Monday, 26 December 2016
बहराईनमा किराँतीले भब्य मनाए, चासोक तङ्नाम ।
कृष्ण सारू मगर
मानमा-बहराईन, २६ डिसेम्बर
किराँत याक्थुङ् चुम्लुङ् बहराइनले अस्री गार्डेनमा (न्वांगी पुजा) चासोक तङ्नाम येले तङ्बे ५०७६को अवसरमा तोयानाथ सम्बाहाम्फे लिम्बुको प्रमुख अतिथ्यमा शुभकामना आदान-प्रदान तथा वनभोज कार्यक्रम गरी मनाएका छन् ।
कलाकारहरूको विविध साँस्कृतिक प्रस्तुति, साथमा विविध खेलकुद मध्ये (छेलो) ले अझ बढि उपस्थित दर्शक तथा पाहुनागणमा उत्साहित र आनन्दित बनाएको जनजाति महासंघकी कोषाध्यक्ष समेत रहेकी कि.या.चु.की सह-कोषाध्यक्ष अमृता नाल्बो लिम्बुले बताए ।
विभिन्न संघ, संस्था संगठनका प्रतिनिधिले सहभागिता जनाएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष झहरमान थेबे लिम्बूले किराँतीहरूको विभिन्न पर्व मध्ये यस चासोक तङ्नामका अस्तित्व र महत्त्वका विविध विषयमा प्रष्टाएका थिए ।
पौराणिक कथन अनुसार किराँती समुदायहरूको परम्परागत धार्मिक तथा सांस्कृतिक यस पर्वले मौलिक पहिचान र लिम्बुवानी भुगोललाई गौरव बढाएको किमदन्ती ईतिहास रहेको पाईन्छ । सोही अनुरूप समाजिक सभ्यता र अस्तित्वलाई जोगाउन कि.या.चु बहराईनले किराँती संस्कार, संस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा निरन्तरता दिँदै आएको छ ।
प्रदिप केरुङ् लिम्बूको स्वागत तथा सचिव सोमराज कन्दंवा लिम्बूको संचालनमा सम्पन्न भएको कार्यक्रम चुम्लुङगका अध्यक्ष बिरेन्द्र तुम्बापो लिम्बुले सभापतित्व गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment