नेपाल मगर संघ, पाल्पाको आयोजनामा मृतक बिनु पुलामी मगरको सम्झना र सम्मानमा पाल्पाको तानसेनमा शोक तथा खबरदारी सभा सम्पन्न भएकोे छ । आदिवासी जनजाति महासंघ, नेपाल मगर संघ, पाल्पा र उसका विभिन्न भातृसंस्था, पाल्पाका राजनैतिक दल, विभिन्न सामाजिक संघसंस्था, महिला अधिकारकर्मी, पत्रकार, नागरिक समाज लगायत को उपस्थितिमा भएको कार्यक्रम तानसेनको टुडिखेलमा जम्मा भई मौन र्याली गर्दै तानसेनको विभिन्न भाग परिक्रमा गरी सित्तलपार्टीमा पुगी खबरदारी सभामा परिणत भएको थियो ।
विरोध तथा खबरदारी सभामा नेपाली काङ्गे्रस सभापति बिर बहादुर राना, नेकपा एमाले पाल्पाका सचिब ओम बहादुर घर्ती, नेकपा (माओबादी केन्द्र) पाल्पाका सह–इन्चार्ज चक्रव्यू थापा, राप्रपा पाल्पाका प्रतिनिधि तुल्सीराम बस्याल, जनमुक्ति पार्टीका धनकेशर सुर्यबंशी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, नेकपा माओबादी पाल्पाका पार्बती विक, नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्यहरू गम बहादुर थापा, मोहन थापा, नेपाल आदिवासी जनजाति महासंघ, पाल्पाका अध्यक्ष केहर सिंह राना, नेपाल मगर संघ, पाल्पाका उपाध्यक्ष जहर सिंह सारु मगर, महिला नेतृ प्रतिक्षा सिञ्जाली, राजेन्द्र लक्ष्मि गैरे, राधाकृष्ण दगाल लगायतले बिनु पुलामीको हत्याको छिटो भन्दा छिटो छानबिन गरी दोषीलाई कडाभन्दा कडा कार्बाही गर्नुपर्ने र पिडितलाई न्याय दिनुपर्ने बताए ।
उक्त घटनामा सुरक्षा प्रशासनले ढिलो गरेको भन्दै बक्ताहरूले विरोध गर्नुका साथै सहभागीले नाराबाजी गरेका थिए । यदि त्यसमा पिडितले न्याय पाएन भने त्यसको विरोधमा जस्तोसुकै आन्दोलन गर्ने र त्यसको जिम्मा सरकार र सुरक्षा प्रशासनले लिनुपर्ने सहभागीले बताएका थिए । खबरदारी सभा मगर संघ, पाल्पाका सचिब राम बहादुर गरंजा (एसकुमार) को सञ्चालन र अध्यक्ष बल बहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment