा प्रहरीलाई खबर गरिएको थियो ।
बिनुको बाबा नर बहादुरले छोरी हराएको प्रहरीमा किटानी जाहेर दिएको र प्रहरीले उक्त dead body हो हैन पहिचान गर्न बोलाउदा शरीर निज बिनुकै भएकोले परिवारको पक्ष बाट पत्रकार सम्मेलन गरि दोसी माथि कडा कार्बाही गर्न अनुरोध गरेका थिए ।


पत्रकार सम्मेलन पछि सबै पत्रकार पाल्पाका प्रहरी उपरिक्षक हरिराज वाग्लेको कार्यकक्षमा पुगी घटनाको सबै बिवरण लिएका छन । र दोषीलांई क़ानूनी दायरामा ल्याउने Sp ले बताएका थिए ।
नेपाल मगर सँघ पाल्पाको अगुवाईमा मगर अभियान्ताहरू भोली बिहान १०:३० बजे सिडियोलाई र पाल्पाका sp लाई ग्यापन पत्र र दोषीलाई कड़ा भन्दा कडा सजायको माग गर्ने भएको छ ।

No comments:

Post a Comment