Sunday, 11 December 2016

बहराईनमा तमु समाजले ल्होसार मनाउने ।

कृष्ण सारु मगर
मानमा-बहराईन ११ डिसेम्बर तमु समाज बहराईनले यही आउँदो ३० डिसेम्बरका दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष तमु ल्होसार मनाउने भएको छ ।

स्रोतका अनुसार "प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमु"अर्थात : शास्त्र हराए संस्कार हराउँछ ! संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ ! भन्ने मुल नारालाई आत्मसाथ गरि स्थापना काल देखि हरेक वर्ष यस राष्ट्रिय पर्व पौष-१५, ल्होसारलाई निरन्तरता दिँदै आएको समाजका निवर्तमान अध्यक्ष दिपक गुरूङ्गले बताए ।

बहराईनमा रहेका विभिन्न संघ, संस्था, संगठन समाजसेवी, वुद्धिजिवि लगायत समस्त गीत, संगीत पारखी, कलाप्रेमी नेपालीजनहरुलाई उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन गरिमामय उपस्थितिको लागि तमु समाज आयोजक परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

बहराईनका प्रख्यात नाम कमाउन सफल विभिन्न विधाका चर्चित स्थानीय कलाकारहरूको बेजोर्ड साँस्कृतिक प्रस्तुति सहित बहराईनमा स्थापित नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न जातीय संस्थाहरूको आ-आफ्नो परम्परागत मौलिक पहिचान झल्किने साँस्कृतिक प्रस्तुति रहने समाजका प्रवक्ता अमर जंग गुरूङले गुम्बेली खबरलाई बताए ।

No comments:

Post a Comment