Saturday, 31 December 2016

नेपाल मगर संघ शाखा कतारले सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गर्यो ।


सम्यक राना मगर, ३१ डिसेम्बर २०१६
कतारको दोहामा अवश्थित नेपाल मगर संघ शाखा कतारले विगत लामो समयदेखि नृत्य बिधामा  कार्यरत प्रशिक्षार्थी तथा नृत्यकार माइली माया वाइवालाई सम्मान तथा बिदाई कार्यक्रम दोहामा सम्पन्न गरेको छ ।

 नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माइली माया वाइबा, विशिष्ठ अतिथिमा नेपाल मगर संघ शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो । 

अन्य अतिथिहरुमा, नेपाली कला केन्द्र कतारका अध्यक्ष जनक मगर, नेपाल मगर संघका द्धितिय उपाध्यक्ष लिलम चिदी मगर, रबिन थापा मगर, केशब थापा मगर, कृष्ण सारु मगर (राज्यसत्ता.कम.) र महासंघको मातहतमा रहेका विभागिय समितिहरु र एरिया समितिका अध्यक्षहरु हुनुहुन्थ्यो । 

संघको द्धितिय उपाध्यक्ष लिलम चिदी मगरको स्वागत मन्तव्बाट शुरु भएको कार्यक्रममा माइली माया वाइवाले विदेशमा रहेर पनि मगर संघमा गर्नुभएको योगदानको उच्च मुल्याङ्कन गरिएको थियो । बोल्नुहुने अधिकांस बक्ताहरुले कतारको कानुनको चुनौतीको बाबजुद पनि संघर्षरत रहदै अनवरत रुपमा मगर संघको नाम फैलाउने काम गर्नुभएकोमा धन्यबाद प्रकट गरेका थिए । 



संघका प्रमुख सल्हाकार भिम तरामु मगरले कदर पत्र प्रदान गरेका थिए भने कार्यक्रम सभाध्यक्ष महेन्द्र थापा मगरले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेका थिए ।



 त्यस्तैगरि आफु मगर संघ शाखा कतारमा आबद्ध भई आफ्नो प्रतिभाहरु देखाउने अवसर जुटाई सहयोग गरिदिएकोमा मगर संघ कतार प्रति आभारि रहेको र संसारको कुनैपनि क्षेत्रमा रहेता पनि मगर संघ शाखा कतारले दिएको माया, ममता र सम्मानलाई कहिल्यै बिर्सिन नसक्ने प्रतिबद्धता प्रमुख अतिथि माइली माया वाइबाले जाहेर गरिन् ।


कार्यक्रम महासचिब विजय मगरले सञ्चालन गर्नुभएको थियो ।

Friday, 30 December 2016

नेपाली कला केन्द्र दोहा कतारले सम्मान तथा बिधाई कार्यक्रम सम्पन्न गर्यो ।


सम्यक राना मगर ३१, डिसेम्बर २०१६
कतारको दोहामा अवश्थित नेपाली कला केन्द्रले विगत लामो समयदेखि नृत्य बिधामा  कार्यरत प्रशिक्षार्थी तथा नृत्यकार माइली माया वाइबालाई सम्मान तथा बिदाई कार्यक्रम दोहामा सम्पन्न गरेको छ ।


कला केन्द्रका अध्यक्ष जनक मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माइली माया वाइबा, विशिष्ठ अतिथिहरु नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर र प्रमुख सल्लाहकार तथा संगीतकार बबिन राई हुनुहुन्थ्यो । तेस्तै अन्य अतिथिहरु :-  लिलम चिदी मगर, जेरी राई, विजय मगर, रबिन थापा मगर, केशब थापा मगर, कृष्ण सारु मगर (राज्यसत्ता.कम.) र बिमल गुरुङ हुनुहुन्थ्यो ।




कार्यक्रममा माइली माया वाइवाले विदेशमा रहेर पनि नेपाली कला क्षेत्रमा गर्नुभएको योगदानको उच्च मुल्याङ्कन गरिएको थियो । बोल्नुहुने अधिकांस बक्ताहरुले कतारको जस्तो कानुनमा धेरै चुनौतीहरु संगै जुधेर पनि संघर्षरत रहदै अनवरत रुपमा नेपाली कला क्षेत्रलाई फैलाउने काम गर्नुभएकोमा धन्यबाद प्रकट गरेका थिए ।

सम्मान पाएपछि फोटो खिचाउँदै माइली माया तामाङ

त्यस्तैगरि आफु नेपाली कला केन्द्र दोहा कतारमा भर्ना भई आफ्नो प्रतिभाहरु देखाउने अवसर जुटाई दिएकोमा कला केन्द्र प्रति आभारि रहेको र संसारको कुनैपनि क्षेत्रमा रहेता पनि नेपाली कला केन्द्रले दिएको माया, ममता र शिक्षालाई शिरोधार्य गर्ने प्रतिबद्धता प्रमुख अतिथि माइली माया वाइबाले जाहेर गरिन् ।
कार्यक्रम कला केन्द्रका महासचिब बिरेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

Wednesday, 28 December 2016

सर्वोच्चको फैसला प्रति गम्भिर ध्यानाकर्षण ।

चक्र तामाङ
काठमाडौं १५ पौष सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । साथै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मण प्रसाद अग्रवाल, मनोज कुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो ।
उक्त निर्णय विरुद्ध लामिछाने १२ गते सर्वोच्च पुगेका रिटमा छलफलका लागि दुबै पक्षलाई यही पुस १९ गते बोलाइएको छ ।

हटाइएका सञ्चालक समिति सदस्यहरु पुनर्वहाली भएमा काम गर्न बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिएको हो ।

लोडसेडिङ हटाउने अभियानको अगुवाइ गरेका प्राधिकरण प्रमुख कुलमान घिसिङलाई असहयोग गर्दै आएका अग्रवाल, मिश्र र लामिछाने तीन जना सञ्चालकलाई ऊर्जा मन्त्रालयको निर्देशनका हटाएको थियो । रिक्त स्थानमा पूर्तिका लागि भक्त बहादुर पुन, चेतराज जोशी र उमेश थानीलाई ऊर्जा मन्त्रालयले नियुक्त गरेको हो ।

सर्वोच्च अदालतको आदेश प्रति आक्रोश हुँदै
कुलमान घिसिङ  - जिन्दावाद उर्जा मन्त्रालयको निर्णय - सदर गर भ्रष्टाचारीलाई - कारवाही गर जस्ता नारा सार्वजनिक गरेका छन् ।
यहि पौष १९ गते माइतिघर मण्डला स्थित बिहान ११ बजे देखि प्रदर्शनमा सहभागी हुन सबैमा पक्षमा हार्दिक अपिल गरेको छ ।

साभार : उज्यालो नेपाल अभियान

कतारमा आईबोस ग्लोबलको दोस्रो सांङ्गितिक प्रस्तुुति अन्तिम चरणमा ।


अमृत शर्मा, पोख्रेल
दोहा- कतार, २८ डिसेम्बर
विगतका बर्षमा झैँ यसबर्ष पनि यही ३० डिसेम्बर सुक्रबारका दिन नेपालका ख्याती प्राप्त विभिन्न विधाका दर्जनौ राष्ट्रिय कलकारहरूले सनैया स्थित ग्रैण्डमल नजिकै रहेको विशाल कन्सर्ट हलमा आइबोस ग्लोबल कतारले गोपाल न्यौपानेको संयोजकत्वमा दोश्रो साङ्गितिक कार्यक्रमका लागि मनाउने भएको छ ।

साङ्गितिक कार्यक्रमकि परिचित उद्धघोषिका सृजना के.सीको संचानलमा हुने निम्न तपशिलका राष्ट्रिय कलाकारहरू, चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका तथा नायिका ज्योति मगर, गायक पशुपति शर्मा, आधुनिक गायक प्रमोद खरेल, रुपकुमार राई, गायिका सहिमा श्रेष्ठ, नृत्य निर्देशक शंकर बिसी, नृत्याङ्गना रश्मी तामाङ, गायिका कोपिला गुरुङ र मोडेल स्मृति तिमिल्सिना र जिरे खुर्सानीका हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले उपस्थित दर्शक तथा श्रोता एवं शुभेच्छुकहरूलाई भरपुर मनोरञ्जन गराउने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन सबै पक्षमा गरिमामय उपस्थितका लागि आयोजक समिति हार्दिक निमन्त्रणा गरेको छ ।

संयोजक न्यौपानेका अनुसार अंग्रेजी नयाँ बर्ष २०१७ को स्वागत गर्दै नेपाल देखी आउने विभिन्न विधाका दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरूको साथमा स्थानीय प्रख्यात कलाकारको प्रस्तुतिले मनोरञ्जन लिनका लागि कतारमा रहेका समस्त गीत, संगीत पारखी कलाप्रेमी श्रोता, दर्शक तथा शुभेच्छुकहरूलाई साङ्गितिक मनोरञ्जन दिलाउने लक्षले कार्यक्रम आयोजना गरेको हो ।

स्रोतका अनुसार विविध विषयमा थप जानकारीका लागि पोस्टरमा उल्लेखित सम्वन्धितलाई वा आयोजक समितिको संवद्ध पद्धेन पदाधिकारी संग संपर्क गरि विष्तृत जानकारी उपलब्ध गराउने कार्यक्रम ब्यवस्थापक आस ब. गुरूङ्गले बताएका छन् ।

Monday, 26 December 2016

बहराईनमा किराँतीले भब्य मनाए, चासोक तङ्नाम ।


कृष्ण सारू मगर
मानमा-बहराईन, २६ डिसेम्बर
किराँत याक्थुङ् चुम्लुङ् बहराइनले अस्री गार्डेनमा (न्वांगी पुजा) चासोक तङ्नाम येले तङ्बे ५०७६को अवसरमा तोयानाथ सम्बाहाम्फे लिम्बुको प्रमुख अतिथ्यमा शुभकामना आदान-प्रदान तथा वनभोज कार्यक्रम गरी मनाएका छन् ।

कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति, साथमा विविध खेलकुद मध्ये (छेलो) ले अझ बढि उपस्थित दर्शक तथा पाहुनागणमा उत्साहित र आनन्दित बनाएको जनजाति महासंघकी कोषाध्यक्ष समेत रहेकी कि.या.चु.की सह-कोषाध्यक्ष अमृता नाल्बो लिम्बुले बताए ।

विभिन्न संघ, संस्था संगठनका प्रतिनिधिले सहभागिता जनाएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष झहरमान थेबे लिम्बूले किराँतीहरूको विभिन्न पर्व मध्ये यस चासोक तङ्नामका अस्तित्व र महत्त्वका विविध विषयमा प्रष्टाएका थिए ।


पौराणिक कथन अनुसार किराँती समुदायहरूको परम्परागत धार्मिक तथा सांस्कृतिक यस पर्वले मौलिक पहिचान र लिम्बुवानी भुगोललाई गौरव बढाएको किमदन्ती ईतिहास रहेको पाईन्छ । सोही अनुरूप समाजिक सभ्यता र अस्तित्वलाई जोगाउन कि.या.चु बहराईनले किराँती संस्कार, संस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा निरन्तरता दिँदै आएको छ ।

प्रदिप केरुङ् लिम्बूको स्वागत तथा सचिव सोमराज कन्दंवा लिम्बूको संचालनमा सम्पन्न भएको कार्यक्रम चुम्लुङगका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बुले सभापतित्व गरेका थिए ।

बहराईनमा म्याग्दी उद्धारको दशौं महाधिवेशन बाट अध्यक्षमा थापा निर्बिरोध ।

कृष्ण सारू मगर
मानमा-बहराईन २६ डिसेम्बर
"म्याग्दीमा विकास र स्थायीत्व सम्पुर्ण म्याग्दी बासीका दायित्व" भन्ने मुल नाराका साथ २००२ मा स्थापित म्याग्दी उद्वार समितले गएको १६ डिसेम्बरका दिन नेपाली क्लबका मानर्थ गम बहादुर तमु गुरूङ्गको प्रमुख आतिथ्यतामा भएको दशौ महाअधिवेशन तथा साधारण सभाले तेजेन्द्र थापालाई निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरूको नामावली निम्न तपशील रहेका छन् ।
अध्यक्ष तेजेन्द्र थापा, प्रथम उपाध्यक्ष लोक राम्जाली मगर, द्धितिय उपाध्यक्ष खडक कुमार तिलिजा मगर, महासचिव भक्त बहादुर सिङ्किजा पुन मगर, सचिव सुरेश गर्बुजा मगर, सह-सचिव प्रविन छन्त्याल, कोषाध्यक्ष विकास पाईजा मगर, सह-कोषाध्यक्ष अमन पाईजा मगर, रहेका छन् ।
साँस्कृतिक सचिव नरदेवी पुन मगर, सह-सचिव मन देवी पाईजा मगर रहेकी छन् । सदस्यहरू क्रमशः भिम थापा, हेम केसी, घन बहादुर कार्की, रमेश केसी, बल बहादुर राई, प्रेमसिँ नेपाली, अर्जुन बराईली, ज्ञान बहादुर पुन मगर, याम राना मगर, लाल बहादुर भण्डारी, रमेश भण्डारी, आन्नद बानिया, र रन बहादुर गर्बुजा मगरलाई दशौँ महादिवेशनको साधारणसभा बाट मनोनयन परेका हुन् । यसै गरी खेलकुद सचिवमा भए टिका केसी ।


२३ डिसेम्बर सुक्रबारका दिन अदेलिया स्थित नेपाली कल्बको भवनमा थापाको अध्यक्षतामा बसेको पहिलो मासिक बैठकले संरक्षक र मानर्थ सदस्य १-१ गरि ६ सल्लाहकार समिति सहित आठ जना पुर्‍याएको छ ।
सल्लाहकार समितिका नामावली क्रमशः
प्रमुख सल्लाहकार लाल प्रसाद पुन मगर, वरिष्ठ सल्लाहकार छबिलाल बिक, विशिष्ट सल्लाहकार राजाराम सुवेदी, विशेष सल्लाहकार बिष्णु रोका मगर, सल्लाहकार भरत परीयार र लेखत छन्त्याल रहेका छन् । स्थापनाकाल देखि नै समाजलाई उन्नति र प्रगतिको बाटोमा डोर्‍याउन रहेको अहम भुमिकाको मुल्यांकन गरी गोरख राम्जाली मगरलाई संरक्षक तथा मानर्थ सदस्यमा ख प्रसाद शेरपुन्जा मगर द्वयलाई सम्मानित पदमा मनोनयन गरेको महासचिव भक्त बहादुर सिङ्किजा पुन मगरले जानकारी दिए ।
स्रोतका अनुसार संयोजक रामचन्द्र पौडेल र सह-संयोजक मेखराज पुन मगरले कार्यकारिणी समितिको महत्त्वपूर्ण जिम्मेवारी पद पाएका छन् ।
बहराईनमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधिहरु ब्यबसायी बुद्दिजीवी तथा स्थानीय पत्रकार एवं विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्तिथीमा दशौ साधारणसभा तथा महाअधिवेशन सौहार्दपुर्ण वातावरणमा संपन्न भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरूङ्गले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिए ।


समितिको प्रगति विवरण महासचिव लोक राम्जाली मगरले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष बिकास पाइजा मगरले सार्वजनिक गरेका थिए । उपाध्य्क्ष तेजेन्द्र थापाको स्वागत तथा महासचिव लोक राम्जाली मगरले संचालनमा संपन्न दशौ अधिवेशनको सभापतित्व म्यादी उद्धार समितिका अध्यक्ष राजाराम सुवेदीले गरेका थिए ।

Sunday, 25 December 2016

संघर्ष गरे सफल भइन्छ भन्ने उदाहरण बनेकी छिन् मालती बम्जन तामाङ ।


११ पुस २०७३ सम्यक राना मगर
आदणिय नेपाली बाबाआमा, दाजुभाई, दिदीबहिनी तथा साथीहरु ! आज एउटा कथा भित्रको कथा यहांहरु माझ पस्कन चाहान्छु । मानिसका हरेक ईच्छा आकांङ्छा भित्रको मनो आकाङ्छाहरु हुन्छन् । ति मनो आकाङ्छाहरुलाई केहि हद सम्म भएपनि समेट्ने जमर्को गरिरहेको छु । हुनत म कुनै लेखक तथा रचनाकार त होइन, तरपनि एउटा कथा भित्रको कथा हजुरहरु सामु तेर्स्याउने जमर्को गरिरहेछु । जुन कथाले बाँच्न सिकाएको छ अनि सफलता तिर लम्कन पनि ।


प्रसङ्ग तिरै लागौं क्यारे...
चितवन जिल्लाको भरतपुर भन्ने ठाउँमा आजभन्दा झन्डै २० वर्ष अगाडी एक बालिकाको जन्म हुन्छ । उक्त बालिकाको जन्म संगै घरमा हर्ष उल्लास छाउँछ । उनको नाम मालती बम्जन तामाङ राखिएको हुन्छ । समय बित्दै जान्छ, ति बालिका पनि ठुलि हुँदै जान्छिन् । त्यसपछि बाबाआमाले दाजु, भाईबहिनी र मालतीलाई लिएर भारतको डोके बजार भन्ने ठाउँमा जानुहुन्छ, उनको बाबाले उहि नोकरी गर्दै बस्नुहुन्छ । समय बित्दै जान्छ, मालती ९ बर्षको हुँदा उनको बाबाको अचानक मृत्यु हुन्छ । बाबाको मृत्युसंगै उनको दाजु र उनीलाई धेरै दुःख कष्ट सहनुपर्ने हुन्छ । घरको दुःखले गर्दा ६ कक्षाको पढाई छाडेर विभिन्न सडक गल्लि-गल्लिहरुमा भौतारिदै अरुले खाएको भाडाहरु माझ्दै र लेबर कामहरु गर्दै हिड्न थाल्छिन् किनकी ठुलो भनेकै उनी र उनका दाजु थिए । बिहान ५ बजे उठेर मालती साहुकोमा भाडा माझ्न जान्थिन् अनि बेलुका ६ बजे घर फर्किन्थिन् । दिनभरि काम गरेको पैसाले रासनपानी जोड्नुपर्थ्यो, खुट्टामा लगाउने चप्पल र शरीर छोप्ने न्यानो कपडा हुने थिएन ।


पातलो लुगा लगाएर काप्दै जाँदा शिसाका टुक्राहरुले खुट्टा काट्थे, कांडाहरु गोप्थ्यो तर ऐया पनि भन्ने थिएनन् । किनकी घरको जिम्बेवारी उनको काधमा पनि थियो । उनी रुधै-रुधै हिड्थिन् कहिले घरको दुःख सम्झेर त कहिले भोकले । बाटोमा हिड्दा सबैले हेप्थे, उनि लाचार हुन्थिन् तर हरेष कहिल्यै खाइनन् । अरु केटाकेटीहरु झोला बोकेर स्कुल जान्थे तर उनी बोरा बोकेर काममा जान्थिन् । उनलाई पनि पढ्ने रहर कहां नभएको हो र ? पढ्ने रहर हुँदाहुँदै पनि समय र परिश्थितिले गर्दा पढ्न पाइनन् । दिन, महिना र बर्ष बित्दै गयो । उनीहरु भारत बस्न थालेको पनि ७ बर्ष भइसकेको थियो । उनले ९ बर्षदेखि १६ बर्षसम्म कहिले भाडा माझ्ने त कहिले लेबर काम गर्दै बसिन् । ७ बर्षसम्म घरपरिवार तथा आफन्तहरुले कहिल्यै खोजि कार्य गरेनन् । उनीहरुले के गरेछन् ? कहां छन् भन्ने अत्तोपत्तो थिएन । खानाको कुरा त टाढै थियो ।


 एक दिन अचम्मै भयो, चितवनबाट उनका मामाहरु उनीहरुलाई खोज्दै उनीहरु बसेको स्थान सम्म आईपुग्नु भएछ । मामाहरुले उनीहरुलाई लिएर जानको लागी खोज्दै आउनुभएको कुराले उनको आमा, दाजु र उनलाई एकदमै खुशी तुल्यायो । तर उनीहरुको स्थिति देखेर सबैका आँखा रसाए, किनकी त्यहां प्लास्टिकले  बनाएको घरमा उनीहरु बसेका थिए । न पानी पर्दा राम्रोसंग ओत्थ्यो न गर्मीको समयमा घामले नै छेक्थ्यो । शित पर्दापनि तपतप पानी चुईन्थ्यो । यतिका साल सम्म कसरी बसे भनेर सबै चकित थिए । मालतीले धेरै दुःख कष्ट गरेर घर धानेको कुराले सबै खुशी पनि थिए ।


 उनीहरुको सरसल्लाह बमोजिम स-परिवारलाई लिएर चितवन पुर्याइयो । चितवन पुगेपछि मालतीको बाजे बज्यैले जग्गा दिएर घरपनि बनाईदिनु भयो अनि उनीहरु त्यहि बस्न थाले । मालतीको पढ्ने शोक थियो, उनले पढ्छु भनेपछि उनको मामाले मालतीलाई १६ बर्षको उमेरमा कक्षा ७ मा भर्ना गरिदिनु भयो । किनकी उनले ६ कक्षा पास गरिसकेकी थिइन् । हुनत १६ बर्षको उमेरमा कम्तिमा पनि १० कक्षा पढेको देखिन्छ तरपनि उमेरले कहि छेक्दैन, बिधा उमेरले होइन लक्ष्यले सिक्ने हो भनि अध्ययन गर्न थालिन् । ७ कक्षाको परिक्षामा उनी प्रथम भइन् र सरहरु संग ८ कक्षा जम्प गर्ने कुरा गरिन् र एकैचोटि ९ कक्षामा जम्प भइन् ।


यसरी उनले १२ कक्षा पनि धेरै परिश्रम र दुःखहरु गर्दै पास गरिन् । १२ पास गरेपछि बाबाआमाको ईच्छा कलाकार बनाउने थियो, त्यहि भएर पढाई छाडि कलाकारिता सिक्न थालिन् । उनी सानैदेखि नृत्यमा अगाडी थिइन्, त्यहि भएर उनी नृत्य बिधामा पाइला टेकिन् । बिधालयहरुमा हुने कार्यक्रम र अन्य कार्यक्रमहरुमा सहभागिता जनाउन थालिन् । उनको नाँचलाई सबैले मन पराउन थाले । उनको प्रशंसा हुँदै गयो । अहिले उनि कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाईरहेकी छिन् । बिभिन्न बिधालय, क्याम्पसहरुमा गुरुको काम गर्दैछिन् भने म्युजिक भिडियोहरुमा पनि काम गरिसकेकी छिन् ।

          मालती बम्जन तामाङ द्धारा अभिनित भिडियो

अहिले उनको कलाको सबै क्षेत्रबाट तारिफ हुने गरेको छ । आखिर मान्छेले एउटा अठोट लिएर अघि बढे के गर्न सकिदो रहेनछ र भन्ने कुरालाई चरितार्थ गरेकी छिन् मालती बम्जन तामाङले । उनको लगाब, मेहनत र शहनशिलतालाई सम्मान गर्दै उज्जवल भविष्यको शुभकामना पनि दिन चाहान्छु !!!

Saturday, 24 December 2016

विभिन्न निर्णय गर्दै मगर संघको आकस्मिक बैठक सम्पन्न ।


पुष १० काठमान्डौं ।
नेपाल मगर संघ केन्द्रिय समितिको काठमाडौंमा उपलब्ध पदाधिकारी र सदस्यहरु त्यसैगरी भात्री सस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु र काठमाडौं ललितपुर भक्तपुरको जिल्ला पदाधिकारीहरुको उपस्थितिमा आज (२०७३ पौष ९ गते) केन्द्रीय कार्यालय मा आकस्मिक बैठक सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष गङ्गा खासुको अध्यक्षता मा भएको बैठकमा महासचिव ज्ञानेन्द्र पुनमगरले कार्यक्रमहरुको आबस्यकता, महत्त्व र औचित्य राखी चलेको बैठक ले निम्न निर्णय गरेको छ ।
१) मगरात राष्ट्रिय सम्मेलन :
पोखरा, लिबाङ, बाग्लुङ र तानसेनमा मगराँत जनसभा सकेर केन्द्रिय स्तरमा यहि मिति २०७३ पौष १६ र १७ गते मगराँत राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । सहभागिताका लागी संघ सस्थाहरुलाइ जिम्मेवारी दिइएको छ ।
२) मगर-माघेसकराती २०७३ सम्बन्धमा :
मगर समुदायको रास्तृय सास्कृतिक पर्व मगर-माघेसकराती पर्वलाई काठमाडौं उपत्यकामा सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा आयोजना गर्ने निर्णय भएको छ ।
३) फागुन १५ स्थापना दिवस :
नेपाल मगर संघको, पैतिसौ मगर एकता तथा स्थापना दिवश लाई साङ्गथनिक पर्वको रुपमा २०७३ फागुन १३, १४ र १५ काठमाडौं टुडिखेलमा आयोजना गर्ने भएको छ । लाङ्घाली परिवार संघद्वारा संचालित पैतालिसौ चिण्डीके डुप्के तथा अन्तराष्ट्रिय मगर मञ्चको तेस्रो स्थापना दिवस फागुन १५ गते नै आयोजना गर्ने निर्णय गर्दै आकस्मिक बैठक सम्पन्न गरेको छ ।


Thursday, 22 December 2016

पाल्पामा आज वृहत मगराँत जनसभा हुँदै ।


शुक्रबार ०८ पुस
तानसेनमा आज हुने बृहत जनसभाको तयारी पुरा भएको छ । नेपाल मगर संघ केन्द्रिय समिति, मगरांत संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालको आयोजनामा हुने जनसभा र झाँकी र्यालीको तयारी पुरा भएको स्थानिय ब्यवस्थापक नेपाल मगर संघ पाल्पाले जनाएको छ । सभालाई मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगर, संघका पुर्ब अध्यक्ष महेन्द्र थापा मगर, पुर्ब वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगर, पुर्ब महासचिब सुरेश आले मगर, पुर्व सांसद सुदर्शन बराल मगर लगायत सबै पार्टीका मगर घटकका प्रमुखहरुले संबोधन गर्ने कार्यक्रम छ । 



आफ्ना पहिचान र पहिरन सहित उपश्थित हुने सहभागीहरुले टुडिखेल स्थित लखनपार्क बाट बिहान ११:०० बजे र्याली निकाल्ने र हुलाकचोक निर सभागर्ने कार्यक्रमका आयोजकहरुले बताएका छन् । मगर सघन बस्ती रहेका जिल्लाहरुलाई एउटै प्रदेशमा राख्नु पर्ने लगाएतका माग गर्दैै आएको मगर संघले अहिले संसदमा पेश भएको संसोधित संविधानले केही मात्रा भएपनि माग पुरा गर्ने भएकाले संसोधिन संविधान पास गर्न माग गर्दे आएको छ । सभामा जिल्लाका ग्रामिण भेग र छिमेकी रुपन्देही लगाएतका जिल्ला बाट पनि सहभागी हुने मगर संघका केन्द्रिय सदस्य वल बहादुर रानाले जानकारी दिनुभयो ।




Wednesday, 21 December 2016

आलोक चाम्लिंगले राजेश हमाल, सरोज खनाल देखि एलिशा राई सम्मका दर्जनौ कलाकारहरुलाई एकै ठाउँमा नचाए ।


शान्तिराज राई
पौष ५ काठमाडौ, आलोक चाम्लिङ राईले महानायक राजेश हमाल देखि अन्य दर्जनौ वरिष्ठ कलाकारहरुलाई जय जय नेपाल बोलको गीतमा एक साथ जुटाएका छन् ।

चाडै आउन लागेको आलोक चाम्लिङ राईको राष्ट्रीय देश भक्ति जय जय नेपाल बोलको गीत अहिले धमाधम सुटिंग भईरहेको छ । यो गीत, आलोक चाम्लिङ राईको आउनै लागेको हे नेपाल आमा राष्ट्र समर्पित एल्बममा समाबेश हुने बताइएको छ ।

आफ्नै लगानीमा बनी रहेको यसगीतमा शब्द आलोक चाम्लिङकै रहेको छ भने उक्त गीतका लागि अहिलेका चर्चित युवा गायक/संगीतकार सि.डि विजयले संगीत दिएका छन् । स्वर सि.डि विजय र मनिशा राईको रहेको छ ।


यस गीतको लागि निर्देशन सशान कंडेलले गरेका छन् भने महानायक राजेश हमाल देखि सरोज खनाल ,अभिनेत्री सरिता लामिछाने ,निर्माता तथा कलाकार नवल खड्का, निर्देशक शोभित बस्नेत,उत्तम केसी, निर्मल शर्मा (गैडा), गणेश गिरी, डिजाइनर सुन्दर श्रेष्ठ,सुलेमान(इकु) ,एलिशा राई,दर्पण राई , नीराजन प्रधान ,शरवानी पाण्डे,जून श्रेष्ठ,इन्जिनियर रामहरी फुयाल,रंगपत्रकार आरडि श्रृखला, कुबेर गिरी लगायत अन्य धेरै कलाकारले जय जय नेपाल..’को म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
यसैगरी यही गीतमा विल्सन बिक्रम,पार्बती राई,बुद्धि तामांग,गीता राई, युवराज लामा,मीरा राई,मदन कृष्ण श्रेष्ठ,हरिबंस आचार्यले पनि अभिनय गर्ने भएका छन्  ।

पाल्पामा राष्ट्रिय जनमुुक्ति पार्टीको १७ सदस्सिय कार्य समिती चयन ।


पाल्पा- २०७३ पौष ४
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती पाल्पाको छैठौं अधिवेशनको बन्द सत्र सम्पन्न भएको छ । उक्त बन्द सत्र बाट आगामी ३ वर्ष को लागि  निम्न १७ सदस्यिय  जिल्ला  कार्य समितिको चयन गरिएको छ ।


जसमा नव निर्बाचित पदाधिकारीहरु तपशिल बमोजिम रहेका छन् । अध्यक्ष - नारायण बहादुर कवर,
वरिष्ठ उपाध्यक्ष - उजर सिंह दर्लामी
उपाध्यक्ष - मदन सिंह राना
 सचिव - विश्नु माया थापा
संगठन सचिव - थमन अस्लामी
उप-सचिव - प्रज्ञा रत्न शाक्य र दिपक थापा
कोषाध्यक्ष - मोहन कुमारी थापा
सदस्यहरु - क्रमश टेकुराम गाहा, टेक बहादुर चिदी, सिता सारु, दिल माया चिदी, मन्जु थापा, सावित्री राना, श्याम बहादुर सारु, कृष्ण रेश्मी र पुरन दर्लामी  रहेका छन् ।


Monday, 19 December 2016

ओमनमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि मगर संघलाई ।


कृष्ण सारू मगर
मस्कट, ओमन १९ डिसेम्बर २०१६ गत शुक्रबारका दिन ओमनको राजधानी मस्कट शहरको अलखोयर स्थित ओमन क्लबमा भएको अन्तर नेपाली खुल्ला पुरुष भलिबल प्रतियोगितामा विभिन्न १० समुहले भाग लिएका थिए ।

टिमलाई A र B समूहमा विभाजन गरि आयोजक लु लु लाली गुराँस युवा समाजले संचालन गरेको खुल्ला भलिबल प्रतियोगिताको उद्धघाटन लुलु कम्पनीका एम.डी फिरोज रहमानले भलिवल सर्भिर गरि उद्घाटन गरेका हुन् ।

नेपाली एकता समाजलाई हराएको समूह A को मगर संघले समुह B लाई पछाडि पार्दै फाईनलमा पुगेका हुन् । लुलु समूह B लाई हराउँदै फाईनलमा आएका तमु समाजलाई अन्त्यमा १का विरूद्ध २सेटले पछाडि पार्दै नेपाल मगर संघ ओमनले प्रथम उपाधी हात पार्न सफल भएको मगर संघकी द्धितिय उपाध्यक्ष रूपा श्रीस मगरले बताईन ।

द्धितिय पुरस्कारमा चित्त बुझाउँदै तमु समाजले खसी, ट्रफी, मेडल र प्रमाण-पत्र पाएका छन् । कार्यक्रमका सभाध्यक्ष पहलमानसिँ थापा मगरले बधाई दिँदै स-सम्मान खसी, ट्रफी, मेडल र प्रमाण-पत्र सहित मगर संघका टिम कैप्टैन ज्ञानु थापा मगरले प्रथम पुरस्कार ग्रहण गरेको हो ।


खेलमा सहभागी टिम तथा आर्थिक, भौतिक र नैतिक सह्योग दाता साथै, उपस्थित खेलाडीहरू एवं खेलप्रेमी आदरणीय दर्शक दाजु-भाई तथा दिदि-बहिनीहरु, सम्पुर्ण महानुभावहरूमा आयोजक समिति परिवार सबैमा विषेश आभार व्यक्त गरेको छ ।

बहराईनको राष्ट्रिय दिवसमा, नेपाली साँङ्गेतिक कार्यक्रम भब्य रुपमा सम्पन्न ।

कृष्ण सारू मगर
मानमा-बहराईन, १९ डिसेम्बर
नेपाली क्लब द्वारा आयोजित नेपाली साँगितिक कार्यक्रम नेपाली दुतावासका श्रम सहचारी जगदीस चन्द्र सिवाकोटीको प्रमुख आतिथ्यतामा बहराईनको राष्ट्रिय दिवसलाई डेलमन ईन्टरनेश्नल होटेलको प्राङ्गणमा मनाएका छन् ।

क्लबको निमन्त्रणामा आएका नेपालका राष्ट्रिय कलाकारहरू, नायिका रिश्मा गुरुङ, चर्चित पार्स्व गायिका सहिमा श्रेष्ठ र चर्चित पप गायिका आस्था राउतको जोडदार साङ्गीतिक प्रस्तुतिले बराईनमा स्थापित विभिन्न, जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, विशिष्ट ब्याक्तित्व स्थानिय पत्रकार तथा समस्त गीतसंगीत, पारखी स्रोता तथा आम दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएको थियो ।


विशिष्ट अतिथि क्लबका संस्थापक तथा संरक्षक गम ब. गुरुङ्ग, नेपाली दुतावासका तृतीय सचिव अमृत कुमार लोप्चन तामाङ्ग, गैर आवासीय नेपाली संघका अध्यक्ष टंक बस्नेत, अमेरिकी मामिला उच्च आयुक्त एसिया प्रशान्तका मोहन गुरुङ्ग, विशेष अतिथि रहेका थिए । विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, लगायत अन्य विशिष्ट ब्याक्तित्वहरू स्थानीय पत्रकारहरूलाई अतिथि ग्रहण गराएको थियो ।

क्लवका अध्यक्ष कमल श्रेष्ठको सभापतित्व गरेको कार्यक्रम श्याम पुनको स्वागत तथा महासचिव दिपक गुरूङ्गको संचालनमा संपन्न गरेको छ ।

Sunday, 11 December 2016

बहराईनमा तमु समाजले ल्होसार मनाउने ।

कृष्ण सारु मगर
मानमा-बहराईन ११ डिसेम्बर तमु समाज बहराईनले यही आउँदो ३० डिसेम्बरका दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष तमु ल्होसार मनाउने भएको छ ।

स्रोतका अनुसार "प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमु"अर्थात : शास्त्र हराए संस्कार हराउँछ ! संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ ! भन्ने मुल नारालाई आत्मसाथ गरि स्थापना काल देखि हरेक वर्ष यस राष्ट्रिय पर्व पौष-१५, ल्होसारलाई निरन्तरता दिँदै आएको समाजका निवर्तमान अध्यक्ष दिपक गुरूङ्गले बताए ।

बहराईनमा रहेका विभिन्न संघ, संस्था, संगठन समाजसेवी, वुद्धिजिवि लगायत समस्त गीत, संगीत पारखी, कलाप्रेमी नेपालीजनहरुलाई उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन गरिमामय उपस्थितिको लागि तमु समाज आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनका प्रख्यात नाम कमाउन सफल विभिन्न विधाका चर्चित स्थानीय कलाकारहरूको बेजोर्ड साँस्कृतिक प्रस्तुति सहित बहराईनमा स्थापित नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाहरूको आ-आफ्नो परम्परागत मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुति रहने समाजका प्रवक्ता अमर जंग गुरूङले गुम्बेली खबरलाई बताए ।

Friday, 9 December 2016

वृद्ध उमेरमा पूर्ण बहादुर मगरको प्रेम विवाह ।


गुल्मी– उमेरले करिब ९० पुग्न आँटे भारतीय सेनाका पेन्सनर पुर्णबहादुर मगर । होचो कद, रातोपिरो अनुहार, फरासिलो स्वभाब र ठट्टालु ब्यवहार पुर्णबहादुरको परिचय हो । पेन्सन पकाएर फर्केपछि श्रीमती गुमाएका मगरका चार छोराछोरी छन् । जसमध्ये जेठा छोरा र छोरी उमेरको उमेर ६० वर्ष नाघिसकेको छ । तर पनि ७० वर्षियाा शिव कुँवरसँग प्रेममा परे पुर्व भारतीय लाहुरे पुर्णबहादुर र उनैसँग विवाह गरे ।

धेरैका लागि बृद्ध विवाहको उदाहरणका पात्र बनेका घमिर गाविस वडा नम्वर ३ गुल्मीका मगर पतिपत्नी यस्तो बुढ्यौलीमा पनि बच्चा जन्माउनेबारे हाँसो ठट्टा गरीरहन्छन् ।

आज भन्दा २२ वर्ष अघि भारतीय सेनाको पेन्सन पकाएर निस्केका उनि श्रीमतिको मृत्युपछि एक्लो भए । शिवकुँवरले पनि आफ्नो श्रीमान गुमाइन् । एकल जीवन बाँची रहेका ती दुई बृद्धबृद्धाबीच बढ्दै गएको हिमचिम बुढेसकालमा प्रेममा परिणत हुन्छ । घर परिवार सबैले उनीहरुको त्यो हिमचिम र सम्बन्धलाई स्विकारे । अन्ततः उनीहरुबीचको त्यो सम्बन्ध बिवाहमा परिणत भयो । यसलाई अहिले गाउँवासीले अनौठो प्रेम बिवाहका रुपमा चर्चा गर्ने गरेकाछन् ।

विद्याताले एकल बनाए पनि सँधै एकल भएरै बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई पनि यसले तोडेको छ । बुढेशकालमा दुवैले जोडी पाएका छन् । श्रीमान श्रीमति निकै खुशी छन् । दुवैले दाउरा–घाँस मेला–पात सबै काम गर्न सक्छन् ।

मगर दम्पतीले लोकल कुखरा, खसी बोका र दुधाले भैसी पालेका छन् । माछा मासु, सागपात , दुध दही नटुटेपछि शारिरीक रुपमा पनि निकै तन्दुरुस्त छन् । हेर्दा लाग्छ उनीहरुको बैश फर्केको छ ।

कुनै समय थियो जतिबेला १३ वर्षको उमेरमा विधुवा बनेकी वालिका जीवनको अन्तिम कालसम्म विधुवानै बसेर सारा जीवन उसै मृतक पतिको सत्धर्ममा अर्पण गर्नु पर्दथ्यो । तर अहिले समय बदलिएको छ ।

एउटा घटना याद आउँछ– छिमेकी जिल्ला अर्घाखाँचीमा २४ वर्षको उमेरमा बिधुवा बनेकी एक ब्राम्हण समुदायकी महिलाले यो समाचारदातालाई पटकपटक फोन गरेर म जस्तै एकल भएका पुरुषहरु कोही छन भने छानेर विवाह गराई दिन आग्रह गरी रहिन् । “दाजु, यो उमेरमा उसैको मृतआत्मालाई कुरेर बस्न सकिदो रहेन छ एउटा खोजि दिनु प¥यो तपाई मेरो दाजु बनेर” भनेपछि उनलाई त्यस्तै संयोग मिल्यो ।

अन्ततः पुर्व श्रीमानको मृत्युको एक बर्षपछि उनले दोश्रो बिवाह गरेर हाल सुखत नवदाम्पत्य जिवनमा फर्किएर बिर्सी सकेको हाँसो ओठमा निकालेकी छिन् । उनी शिक्षित ब्राम्हण समुदायकी चेली हुन । उनलाई माईतीजनले पनि रोकावट गरेनन् ।

८० वर्षको उमेरमा २६ वर्षियासंग विहे गरेर जन्मियो सन्तान
यता गुल्मीकै रेसुङ्गा नगरपालिका ८० वर्षिय नामबहादुर बिक (नाम परिवर्तन) ले २६ वर्षिया युवतीसंग विवाह गरेर छोरी जन्माएका छन् । मृतक पुर्व पत्नीका छोराछोरीहरु शिक्षित र विभिन्न क्षेत्रमा रहेको र उनिहरुको ईज्जतमा दाग लाग्ने भन्दै बिकले आफ्नो नाम गोप्य राख्न चाहे ।

जनमुक्तिको शक्ति प्रदर्शन, पहिचान बिरोधीहरुलाई झट्का ।


सनु थापा मगर
बुटवल । प्रस्तावित लुम्विनी प्रदेश क्षेत्रमा पाँच नं प्रदेश टुक्रिन हुँदैन भन्ने कथित आन्दोलन चलिरहेको बेला उनीहरुलाई झट्का लाग्ने गरी पहिचान पक्षधर राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आफ्नो शक्ति प्रदर्शन गरेको छ । उसले शुक्रबार राजमुपा रुपन्देहीको १५ औं जिल्ला भेलाको अवसरमा आयोजीत खुला मञ्च कार्यक्रम हजारौं जनसहभागितासहित बुटवल ट्राफिक चोकमा सम्पन्न गरेको हो । “पहिचान सहितको संघीयता र जातीय समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता ! भ्रष्टाचारको अन्त्य र समृद्ध नेपालको निर्माण हाम्रो प्रतिबद्धता !!” भन्ने मूल नारा सहित जिल्ला भेला सम्पन्न गरेको हो ।


सोही अवसरमा बोल्ने वक्ताहरुले अहिले सडकमा भईरहेका गतिवीधिहरु संघीयताका विरोधीहरुको खेल भएको बताए । केही पार्टीका मान्छेहरुले जनताको बलबाट प्राप्त उपलब्धीहरुलाई सिमित पार्टीको स्वार्थमा प्रयोग गर्न लागेकोमा जनताहरुलाई सचेत रहन जोड दिए । कार्यक्रममा बोल्ने नेताहरुले सिमाङ्कनका नाममा पहिचानका विरुद्ध कथित आन्दोलन र बन्दमा जनताहरुलाई भ्रम सिर्जना गराईएको भन्दै ति नेताहरुले पहिचानका पक्षमा रहेका आफुहरुको विशाल जनसहभागितालाई पनि ख्याल गर्न आग्रह गरे ।


पहिचान र संघीयता विरोधीहरुले बन्द,हड्ताल र अराजक गतीविधी गर्र्दै जनताहरुलाई सास्ती दिने नौटङ्की गर्नुको कुनै तुक नरहेको बताए । अहिले एकल जातीय नश्लवादीहरुले आदिवासी जनजाति, मधेसी, महिला, दलित लगायत उत्पीडित वर्गलाई हक र अधिकारबाट बञ्चित गर्नका लागि नश्लवादीय ताण्डव नाचहरु मञ्चन हुन लागेकोमा चिन्ता व्यक्त गरे ।  “नश्लबादी चिन्तन बोकेका टुक्क र उखानेहरुले बुटवलमा राष्ट्रवादीको नाममा गरेको अन्दोलन किन संविधान संशोधन विधेयक फिर्ता नहुँदै रोकिएको ? ” भन्दै प्रश्न समेत गरे ।


भेलामा पार्टीका यातायात ईन्चार्ज एवं केन्द्रिय सदस्य सुर्य कुमार सारु, राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष एवं पार्टीका केन्द्रिय सदस्य क्या. भिम बहादुर राना, महिला मोर्चाका केन्द्रीय अध्यक्ष होमाया गुरुङ्ग, संघीय परिषद् सदस्य तथा भाषिक विभाग प्रमुख दल बहादुर विरकट्टा, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय कोषाध्यक्ष शंकर गाहा,संघीय परिषद सदस्य क्षत्र बहादुर दर्लामी, महिला मोर्चाका उपमहासचिव गिता सारु, दलित मोर्चाका जिल्ला अध्यक्ष हरिओम वि.क, लुम्बिनी राज्य परिषद्का कार्यवाहक अध्यक्ष धनि आले लगायतले भेलालाई सम्बोधन गर्नु भएको थियो ।


राष्ट्रिय जनमुक्ति  पार्टीका रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गको अध्यक्षता, वरिष्ठ जिल्ला उपाध्यक्ष मधु रानाको स्वागत र सचिव चित्र प्रसाद गुरुङ्गको संचालनमा भेला सम्पन्न भएको थियो । भेलाको पूर्वसन्ध्यामा पार्टीले बुटवल लखनचोकबाट र्याली निकालेको थियो । र्याली मिलनचोक, बसपार्क, पुष्पलालपार्क हुँदै ट्राफिकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।।।

Monday, 5 December 2016

प्रस्तावित ४ नम्बर प्रदेशमा मगर जातीको अवश्था ।


काठमाडौं, मंसिर १९ । संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएपछि यतिबेला ५ नम्बर प्रदेशमा भूगोल राजनीति केन्द्रित भएको छ । सबै दलका तेस्रो, चौंथो तहका नेताहरु एक ठाउँ देखिएका छन् । बुटवलमा शुक्रबार जनप्रर्दशन समेत गरिएको छ । बुटवलले दिएको सन्देश धेरै छैन, केवल ५ नम्बर प्रदेश ‘टुक्रिनु’ हुँदैन भनेर एउटा वर्ग पुरै लागेको छ ।

सामान्यतः सुगमता, विकास निर्माण, क्षेत्रीय हिसाबले ५ नम्बर सिंगै राख्ने भनिए पनि त्यहाँ भित्रका मूलवासीहरुको यथार्थता र गहिराईमा भने कोही पुगेको देखिन्न । मात्रै ५ नम्बर ‘अखण्ड’ राख्ने बाहेक अरु केही बोलिएको छैन । जब, उच्च अदालत दाङमा रहने निर्णय भयो त्यसपछि ५ नम्बर प्रदेशमै रहेका कतिपय जिल्लावासीहरु झस्केपछि पुर्नंसरचनामा बहस देखिएको हो । तर, यही पुर्नंसरचनाको विषयलाई लिएर आन्दोलन देखिएको छ । ५ नम्बर किन पुर्नंरचना हुनु हुँदैन भन्ने तर्क स्वयं आन्दोलनरत पक्षले समते प्रष्टाएको छैन ।

केवल सरकारले मधेसी, भारतीय इसारामा टुक्राएको भनेर भ्रम सृजना गरिरहेको छ । पहिलेको ७ नम्बर प्रदेश बन्दा सबै भन्दा मर्का यस देशका भूमिपुत्र मगर समुदायलाई परेको छ । सोंझा, इमान्दार, आफ्नो जन्मभूमि नछोड्ने स्वभावका उनीहरु नेपालको कुल जनसंख्याको तेस्रोमा पर्छन ।
अहिले जुन ढंगले एकाकीं भएर पहाडिया ‘नश्लवादी’ नेताहरु बुटवलमा झरेर दक्षिणी विकासको मानसिकतामा देखिए । उनीहरुको रोइलो उदेक लाग्दो छ । १८ लाख ७० हजार ८ सय ९० जनसंख्या रहेको मगर समुदायलाई संविधानमा उल्लेख भए अनुसारको प्रदेशले कुनै सम्बोधन गरेको छैन । बरु उनीहरुलाई तीन चिरा पारेर साना–साना संख्यामा राख्ने काम गरेको थियो ।

पछिल्लो प्रस्तावले कम्तिमा उनीहरुको एउटा क्लस्टर बनेको छ । त्यसलाई नश्लवादी पहाडियाहरुले बुटवलबाट फेरी दिन हुन्न भनेका छन् । यसैले प्रष्ट हुन्छ शासकहरु शासन गर्न के सम्म गर्छन भन्ने उदाहरण पछिल्लो पटक बुटवलमा प्रकट भयो ।

हिजो मधेसी मोर्चाले नाकावन्दी गर्दा मधेसी विखण्डनकारी । अहिले मगरहरुलाई थोरै क्लस्टर मिलाईदिंदा जातिवादी ? यो रवैयाले के पुष्टि हुन्छ ? एकात्मक मानसिकता, नश्लवादी सोंचबाट ग्रसित नेताहरु वर्षौं राज्य सत्ता कब्जा गर्ने नीतिमा देखिन्छन । अहिले पाँच नम्बरको केही जिल्ला ४ नम्बरमा गाभेपछि त्यस्तो आपत्ति जनाउनु पर्ने कारण केही देखिन्नँ । कुल मगर जनसंख्याको ४६.०६ प्रतिशत ४ नम्बर प्रदेशमा पर्न जान्छ । यद्यपी सबै समुदायको कुल जनसंख्यामा २२.६५ प्रतिशत मात्रै देखिन्छ । ता कि खस, आर्यको ४६.५६ प्रतिशत देखिन्छ ।

अहिले ४ नम्बर प्रदेशमा रहेका १७ वटै जिल्लाको पानीढलो बुटवल नै हो । भोली विकास चरणको कुरा गर्दा ४ नम्बर प्रदेशमा जाने सबै स्रोत बुटवलबाटै हो । पहाडको मुख्य स्रोतको व्यपार, व्यवसाय बुटवलसँगै जोडिने हो । यी सबै विषयलाई छर्लङ्गै्र देख्दा देख्दै ५ नम्बर टुक्रिनु हुँदैन भन्ने मानसकिता एमालेगणमा बढी नै देखिन्छ । यसले एमालेभित्रका आदिवासी जनजातिहरुको मौनता र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मगर समुदायप्रति न्याय गर्दैनन् भन्ने प्रष्ट भएको छ ।

मधेसी समुदाय र आदिवासी जनजातिको बढि माग उठाउने फोरमका अध्यक्ष यादव मगर समुदायको सानो क्लस्टर बन्दा किन यसरी बिच्किने ?

Sunday, 4 December 2016

जनजाति महासंघ कतारको छैठौं नबनिर्वाचित अध्यक्ष राई संगको कुराकानी ।


कृष्ण सारू मगर दोह-कतार ५ डिसेम्बर
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको छैठौं कार्यकालको नेतृत्वको जिम्मेवारी समाल्न किराँत राई यायोख्खा बाट देव राज राई आई पुगेका छन् l झण्डै एक दशक अगाडि रोजगारीको शिलशिलामा कतार आएका उनि लामीडाँडा- ३ चिउरीवासमा उनको जन्म भएको हो l  महासंघको जिम्मेवारी समाल्नु पुर्व राईले  किराँत राई यायोक्खा (शाखा कतार) को मातृ सस्थामा आवद्ध भई काम गरि सकेका छन् l त्यसै गरी राई संग आदिवासीजनजाति महासंघ कतारमा समेत पाँचौं कार्यकाल प्रथम उपाध्यक्ष पदमा रही कम गरिसेको अनुभव बटुलेका जनजाति महासंघ कतारको छैठौं नेतृत्व पाएका नवनिर्वाचित अध्यक्ष राई संग कृष्ण सारू मगरले गरेका कुराकानी ।
१, आदिवासी जनजाति भनेको के हो ?
👉 आदिवासी र जनजाति दूई अलग अलग शब्दहरु हुन् । जस्को अर्थ पनि अलग अलग लाग्छन् । आदिवासीको सम्वन्ध इतिहास सँग हुन्छ भने जनजातिको सम्वन्ध सामाजिक–सांस्कृतिक बनौट र विशेषता सँग जोडिएको हुन्छ । तर, नेपालको सन्दर्भमा यी दुबै शब्द एक अर्काका पर्यावाचीका रूपमा रहेका छन् । इतिहासको कालखण्डलाई आदिवासीको विशेषता मान्ने नै हो । भने, नेपालमा परापुर्वकाल देखी नै बसोवास गर्दै आएका मुलवासी समुदाय जनजातिहरु हुन । त्यसैले नेपालको सन्दर्भमा सबेै आदिवासी जनजाति हुन । आदिवासी जनजाति भन्नाले आफ्नो छुुट्टै साझा भुगोल, साझा इतिहास, भाषा, धर्म, संस्कृति, मूल्य र मान्यता, साझा पहिचान बोकेका, अन्तराष्ट्रिय मानव अधिकार तथा श्रम संगठन महासन्धीको ILO १६९, अधिकार सम्बन्धी घोषणा पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएका विशिष्ट अधिकारहरुका हकदार भएका समुदायहरु आदिवासी जनजातिहरुको हुन ।

२.नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको पाँचौ कार्यकाल जिम्मेवारीका अनुभति कस्तो रह्यो बताई दिनुस न ?
👉 सबैले आ-आफ्नो जिम्मेवारीको भुमिका निभाउने क्रममा विविध समस्या र चुनौतीपुर्ण रहेता पनि सबै साथीहरू दक्ष, अनुभवी र कर्तब्यनिष्ट रहेकोले पनि खासै त्यस्तो अनुभुती गर्नु परेन समग्रमा राम्रै रह्यो ।
३. नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको नेतृत्व माथीको विभिन्न चुनौति र जिम्मेवारीका वारेमा वताई दिनुस न?
👉 चुनौतिहरु-महासंघको साख बचाई राख्न पहिलो चुनौती, महासंघमा आवद्ध विभिन्न जातिय संगठनहरुको भावनालाई समेट्नु, कतारका रहेका नेपाली समुदायमा महासंघ प्रतिको जुन आशा र विश्वास छ त्यसलाई अझ मजवुद बनाउन,
जिम्मेवार-सवैको भावनालाई उच्च सम्मान गर्दै समकाली मुद्धाहरुलाई समेटेर अगाडी बढ्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो ।
४, नेपाल प्रवासी आदिवासी जनजाति महासंघमा नेतृत्व तपाईको कार्य योजनाहरु के–के छन् ?
👉 सर्वप्रथम त आदिवसी जनजाति र यसमा हक अधिकारका वारेमा समय-समयमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने सवैमा सचेतना गराउने, महासंघ कतारमा आवद्ध मातृ संस्थाहरुलाई एकिकृत गदै हाम्रो एकतालाई अझ मजवुत गराउने, महासंघ केन्द्र संग संमन्वय गरेर हाम्रा समकालीन मागहरु र अधिकार प्राप्तिका लागी प्रवास बाट सकेको हर किसिमको सहयोग गर्ने।
५फ तपाई जनसंम्पर्क समितीको पूर्व महामन्त्री हुँदा र हाल जनजाति महासंघको नेतृत्वमा के भिन्नता छ?
प्रत्येक संगठनका आ-आफ्नो निति तथा निर्देशीका हुन्छन् जसले सवैलाई वाँधेको हुन्छ, हामीले आफ्नो जिम्मेवारीको परिधीमा रहेर सिङ्गो आदिवासीजनजातिको पहिचान, अधिकार र संघियताको मुद्दामा अडिक रहेर काम गर्ने हो त्यस मानेमा फरक केहि नरहला ।
६, जनजातिहरुले विभिन्न अडान सहित सडक र सदनमा आन्दोलनरत छन् । ति मुद्धाहरु के–के हुन् ?
👉 जारी गरिएको नयाँ संविधानमा आदिवासी  जनजातिहरुका पहिचान सहितको अधिकारको पूर्ण प्रत्याभुतिका लागी संविधान संसोधन नै अहिलेको पेचिलो मुद्धा हो भने वाँकी अन्य मागहरु समय अनुसार तपसिल रहने नै छन् ।
७, जातिय पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिको साझा अवधारणलाई केहि वैचारिक संगठनको जनजातिहरु प्रति विखण्डनकारी भन्दै जातिय राजनिति गरेको भन्ने आरोप छ। सामान्य मानिसले बुझ्ने भाषामा प्रष्ट पारि दिनुस न ?
👉 समयको विभिन्न कालखण्ड देखी विभेदमा पारिएका मानिसहरुको समानताको साझा माग हो, यो समानताको मागलाई विखण्डनकारी भन्नु उहाँहरुको गलत वुझाईको दोष हो।

कतारमा नेपाल प्रवासी आदिबासी जनजाती महासंघको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा राई ।


दिल कुमार श्रेष्ठ
दोहा-कतार ४ नोभेम्बर जनजाती महासंघ कतारको छैठौं अधिवेशनबाट  देवराज राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ l यस कार्यकालका लागी अन्य पदाधिकारीहरुमा क्रमशः प्रथम उपाध्यक्षमा लिलाम चिड्डी मगर द्धितिय उपाध्यक्षमा पुरुषोत्तम सुनुवार महासचिव शिव कुमार भुजेल
सुरुवाती विभिन्न ५ जातीय सस्थाहरुबाट स्थापना गरिएको महासंघमा अहिले १३ सदस्य मातृसस्थाहरु रहेका छन् l  यसरी संगठित जातीय सस्थाहरुलाई सस्थागत गर्दै “नेपाल जनजाती महासंघ कतार” नामकरण गरिएको थियो l जातीय हकअधिकारको बिषयमा सदैव  आवाज उठाउदै आएको महासंघले कतारमा  आफ्ना परम्परा गत सस्कृति र झाँकीहरुलाई कतारको सरकारी स्तरको कार्यक्रममा समेत प्रस्तुत गर्दै ट्रफी समेत पाएको छ l आफ्ना भाषा सहित सस्कृतिहरुलाई संरक्षण गर्दै आफ्ना हकहितको लागी डटेर सामना गर्ने उदेश्य रहेको छ l
छैठौं महादिवेशनमा चयन पदाधिकारीहरू निम्न तपशिल रहेका छन् ।
१ देवराज राई अध्यक्ष
२ लिलम चिदी मगर  प्र.उपाध्यक्ष
३ पुरुसोत्तम सुनुवार द्घितिय उपाध्यक्ष
४ शिव कुमार भुजेल महासचिव
५ प्रमोद श्रेष्ठ उप-महासचिव
६ भाईकाजी गुरुङ सचिव
७ भरत माझी  कोषाध्यक्ष
८ तेज मोक्तान तामाङ सह-कोषाध्यक्ष
९ राम कुमार मण्डल विभागिय सचिव
१० कृष्ण गुरुङ विभागिय सचिव
११ भरत बा. माझी विभागिय सचिव
१२ काली बा. सुनुवार (ईशान) विभागिय सचिव
१३ राजेन्द्र साम्याङ्खाम लिम्बु विभागिय सचिव
१४ दिल कुमार श्रेष्ठ विभागिय सचिव
१५ श्यामलाल चौधरी विभागिय सचिव
संघिय परिषद् सदस्यहरु
१६ केशब बा. घर्ति मगर परिषद् सदस्य
१७ केशव राना मगर परिषद् सदस्य
१८ मन कुमार आङ्बो लिम्बु परिषद् सदस्य
१९ सगर तुङबाहाङफे परिषद् सदस्य
२० नगेन पाक्सावाँ परिषद् सदस्य
२१ लोक बा. राई परिषद् सदस्य
२२ शरण कुमार राई परिषद् सदस्य
२३ गणेश तामाङ परिषद् सदस्य
२४ सन्देश तामाङ परिषद् सदस्य
२५ कमल योञ्जन तामाङ परिषद् सदस्य
२६ सत्यनारायण चौधरी परिषद् सदस्य
२७ तेज गुरुङ  तमु समाज परिषद सदस्य
२८ भगवति चौधरी परिषद् सदस्य
२९ राजेश सुनुवार परिषद् सदस्य
३० बिष्णु बा. सुनुवार परिषद् सदस्य
३१ श्रीमान भुजेल परिषद् सदस्य
३२ धन बा. भुजेल परिषद् सदस्य
३३ रमेश भुजेल परिषद् सदस्य
३४ लक्ष्मण श्रेष्ठ परिषद् सदस्य
३५ देव माझी परिषद् सदस्य
३६ प्रेम माझी परिषद् सदस्य
३७ सुरेश कुमार मण्डल परिषद् सदस्य
३८ रामेश्वर मण्डल धानुक परिषद् सदस्य

नेपाली क्लबले बहराईनको राष्ट्रिय दिवसलाई भब्य रुपमा मनाउने ।


कृष्ण सारू मगर
मानमा-बहराईन ४ डिसेम्बर नेपाली क्लब द्वारा आयोजित नेपाली साँगितिक कार्यक्रमलाई कसरी भब्य र सभ्य सफल बनाउन सकिन्छ भन्ने विषयलाई मध्यनजर गरी अदेलिया स्थित नेपाली क्लवकै भवनमा २ नोभेम्बरका दिन बृहत् छलफल तथा अन्तरकृया गरेको छ ।

समीक्षा बैठकमा बराईनमा स्थापित विभिन्न, जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था, संगठनका प्रतिनिधि, विशिष्ट ब्याक्तित्व स्थानिय पत्रकारहरूले उपस्थिति जनाएका थिए ।


श्रोतका अनुसार नेपाली क्लबले झण्डै १६ वर्ष अगााडी बहराईनको साँस्कृतिक मन्त्रालयको संबन्धन आदिकारिता प्राप्त एक मात्र संस्था हो ।
विभिन्न समयमा नेपाली क्लबले विविध कार्यक्रमहरू आयोजना गर्दै
खेलकुद, नेपाली मौलिक कला, संस्कृतिक संरक्षण-प्रवर्द्धनमा विशेष महत्त्वका साथ टेवा दिनुका साथै समाजिक कार्यमा पनि कटिबद्ध भै अहम भुमिका निर्वाह गर्दै आएको क्लबका अध्यक्ष कमल श्रेष्ठले बताए ।

क्लबको निमन्त्रणामा नेपालका राष्ट्रिय कलाकारहरू, नायिका रिश्मा गुरुङ, चर्चित पार्स्व गायिका सहिमा श्रेष्ठ र चर्चित पप गायिका आस्था राउतको जोडदार साङ्गीतिक प्रस्तुतिले समस्त गीत, संगीत, पारखीहरूलाई भरपुर मनोरञ्जन कार्यक्रम डेलमन ईन्टरनेश्नल होटेलमा मनाउने भएकोले गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार संबन्धित सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनमा भएका विविध समाजिक कार्य र समस्याको समाधानका लागि आउँदो १६ डिसेम्बर सुक्रबारका दिन बहराईनको राष्ट्रिय दिवसको अवसरमा नेपाली साँगीतिक कार्यक्रम आयोजना गरेका हुन् ।

Friday, 2 December 2016

पाल्पामा शोक तथा खबरदारी सभा ।


   १७ मङ्सिर, पाल्पा
  नेपाल मगर संघ, पाल्पाको आयोजनामा मृतक बिनु पुलामी मगरको सम्झना र सम्मानमा पाल्पाको तानसेनमा शोक तथा खबरदारी सभा सम्पन्न भएकोे छ । आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, पाल्पा र उसका विभिन्न भातृसंस्था, पाल्पाका राजनैतिक दल, विभिन्न सामाजिक संघसंस्था, महिला अधिकारकर्मी, पत्रकार, नागरिक समाज लगायत को उपस्थितिमा भएको कार्यक्रम तानसेनको टुडिखेलमा जम्मा भई मौन र्याली गर्दै तानसेनको विभिन्न भाग परिक्रमा गरी सित्तलपार्टीमा पुगी खबरदारी सभामा परिणत भएको थियो ।


विरोध तथा खबरदारी सभामा नेपाली काङ्गे्रस सभापति बिर बहादुर राना, नेकपा एमाले पाल्पाका सचिब ओम बहादुर घर्ती, नेकपा (माओबादी केन्द्र) पाल्पाका सह–इन्चार्ज चक्रव्यू थापा, राप्रपा पाल्पाका प्रतिनिधि तुल्सीराम बस्याल, जनमुक्ति पार्टीका धनकेशर सुर्यबंशी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, नेकपा माओबादी पाल्पाका पार्बती विक, नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्यहरू गम बहादुर थापा, मोहन थापा, नेपाल आदिवासी जनजाति महासंघ, पाल्पाका अध्यक्ष केहर सिंह राना, नेपाल मगर संघ, पाल्पाका उपाध्यक्ष जहर सिंह सारु मगर, महिला नेतृ प्रतिक्षा सिञ्जाली, राजेन्द्र लक्ष्मि गैरे, राधाकृष्ण दगाल लगायतले बिनु पुलामीको हत्याको छिटो भन्दा छिटो छानबिन गरी दोषीलाई कडाभन्दा कडा कार्बाही गर्नुपर्ने र पिडितलाई न्याय दिनुपर्ने बताए ।


 उक्त घटनामा सुरक्षा प्रशासनले ढिलो गरेको भन्दै बक्ताहरूले विरोध गर्नुका साथै सहभागीले नाराबाजी गरेका थिए ।  यदि त्यसमा पिडितले न्याय पाएन भने त्यसको विरोधमा जस्तोसुकै आन्दोलन गर्ने र त्यसको जिम्मा सरकार र सुरक्षा प्रशासनले लिनुपर्ने सहभागीले बताएका थिए । खबरदारी सभा मगर संघ, पाल्पाका सचिब राम बहादुर गरंजा (एसकुमार) को सञ्चालन र अध्यक्ष बल बहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tuesday, 29 November 2016

नवोदित कलाकारको म्युजिक भिडियोको छायांकन पुरा ।


कृष्ण सारू मगर
दोहा-कतार ३० नोभेम्बर पछिल्लो समय कतारमा धेरै नेपाली गीतहरुको म्यूजिक भिडियोले निकै नै छायांकनमा तिब्रता भएको पाईन्छ । यसै क्रममा नवोदित कलाकार गायक बिजय कुमार मगरको आफ्नो पहिलो कृति पप गित " माया होइन मैले " को म्युजिक भिडियोलाई गत हप्ता २५ नोभेम्बरका दिन छायांकन पुरा भएको छ ।

गीतको शब्द सृर्जना गायक मगरले गरेको हो । संगीतमा निरज थापा रहेका छन् । क्यामेरा तथा म्युजिक भिडियोको सम्पादनमा गणेश बराल मगरले साथ दिएका छन् । भुपेन्द्र रिखाम मगरले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।


उक्त म्युजिक भिडियोमा एजो लट, सृजना रेस्मी मगर र गायक स्वयंमले अभिनय गरेका छन ।
उक्त म्युजिक भिडियोलाई (We Five Group) ले निर्माण गरेको हो । श्रोतका अनुसार ग्रुपले दोस्रो प्रस्तुतिका लागि तैयारी भैरहेको नेपाल मगर संघ शाखा कतारका महासचिव समेत रहेका गायक मगरले गुम्बेली खबरलाई जानकारी गराएका छन् ।
छायाँकनमा कतारको विभिन्न रमणिय स्थलको दृश्य समेटिएको म्युजिक भिडियोलाई छिट्टै दर्शक तथा श्रोता माझ ल्याउनुका साथै युटुब ( youtube) मा राख्ने गायक मगरले बताएका छन । यस अघि पनि यो ग्रुपले गायक भिम बर्देवाको बितेका पल एल्बमको जिन्दगी जिन्दगी बोलको गित सार्वजनिक गरि सकेका छन् ।