Saturday, 31 December 2016

नेपाल मगर संघ शाखा कतारले सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गर्यो ।


सम्यक राना मगर, ३१ डिसेम्बर २०१६
कतारको दोहामा अवश्थित नेपाल मगर संघ शाखा कतारले विगत लामो समयदेखि नृत्य बिधामा  कार्यरत प्रशिक्षार्थी तथा नृत्यकार माइली माया वाइवालाई सम्मान तथा बिदाई कार्यक्रम दोहामा सम्पन्न गरेको छ ।

 नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माइली माया वाइबा, विशिष्ठ अतिथिमा नेपाल मगर संघ शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर हुनुहुन्थ्यो । 

अन्य अतिथिहरुमा, नेपाली कला केन्द्र कतारका अध्यक्ष जनक मगर, नेपाल मगर संघका द्धितिय उपाध्यक्ष लिलम चिदी मगर, रबिन थापा मगर, केशब थापा मगर, कृष्ण सारु मगर (राज्यसत्ता.कम.) र महासंघको मातहतमा रहेका विभागिय समितिहरु र एरिया समितिका अध्यक्षहरु हुनुहुन्थ्यो । 

संघको द्धितिय उपाध्यक्ष लिलम चिदी मगरको स्वागत मन्तव्बाट शुरु भएको कार्यक्रममा माइली माया वाइवाले विदेशमा रहेर पनि मगर संघमा गर्नुभएको योगदानको उच्च मुल्याङ्कन गरिएको थियो । बोल्नुहुने अधिकांस बक्ताहरुले कतारको कानुनको चुनौतीको बाबजुद पनि संघर्षरत रहदै अनवरत रुपमा मगर संघको नाम फैलाउने काम गर्नुभएकोमा धन्यबाद प्रकट गरेका थिए । 



संघका प्रमुख सल्हाकार भिम तरामु मगरले कदर पत्र प्रदान गरेका थिए भने कार्यक्रम सभाध्यक्ष महेन्द्र थापा मगरले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेका थिए ।



 त्यस्तैगरि आफु मगर संघ शाखा कतारमा आबद्ध भई आफ्नो प्रतिभाहरु देखाउने अवसर जुटाई सहयोग गरिदिएकोमा मगर संघ कतार प्रति आभारि रहेको र संसारको कुनैपनि क्षेत्रमा रहेता पनि मगर संघ शाखा कतारले दिएको माया, ममता र सम्मानलाई कहिल्यै बिर्सिन नसक्ने प्रतिबद्धता प्रमुख अतिथि माइली माया वाइबाले जाहेर गरिन् ।


कार्यक्रम महासचिब विजय मगरले सञ्चालन गर्नुभएको थियो ।

No comments:

Post a Comment