Sunday, 25 December 2016

संघर्ष गरे सफल भइन्छ भन्ने उदाहरण बनेकी छिन् मालती बम्जन तामाङ ।


११ पुस २०७३ सम्यक राना मगर
आदणिय नेपाली बाबाआमा, दाजुभाई, दिदीबहिनी तथा साथीहरु ! आज एउटा कथा भित्रको कथा यहांहरु माझ पस्कन चाहान्छु । मानिसका हरेक ईच्छा आकांङ्छा भित्रको मनो आकाङ्छाहरु हुन्छन् । ति मनो आकाङ्छाहरुलाई केहि हद सम्म भएपनि समेट्ने जमर्को गरिरहेको छु । हुनत म कुनै लेखक तथा रचनाकार त होइन, तरपनि एउटा कथा भित्रको कथा हजुरहरु सामु तेर्स्याउने जमर्को गरिरहेछु । जुन कथाले बाँच्न सिकाएको छ अनि सफलता तिर लम्कन पनि ।


प्रसङ्ग तिरै लागौं क्यारे...
चितवन जिल्लाको भरतपुर भन्ने ठाउँमा आजभन्दा झन्डै २० वर्ष अगाडी एक बालिकाको जन्म हुन्छ । उक्त बालिकाको जन्म संगै घरमा हर्ष उल्लास छाउँछ । उनको नाम मालती बम्जन तामाङ राखिएको हुन्छ । समय बित्दै जान्छ, ति बालिका पनि ठुलि हुँदै जान्छिन् । त्यसपछि बाबाआमाले दाजु, भाईबहिनी र मालतीलाई लिएर भारतको डोके बजार भन्ने ठाउँमा जानुहुन्छ, उनको बाबाले उहि नोकरी गर्दै बस्नुहुन्छ । समय बित्दै जान्छ, मालती ९ बर्षको हुँदा उनको बाबाको अचानक मृत्यु हुन्छ । बाबाको मृत्युसंगै उनको दाजु र उनीलाई धेरै दुःख कष्ट सहनुपर्ने हुन्छ । घरको दुःखले गर्दा ६ कक्षाको पढाई छाडेर विभिन्न सडक गल्लि-गल्लिहरुमा भौतारिदै अरुले खाएको भाडाहरु माझ्दै र लेबर कामहरु गर्दै हिड्न थाल्छिन् किनकी ठुलो भनेकै उनी र उनका दाजु थिए । बिहान ५ बजे उठेर मालती साहुकोमा भाडा माझ्न जान्थिन् अनि बेलुका ६ बजे घर फर्किन्थिन् । दिनभरि काम गरेको पैसाले रासनपानी जोड्नुपर्थ्यो, खुट्टामा लगाउने चप्पल र शरीर छोप्ने न्यानो कपडा हुने थिएन ।


पातलो लुगा लगाएर काप्दै जाँदा शिसाका टुक्राहरुले खुट्टा काट्थे, कांडाहरु गोप्थ्यो तर ऐया पनि भन्ने थिएनन् । किनकी घरको जिम्बेवारी उनको काधमा पनि थियो । उनी रुधै-रुधै हिड्थिन् कहिले घरको दुःख सम्झेर त कहिले भोकले । बाटोमा हिड्दा सबैले हेप्थे, उनि लाचार हुन्थिन् तर हरेष कहिल्यै खाइनन् । अरु केटाकेटीहरु झोला बोकेर स्कुल जान्थे तर उनी बोरा बोकेर काममा जान्थिन् । उनलाई पनि पढ्ने रहर कहां नभएको हो र ? पढ्ने रहर हुँदाहुँदै पनि समय र परिश्थितिले गर्दा पढ्न पाइनन् । दिन, महिना र बर्ष बित्दै गयो । उनीहरु भारत बस्न थालेको पनि ७ बर्ष भइसकेको थियो । उनले ९ बर्षदेखि १६ बर्षसम्म कहिले भाडा माझ्ने त कहिले लेबर काम गर्दै बसिन् । ७ बर्षसम्म घरपरिवार तथा आफन्तहरुले कहिल्यै खोजि कार्य गरेनन् । उनीहरुले के गरेछन् ? कहां छन् भन्ने अत्तोपत्तो थिएन । खानाको कुरा त टाढै थियो ।


 एक दिन अचम्मै भयो, चितवनबाट उनका मामाहरु उनीहरुलाई खोज्दै उनीहरु बसेको स्थान सम्म आईपुग्नु भएछ । मामाहरुले उनीहरुलाई लिएर जानको लागी खोज्दै आउनुभएको कुराले उनको आमा, दाजु र उनलाई एकदमै खुशी तुल्यायो । तर उनीहरुको स्थिति देखेर सबैका आँखा रसाए, किनकी त्यहां प्लास्टिकले  बनाएको घरमा उनीहरु बसेका थिए । न पानी पर्दा राम्रोसंग ओत्थ्यो न गर्मीको समयमा घामले नै छेक्थ्यो । शित पर्दापनि तपतप पानी चुईन्थ्यो । यतिका साल सम्म कसरी बसे भनेर सबै चकित थिए । मालतीले धेरै दुःख कष्ट गरेर घर धानेको कुराले सबै खुशी पनि थिए ।


 उनीहरुको सरसल्लाह बमोजिम स-परिवारलाई लिएर चितवन पुर्याइयो । चितवन पुगेपछि मालतीको बाजे बज्यैले जग्गा दिएर घरपनि बनाईदिनु भयो अनि उनीहरु त्यहि बस्न थाले । मालतीको पढ्ने शोक थियो, उनले पढ्छु भनेपछि उनको मामाले मालतीलाई १६ बर्षको उमेरमा कक्षा ७ मा भर्ना गरिदिनु भयो । किनकी उनले ६ कक्षा पास गरिसकेकी थिइन् । हुनत १६ बर्षको उमेरमा कम्तिमा पनि १० कक्षा पढेको देखिन्छ तरपनि उमेरले कहि छेक्दैन, बिधा उमेरले होइन लक्ष्यले सिक्ने हो भनि अध्ययन गर्न थालिन् । ७ कक्षाको परिक्षामा उनी प्रथम भइन् र सरहरु संग ८ कक्षा जम्प गर्ने कुरा गरिन् र एकैचोटि ९ कक्षामा जम्प भइन् ।


यसरी उनले १२ कक्षा पनि धेरै परिश्रम र दुःखहरु गर्दै पास गरिन् । १२ पास गरेपछि बाबाआमाको ईच्छा कलाकार बनाउने थियो, त्यहि भएर पढाई छाडि कलाकारिता सिक्न थालिन् । उनी सानैदेखि नृत्यमा अगाडी थिइन्, त्यहि भएर उनी नृत्य बिधामा पाइला टेकिन् । बिधालयहरुमा हुने कार्यक्रम र अन्य कार्यक्रमहरुमा सहभागिता जनाउन थालिन् । उनको नाँचलाई सबैले मन पराउन थाले । उनको प्रशंसा हुँदै गयो । अहिले उनि कलाकारिता क्षेत्रमा आफ्नो स्थान बनाईरहेकी छिन् । बिभिन्न बिधालय, क्याम्पसहरुमा गुरुको काम गर्दैछिन् भने म्युजिक भिडियोहरुमा पनि काम गरिसकेकी छिन् ।

          मालती बम्जन तामाङ द्धारा अभिनित भिडियो

अहिले उनको कलाको सबै क्षेत्रबाट तारिफ हुने गरेको छ । आखिर मान्छेले एउटा अठोट लिएर अघि बढे के गर्न सकिदो रहेनछ र भन्ने कुरालाई चरितार्थ गरेकी छिन् मालती बम्जन तामाङले । उनको लगाब, मेहनत र शहनशिलतालाई सम्मान गर्दै उज्जवल भविष्यको शुभकामना पनि दिन चाहान्छु !!!

No comments:

Post a Comment