Friday, 9 December 2016
वृद्ध उमेरमा पूर्ण बहादुर मगरको प्रेम विवाह ।
गुल्मी– उमेरले करिब ९० पुग्न आँटे भारतीय सेनाका पेन्सनर पुर्णबहादुर मगर । होचो कद, रातोपिरो अनुहार, फरासिलो स्वभाब र ठट्टालु ब्यवहार पुर्णबहादुरको परिचय हो । पेन्सन पकाएर फर्केपछि श्रीमती गुमाएका मगरका चार छोराछोरी छन् । जसमध्ये जेठा छोरा र छोरी उमेरको उमेर ६० वर्ष नाघिसकेको छ । तर पनि ७० वर्षियाा शिव कुँवरसँग प्रेममा परे पुर्व भारतीय लाहुरे पुर्णबहादुर र उनैसँग विवाह गरे ।
धेरैका लागि बृद्ध विवाहको उदाहरणका पात्र बनेका घमिर गाविस वडा नम्वर ३ गुल्मीका मगर पतिपत्नी यस्तो बुढ्यौलीमा पनि बच्चा जन्माउनेबारे हाँसो ठट्टा गरीरहन्छन् ।
आज भन्दा २२ वर्ष अघि भारतीय सेनाको पेन्सन पकाएर निस्केका उनि श्रीमतिको मृत्युपछि एक्लो भए । शिवकुँवरले पनि आफ्नो श्रीमान गुमाइन् । एकल जीवन बाँची रहेका ती दुई बृद्धबृद्धाबीच बढ्दै गएको हिमचिम बुढेसकालमा प्रेममा परिणत हुन्छ । घर परिवार सबैले उनीहरुको त्यो हिमचिम र सम्बन्धलाई स्विकारे । अन्ततः उनीहरुबीचको त्यो सम्बन्ध बिवाहमा परिणत भयो । यसलाई अहिले गाउँवासीले अनौठो प्रेम बिवाहका रुपमा चर्चा गर्ने गरेकाछन् ।
विद्याताले एकल बनाए पनि सँधै एकल भएरै बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई पनि यसले तोडेको छ । बुढेशकालमा दुवैले जोडी पाएका छन् । श्रीमान श्रीमति निकै खुशी छन् । दुवैले दाउरा–घाँस मेला–पात सबै काम गर्न सक्छन् ।
मगर दम्पतीले लोकल कुखरा, खसी बोका र दुधाले भैसी पालेका छन् । माछा मासु, सागपात , दुध दही नटुटेपछि शारिरीक रुपमा पनि निकै तन्दुरुस्त छन् । हेर्दा लाग्छ उनीहरुको बैश फर्केको छ ।
कुनै समय थियो जतिबेला १३ वर्षको उमेरमा विधुवा बनेकी वालिका जीवनको अन्तिम कालसम्म विधुवानै बसेर सारा जीवन उसै मृतक पतिको सत्धर्ममा अर्पण गर्नु पर्दथ्यो । तर अहिले समय बदलिएको छ ।
एउटा घटना याद आउँछ– छिमेकी जिल्ला अर्घाखाँचीमा २४ वर्षको उमेरमा बिधुवा बनेकी एक ब्राम्हण समुदायकी महिलाले यो समाचारदातालाई पटकपटक फोन गरेर म जस्तै एकल भएका पुरुषहरु कोही छन भने छानेर विवाह गराई दिन आग्रह गरी रहिन् । “दाजु, यो उमेरमा उसैको मृतआत्मालाई कुरेर बस्न सकिदो रहेन छ एउटा खोजि दिनु प¥यो तपाई मेरो दाजु बनेर” भनेपछि उनलाई त्यस्तै संयोग मिल्यो ।
अन्ततः पुर्व श्रीमानको मृत्युको एक बर्षपछि उनले दोश्रो बिवाह गरेर हाल सुखत नवदाम्पत्य जिवनमा फर्किएर बिर्सी सकेको हाँसो ओठमा निकालेकी छिन् । उनी शिक्षित ब्राम्हण समुदायकी चेली हुन । उनलाई माईतीजनले पनि रोकावट गरेनन् ।
८० वर्षको उमेरमा २६ वर्षियासंग विहे गरेर जन्मियो सन्तान
यता गुल्मीकै रेसुङ्गा नगरपालिका ८० वर्षिय नामबहादुर बिक (नाम परिवर्तन) ले २६ वर्षिया युवतीसंग विवाह गरेर छोरी जन्माएका छन् । मृतक पुर्व पत्नीका छोराछोरीहरु शिक्षित र विभिन्न क्षेत्रमा रहेको र उनिहरुको ईज्जतमा दाग लाग्ने भन्दै बिकले आफ्नो नाम गोप्य राख्न चाहे ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment