Monday, 19 December 2016

ओमनमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि मगर संघलाई ।


कृष्ण सारू मगर
मस्कट, ओमन १९ डिसेम्बर २०१६ गत शुक्रबारका दिन ओमनको राजधानी मस्कट शहरको अलखोयर स्थित ओमन क्लबमा भएको अन्तर नेपाली खुल्ला पुरुष भलिबल प्रतियोगितामा विभिन्न १० समुहले भाग लिएका थिए ।

टिमलाई A र B समूहमा विभाजन गरि आयोजक लु लु लाली गुराँस युवा समाजले संचालन गरेको खुल्ला भलिबल प्रतियोगिताको उद्धघाटन लुलु कम्पनीका एम.डी फिरोज रहमानले भलिवल सर्भिर गरि उद्घाटन गरेका हुन् ।

नेपाली एकता समाजलाई हराएको समूह A को मगर संघले समुह B लाई पछाडि पार्दै फाईनलमा पुगेका हुन् । लुलु समूह B लाई हराउँदै फाईनलमा आएका तमु समाजलाई अन्त्यमा १का विरूद्ध २सेटले पछाडि पार्दै नेपाल मगर संघ ओमनले प्रथम उपाधी हात पार्न सफल भएको मगर संघकी द्धितिय उपाध्यक्ष रूपा श्रीस मगरले बताईन ।

द्धितिय पुरस्कारमा चित्त बुझाउँदै तमु समाजले खसी, ट्रफी, मेडल र प्रमाण-पत्र पाएका छन् । कार्यक्रमका सभाध्यक्ष पहलमानसिँ थापा मगरले बधाई दिँदै स-सम्मान खसी, ट्रफी, मेडल र प्रमाण-पत्र सहित मगर संघका टिम कैप्टैन ज्ञानु थापा मगरले प्रथम पुरस्कार ग्रहण गरेको हो ।


खेलमा सहभागी टिम तथा आर्थिक, भौतिक र नैतिक सह्योग दाता साथै, उपस्थित खेलाडीहरू एवं खेलप्रेमी आदरणीय दर्शक दाजु-भाई तथा दिदि-बहिनीहरु, सम्पुर्ण महानुभावहरूमा आयोजक समिति परिवार सबैमा विषेश आभार व्यक्त गरेको छ ।

No comments:

Post a Comment