कृष्ण सारू मगर
मानमा-बहराईन २६ डिसेम्बर
"म्याग्दीमा विकास र स्थायीत्व सम्पुर्ण म्याग्दी बासीका दायित्व" भन्ने मुल नाराका साथ २००२ मा स्थापित म्याग्दी उद्वार समितले गएको १६ डिसेम्बरका दिन नेपाली क्लबका मानर्थ गम बहादुर तमु गुरूङ्गको प्रमुख आतिथ्यतामा भएको दशौ महाअधिवेशन तथा साधारण सभाले तेजेन्द्र थापालाई निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरूको नामावली निम्न तपशील रहेका छन् ।
अध्यक्ष तेजेन्द्र थापा, प्रथम उपाध्यक्ष लोक राम्जाली मगर, द्धितिय उपाध्यक्ष खडक कुमार तिलिजा मगर, महासचिव भक्त बहादुर सिङ्किजा पुन मगर, सचिव सुरेश गर्बुजा मगर, सह-सचिव प्रविन छन्त्याल, कोषाध्यक्ष विकास पाईजा मगर, सह-कोषाध्यक्ष अमन पाईजा मगर, रहेका छन् ।
साँस्कृतिक सचिव नरदेवी पुन मगर, सह-सचिव मन देवी पाईजा मगर रहेकी छन् । सदस्यहरू क्रमशः भिम थापा, हेम केसी, घन बहादुर कार्की, रमेश केसी, बल बहादुर राई, प्रेमसिँ नेपाली, अर्जुन बराईली, ज्ञान बहादुर पुन मगर, याम राना मगर, लाल बहादुर भण्डारी, रमेश भण्डारी, आन्नद बानिया, र रन बहादुर गर्बुजा मगरलाई दशौँ महादिवेशनको साधारणसभा बाट मनोनयन परेका हुन् । यसै गरी खेलकुद सचिवमा भए टिका केसी ।
२३ डिसेम्बर सुक्रबारका दिन अदेलिया स्थित नेपाली कल्बको भवनमा थापाको अध्यक्षतामा बसेको पहिलो मासिक बैठकले संरक्षक र मानर्थ सदस्य १-१ गरि ६ सल्लाहकार समिति सहित आठ जना पुर्याएको छ ।
सल्लाहकार समितिका नामावली क्रमशः
प्रमुख सल्लाहकार लाल प्रसाद पुन मगर, वरिष्ठ सल्लाहकार छबिलाल बिक, विशिष्ट सल्लाहकार राजाराम सुवेदी, विशेष सल्लाहकार बिष्णु रोका मगर, सल्लाहकार भरत परीयार र लेखत छन्त्याल रहेका छन् । स्थापनाकाल देखि नै समाजलाई उन्नति र प्रगतिको बाटोमा डोर्याउन रहेको अहम भुमिकाको मुल्यांकन गरी गोरख राम्जाली मगरलाई संरक्षक तथा मानर्थ सदस्यमा ख प्रसाद शेरपुन्जा मगर द्वयलाई सम्मानित पदमा मनोनयन गरेको महासचिव भक्त बहादुर सिङ्किजा पुन मगरले जानकारी दिए ।
स्रोतका अनुसार संयोजक रामचन्द्र पौडेल र सह-संयोजक मेखराज पुन मगरले कार्यकारिणी समितिको महत्त्वपूर्ण जिम्मेवारी पद पाएका छन् ।
बहराईनमा स्थापित विभिन्न जातीय, क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक संघ, संस्था संगठनका प्रमुख तथा प्रतिनिधिहरु ब्यबसायी बुद्दिजीवी तथा स्थानीय पत्रकार एवं विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्तिथीमा दशौ साधारणसभा तथा महाअधिवेशन सौहार्दपुर्ण वातावरणमा संपन्न भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरूङ्गले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिए ।
समितिको प्रगति विवरण महासचिव लोक राम्जाली मगरले प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष बिकास पाइजा मगरले सार्वजनिक गरेका थिए । उपाध्य्क्ष तेजेन्द्र थापाको स्वागत तथा महासचिव लोक राम्जाली मगरले संचालनमा संपन्न दशौ अधिवेशनको सभापतित्व म्यादी उद्धार समितिका अध्यक्ष राजाराम सुवेदीले गरेका थिए ।
No comments:
Post a Comment